मकवानपुर । हेटौंडा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएकाे छ । हेटौंडामा रगतको चरम अभाव भएकाे भन्दै शनिबार युवा रेडक्रस सर्कल हेटौंडा एवं नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको हाे ।
हेटौंडा उपशाखाले हेटौंडाको पशुपति मन्दिर परिसरमा गरेकाे रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । हेटौंडाका विभिन्न अस्पताल एवं रक्तसञ्चार केन्द्रमा रगतको अभाव भैरहेकाले आकस्मिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालले बताए ।
युवा रेडक्रस सर्कल, हेटौंडाका अध्यक्ष सुजन खतिवडाको अध्यक्षता एवं रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा ४ का वडा सदस्य जगन्नाथ पान्डे, उपशाखाका सचिब किशन घिसिङ्ग, सल्लाहकार हरि प्रसाद रिजाल लगायतकाको उपस्थिति रहेको थियो ।
मकवानपुर । काठमाडौँकोे बसन्तपुर (काल भैरव) डबलीमा जारी थाहा फोटो प्रर्दशनी २०७९ मा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर– २ का उम्मेदबार महेश कुमार बर्तौलाले अवलोकन गरेका छन् । उत्तरी मकवानपुरकाे पर्यटन प्रवर्द्धनकाे लागि कात्तिक १८ गते शुक्रबारबाट सुरु फाेटो प्रदर्शनकाे नेकपा एमाले तर्फका उम्मेद्वार बर्ताैलाले शनिबार अवलाेकन गरेका हुन् ।
थाहा नगरपालिकाकाे आयाेजनामा भइरहेकाे फाेटाे प्रदर्शनीकाे अवलोकनमा क्रममा बर्तौलाले आफ्नो क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयाेग गर्ने बताए । बर्ताैलाले निर्वाचनपछि आफूले विशेषगरी चित्लाङ् चन्द्रागिरी हुँदै थाहा जोड्ने सडकलाई स्तरिकरण गरेर काठ्माडाैं, भक्तपुर, ललितपुर लगायतका स्थानबाट आन्तरिक पर्यटकलाई थाहानगर भित्रयाउने सहयाेग गर्ने प्रतिवद्धता समेत गरेका छन् ।
बर्तौलाले आफू उम्मेदवार रहेकाे क्षेत्रमा पर्यटन विकासकाे राम्राे संभावना रहेकाे भन्दै थाहाको नगरको चित्लाङ दामन, पालुङ, बज्रबाराहीसहित कैलाश गाउँपालिकाको कैलाश बैकुण्ठ, भिमफेदीको मैत्री बगैचाँ बाह्रघुम्तीहुँदै भिमफेदीको एतिहासिक महत्व बाेकेकाे चिसापानीगढीको क्षेत्र र ईन्द्रसरोवर गाउँपालिकाको ताललाई पर्यटन मार्ग बनाएर अघि बढ्ने बताए ।
शुक्रवार नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले उद्धघाटन गरेको प्रदर्शनीमा थाहा र ईन्द्रसरोबरका करिव एक सय तस्विरहरु प्रदर्शनीमा राखिएकाे छ । नेपाल पर्यटन बोर्डले प्रबर्द्धन गरेको फोटो प्रदर्शनी प्रदर्शनी उपत्यकाका विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरु, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी र आम नागरिकलाई लक्षित गरी गरिएको कार्यक्रम संयोजक ईन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । प्रर्दशनीमा थाहा र इन्द्रसरोबरको विभिन्न विधाका करिब एक सय तस्वीरहरु अवलोकनको लागि राखिएको छ । यसैगरी तस्वीरको बारेमा जानकारी खुल्ने लेख समेत राखिएका छन ।
प्रर्दशनीमा थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका क्षेत्रको प्राकृतिक सुन्दरता, हिमश्रृङखलाको दृश्यावलोकन, एतिहासिक मठमन्दिर, पार्टी पौवा, सम्यता संस्कृती, धार्मीक क्षेत्र मेलाजात्रा, ग्रामिण जीवनशैली, स्वच्छ तथा सफा वातावरणको फोटोहरु राखिएको थाहा नगरपालिकाका नगरप्रमुख बिष्णुबहादुर बिष्टले बताए । कात्तिक २० गतेसम्म हुने प्रदर्शनी हरेक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म अवलोकन गर्न सकिने छ ।
मकवानपुर । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूको चुनावी चहलपहल पनि बढेको छ । नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवारहरू घरदैलोदेखि विविध कार्यक्रममा व्यस्त छन् । प्रतिनिधीसभाको दुईवटा क्षेत्र रहेको मकवानपुरमा जनताको घरदैलोमा नेता कार्यकर्ताको दौडधुप चलिरहेको छ ।
