मकवानपुर । मकवानपुरकाे मनहरीमा एम्बुलेन्सको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्युहुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नं को एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा शेर्पा लाई ठक्कर दिएकाे थियो । उनको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएकाे छ । एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जनाएको छ ।
मकवानपुर। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ट्रक चालक कमिटीले देशभर रहेका मालवाह ट्रक चालकहरुलाई भदौ १ गते देखि अनावश्यक कुनै पनि शुल्क नतिर्न आग्रह गरेको छ ।
आज नेपालमा पत्रकार सम्मेलन गर्दै कमिटीका मकवानपुर अध्यक्ष नवराज कार्कीले मालवाह ट्रकहरुमा व्यवसायीहरुले सामान लोड अनलोड गर्दा अनावश्यक विभिन्न नामका शुल्क लिने गरेको भन्दै उक्त शुल्क नतिर्न आग्रह गरेको हो । उनले देशको विभिन्न शहरहरुमा सामान लोड अपलोड गर्दा व्यसायीहरुले विना रसिद ढाला खर्च,चलानी खर्च,गद्दी खर्च,मुन्सी खर्च लिने गरेको भन्दै उक्त नतिर्न आग्रह गरे । उनले सामान लोड ढुवानी गर्दा लाग्ने भाडाको टिडिएस काट्दा बिल नपाईएको भन्दै उक्त बिल पाउनुपर्ने माग समेत गरे ।
‘ट्रकमा सामान ढुवानी गर्दा लाग्ने ढुवानी शूल्कबाट २.५ प्रतिशत टिडिएस बापत कर भनेर लिने गरिएको भएपनि रकम बुझाएबापत भुक्तानी रसिद समेत नदिँदा वर्षौदेखि अनियमितता भएको छ । अध्यक्ष कार्कीले भने व्यवसायी, स्वारोजगार श्रमिक तथा श्रमिकहरुमाथि आर्थिक शोषण हुँदै आईरहेकाले त्यस्ता कार्य तत्काल रोक्न सरकारसंग अपिल गर्दछौँ ।’
अध्यक्ष कार्कीले स्वरोजगार व्यवसायी,चालक,सहचालहहरुलाई विभिन्न कल कारखाना तथा उद्योगहरुमा अनावश्यक कामहरु लगाउने गरेको र तुच्छ व्यवहार हुने गरेको भन्दै उक्त कार्य बन्द गर्न पनि अनुरोध गरे । उनले यात्राका क्रममा मालबाहक ट्रक चालक तथा सहचालकहरुसंग आर्थिक असुल गर्ने, डर, धम्कि दिने, कुटपिट गर्ने, ट्राफिक प्रहरी तथा प्रशासनबाट अनावश्यक झमेला गर्ने कामहरु भईरहेको भन्दै त्यस्तो कार्य तत्काल अन्त्य गर्न माग गरेका छन् ।
ट्रक चालक कमिटीले मालवाहक सवारीसाधनमा काम गर्ने चालक, सहचालक तथा प्रालीहरुमा काम गर्ने कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकरण गर्न पनि सरकार संग माग गरेको छ । अध्यक्ष कार्कीले श्रमिकहरुबाट विभिन्न शिर्षकमा खुलेआम आर्थिक शोषण हुने गरेको बताउँदै श्रमिक र स्वारोजगार श्रमिक तथा लगानीकर्ताहरुको भविष्य अनिश्चित बनेको बताए ।
उनले भारतबाट नेपाल आयात गरिने समानहरु नेपाली भूभागका कुनाकुनास्थानसम्म भारतीय ट्रकहरुले निर्वाध रुपमा ढुवानी गरिरहेकाले नेपालका मालबाहक ट्रक व्यवसायी, स्वरोजगार र श्रमिकहरुलाई गम्भिर असर पुगेको समेत बताए । उनले यसलाई पूर्ण रुपमा नियन्त्रण नगरिए नेपाली लगानी विस्थापित हुने र श्रमिकहरुको रोजगारीमा गम्भिर असर पर्ने बताए ।
