मकवानपुर । मकवानपुरकाे मनहरीमा एम्बुलेन्सको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्युहुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नं को एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा शेर्पा लाई ठक्कर दिएकाे थियो । उनको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएकाे छ । एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जनाएको छ ।