मकवापुरको प्रतिनिधिसभा क्षेत्र नम्वर– १ को प्रदेशसभा सदस्य ‘क’ नेकपा एमालेतर्फका उम्मेद्वार कमल विष्ट चुनावी मैदानमा छन् । विष्ट यतिबेला चुनावी अभियानमा मतदाताको घरघरमा पुग्न व्यस्त छन् । पाँच दलिय गठबन्ध विरुद्धको एमालेतर्फका उम्मेद्वार विष्टले गाविस अध्यक्ष देखि विभिन्न सामाजिक अभियानता रुपमा अनुभव प्रयोग गरेर प्रदेशसभाको नेतृत्व लिने दौडमा यतिबेला होमिएका छन् ।
बुवा नर बहादुर विष्ट र आमा पदम कुमारी विष्टको छोराको रुपमा २०१४ साल चैत्र १० गते जन्म भएको कमल विष्टको बाल्यकाल अवस्था सामान्य साधरण रुपमा बित्यो । विष्टले २०३४ सालमा झापाबाट राजनितीमा यात्रा सुरु गरेर २०३६ सालको जनआन्दोलनमा सक्रिय रहि भारत निर्वासित भएका थिए । २०४६ सालको आन्दोलनमा नेतृत्व गर्दै आन्दोलनमा सक्रिय रहेको विष्टले २०४९ देखि २०७८ सम्म गाउ कमिटी/इलाका कमिटी, जिल्ला कमिटी सदस्य रहि काम गरेर अघि बढेका थिए ।
२०७८ देखि प्रदेश कमिटी सदस्य रहेको विष्ट २०४९–२०५४ हटिया गा.वि.स.अध्यक्षमा निर्वाचित भएर उनले गाविसकै सफल अध्यक्षका रुपमा काम गरिसकेका छन् । गा. वि. स. महासंघ जिल्ला अध्यक्षसमेत रहेको विष्ट २०६२–०६३ को आन्दोलनमा सक्रिय रुपमा सहभागि हुँदै उनले ठाउँठाउँको आन्दोलनको नेतृत्व गरेको छन् ।
संघसंस्थामा आवद्धता–खानेपानी महासङ्घको जिल्ला अध्यक्ष र जनप्रिय प्राविधिक शिक्षालय व्यवस्थापन अध्यक्षमा ४ वर्षको कार्यकाल र बालबोध मा.वि. विधालय व्यवस्थापन अध्यक्ष १२ वर्ष रहि उनले महत्वपुर्ण भुमिका खेलेका छन् । विधालय व्यवस्थापन जिल्ला अध्यक्ष ५ वर्ष काम गरेको उनले बिभीन्न सहकारी सामाजिक संघ–संस्था मा काम गर्दै सहकारी अभियानमा जोडिएर महिलाहरुलाई सिपमुलक कार्यक्रमहरु प्रदान गरेका छन् ।
उनले विभिन्न कार्यक्रममा भारत , युएईको भ्रमणसमेत गरेका छन् ।
असल आचरण भएका विष्ट आफुले सामाजिक क्षेत्रमा खेलेको भुमिका राजनीतिक क्षेत्रमा आफुले निर्वाह गरिरहेको भुमिका र नेकपा एमालेतर्फबाट उम्मेद्वार बनेपछि जनताले विश्वास गरेर आफ्नो क्षेत्रका जनताले विजयी गराउने बताउँछन् ।
मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश बनाउन र बचाउन निर्वाचन पछि केपी ओलीको नेतृत्वमा सरकार बन्नु पर्ने बताएका छन ।
मकवानपुर क्षेत्र नम्बर–१ मा एमालेको तर्फबाट उम्मेदवार रहेका पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले हेटौंडामा आयोजित चुनावी कार्यक्रममा उक्त कुरा बताएका हुन।
नेकपा एमाले हेटौंडा–४ वडा कमिटीले आयोजना गरेका अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मंसिर ४ गतेको चुनाव पछी ओलीको नेतृत्वमा सरकार निर्माण हुने बताए । उनले भने गठवन्धन सरकारकै कारण मुलुक संकलमा परेको छ । देशलाई संकटमुक्त गर्न समेत ओली नेतृत्वको सरकार बन्नु पर्नेमा उनले जोड दिएका थिए ।
मकवानपुर । नेकपा एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठले गठवन्धन सरकारका कारण मुलुकमा आर्थिक संकटमा परेको बताए ।
एमालेबाट मकवानपुर क्षेत्र नम्बर–१ प्रदेशसभा (ख) का उम्मेदवार श्रेष्ठले शनिबार हेटौंडामा आयोजित प्रचार प्रसार कार्यक्रममा गठवन्धनले मुलुकलाई तहसनहस बनाएको बताए । अहिले मुलुक चिन्तजनक अवस्थामा रहेकोले नेपालीले स्वाभिमान पूर्वक बाच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने उनले बताए ।
हेटौंडा उपमहानगरपालिकाका १९ वडा मध्य १२ वटा वडा उनको क्षेत्रमा पर्छ । पूर्व पश्चिम राजमार्ग तथा त्रिभुवन राजपथले जोडिएको हेटौंडा बजार क्षेत्रको सडक फाराकिलो बनाउने बिषय बेला बेलामा चर्चामा आउने गरेको छ । सोहि सन्दर्भमा हेटौंडाको सडकलाई फराकिलो बनाउन सबै लाग्नुपर्ने श्रेष्ठको भनाई छ । हेटौंडाको बाइपास सडक निर्माण पनि गर्दै मुल सडक पनि फराकिलो बनाउनु आफूले पहल गर्ने उनले बताए ।