उनले भारतबाट नेपाल आयात गरिने समानहरु नेपाली भूभागका कुनाकुनास्थानसम्म भारतीय ट्रकहरुले निर्वाध रुपमा ढुवानी गरिरहेकाले नेपालका मालबाहक ट्रक व्यवसायी, स्वरोजगार र श्रमिकहरुलाई गम्भिर असर पुगेको समेत बताए । उनले यसलाई पूर्ण रुपमा नियन्त्रण नगरिए नेपाली लगानी विस्थापित हुने र श्रमिकहरुको रोजगारीमा गम्भिर असर पर्ने बताए । उनले श्रमिक चालकहरुका साझा समस्याहरुलाई सम्बोधनका लागि सरकारसंग आग्रह गर्दै मागहरुलाई सम्बोधन नगरि देशभरका श्रमिकहरु चरणबद्ध रुपमा संघर्षमा जाने चेतावनी समेत दिएका छन् ।
सांसदहरुले आगामी प्रदेश तथा सङ्घीय निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवारीको सुनिश्चितता हुनुपर्नेमा जोड दिए । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत भएको आगामी निर्वाचनमा समानुपातिक समावेशी सहभागिताको सुनिश्चितता गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा बोल्दै उनीहरुले संविधानले सम्बोधन गरेको समानुपातिक समावेशी सहभागिताको सुनिश्चितता हुनुपर्ने बताए ।
सांसद लक्ष्मी परियारले संविधानले व्यवस्था गरेको राज्यका हरेक निकायमा महिलालाई समानुपातिक समावेशी सहभागितालाई व्यावहारिक कार्यान्वयन गराउन निर्वाचनका दुवै प्रणालीमा ५० प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने धारणा राखे । उनले प्रत्यक्ष निर्वाचन र समानुपातिक निर्वाचन प्रणालीमा महिला र पुरुष दुवैको समान प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए ।
सांसद लक्ष्मीकुमारी चौधरीले आगामी प्रदेश तथा सङ्घीय निर्वाचनमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चित गर्दै प्रत्यक्षतर्फ महिलाको सहभागिता बढाउन ध्यानाकर्षण गराए ।
सांसद चन्दा चौधरीले राजनीतिक दलले विभिन्न निर्वाचनमा महिलाको कम प्रतिनिधित्व गराउने गरेको बताउँदै अब हुने निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गराउन माग गरे ।
सांसद रेखा शर्माले संविधानमा महिला सहभागिताको बाध्यकारी व्यवस्था हुँदाहुँदै पनि व्यवहारमा कार्यान्वयनका लागि दलहरु उदासीन रहेको बताइन । सांसद रङ्गमति शाहीले महिला समावेशिताको मुद्दामा राजनीतिक दलहरुको व्यवहार विभेदकारी देखिएको बताइन । सांसदहरु विनादेवी बुढाथोकी, लीलादेवी सिटौला, यशोदा गुरुङ सुवेदी, रेणुका गुरुङ, प्रमिला राई र पार्वतीकुमारी बिसङ्खेले आगामी निर्वाचनमा महिला र पुरुषलाई समान सहभागिता गराइनुपर्नेमा जोड दिइन । राजधानीडेली डटकमबाट
मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा गणेश प्रसाद भेटवाल सिफारिस भएका छन् । सिफारिस समितिको बैठकले भेटवाललाई हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा सिफारिस गरेको हो।
हेटौंडा सिमेन्ट उद्योगमा रिक्त रहेको अध्यक्ष पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्त गर्न गत असार ३० गते दरखास्त आह्वान गरिएको थियो। सरकारी स्वामित्वमा रहेकाे उद्याेगले पछिल्लाे ४ वर्षदेखि निरन्तर घाटामा चलिरहेकाे छ ।
आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १ सय ६५ सिटमा सय सिट हात पर्नेगरी माग दाबी गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सय सिट हात पर्नेगरी गठबन्धनमा आबद्ध दलबीच तालमेलसहित अघि बढ्न सुझाइएको छ ।
– १६५ मा १०० सिटमा दाबी
– विपक्षी रणनीति बुझ्दै कांग्रेस
– लोसपासँग पनि सहकार्य प्रयास
‘चुनावी तालमेल गर्दा पार्टीको स्थिति विश्लेषण हुनुपर्छ, आमनेताकार्यकर्ताको भावनाअनुसार हुनुपर्छ, हामीले सभापतिलाई स्पष्ट भनेका छौं, सय सिट माग दाबी कांग्रेसले राख्नुपर्छ,’ एक पदाधिकारीले बैठकमा भएको छलफल’को जानकारी दिँदै राजधानीसँग भने ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले भने ‘पार्टीका नेताका सुझाव र गठबन्धनमा आबद्ध दलका नेतासँग छलफल गरेर सिट बाँडफाँटको निर्णय हुने’ जानकारी गराएका छन् । त्यसक्रममा देउवाले ‘विपक्षी दलको रणनीतिसमेत आधार बनाएर सिट बाँडफाँट निर्णय हुने’ जवाफ दिएका छन् ।
‘पार्टी नेताका सुझाव र गठबन्धनमा आबद्ध दलका नेतासँग छलफल गरेर सिट बाँडफाँट निर्णय हुन्छ भन्ने सभापतिको धारणा छ,’ ती नेताले भने, ‘मुख्य कुरा विपक्षी दलको रणनीतिसमेत आधार बनाएर सिट बाँडफाँटको निर्णय हुने सभापतिको दृष्टिकोण देखियो ।’
बैठकमा कांग्रेस सभापति देउवा गठबन्धनभित्रका शक्ति जोगाएर र बढीभन्दा बढी सिट जित्नेगरी सिट बाँडफाँट गर्नेगरी प्रस्तुत भए । कार्यदलको पहिलो बैठक बस्नुअघि नै देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग सिट बाँडफाँट’ धारणा बुझेका हुन् ।
कांग्रेस महामन्त्री गगनकुमार थापाका अनुसार बैठकमा नेताहरूले आ–आफ्ना धारणा सुनाएको र थप छलफल हुँदै जानेछन् । ‘बैठकमा नेताका आफ्ना धारणा आएको छ, थप छलफल हुँदै जान्छ,’ थापाले भने ।
बैठकमा कांग्रेस एक्लै चुनाव लड्दा पनि ८० देखि ८५ सिट जित्ने आँकलन’ प्रधानमन्त्रीसमेत रहेका देउवालाई नेताहरूले पुनः ‘ब्रिफिङ’ गरेका थिए ।
बैठकमा नेता विलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि सत्तारूढ गठबन्धनमा ल्याउनुपर्ने राय राखेका थिए । सो विषयमा प्रधानमन्त्री देउवा पनि सकारात्मक रहँदै आएका छन् ।
आइतबार मात्रै देउवाले लोसपा अध्यक्ष महन्थ ठमाकुरसहितका शीर्षनेतालाई सरकारी निवास बालुवाटार बोलाएर भेट वार्ता गरेका थिए ।
सोक्रममा गठबन्धनमा आबद्ध पाँच दलको निर्णयबाटै ‘लोसपालाई गठबन्धनभित्र जोड्ने’ वचन प्रधानमन्त्री देउवाले लोकपा नेतालाई दिएको बताइएको छ । सो विषयमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि छलफल अघि बढाउने देउवाले लोसपाका नेतालाई भनेका छन् ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले आगामी ४ मंसिरमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा ‘एकै दिन एकै चरण’मा निर्वाचन गर्ने निर्णय गरेको थियो ।
मिति घोषणा भएको भोलिपल्टै शुक्रबार बसेको पाँच दलीय बैठकले ‘गठबन्धनभित्र सिट बाँडफाँट’का लागि ११ सदस्यीय कार्यदलसमेत बनाएको थियो । राजधानी दैनिकबाट
