मकवानपुरको हेटौंडामा जारी मतगणनामा जिल्लाको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेकपा एसका उम्मेदवार विरोध खतिवडाले अग्रता बढाएका छन् ।
प्राप्त मतपरिणाम अनुसार खतिवडाले १ हजार ९२० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलाले १ हजार ६०५ मतसहित खतिवडालाई पछ्याइरहेका छन् ।
सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ५ सय १ मत, नेकपा मालेका उद्धवप्रसाद अधिकारीले ८४ मत, राप्रपाका राजन मैनालीले ४० मत प्राप्त गरेका छन् ।
मकवानपुर क्षेत्र नम्बर–२ को (ख) मा सत्ता गठबन्धनको नेपाली कांग्रेसका उम्मेदवार इन्द्र बहादुर बानियाँले अग्रता कायम राखेका छन् ।
बानियाँले २ हजार ४३१ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार लालबहादुर थापामगरले १ हजार ४११ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा गठबन्धनका बानियाँले सुरुदेखि नै आफ्नो अग्रता काम गरिरहेका छन् ।
यहाँ हालसम्म ४ हजार ३१३ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना जारी रहेको छ ।
मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) मा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । एमालेका एकालाल श्रेष्ठले गठवन्धनका उम्मेदवार आनन्दराम पराजुलीलाई पछी पार्दै अग्रता कायम गरेका हुन् ।
प्रदेश सभा १ को (ख) को हेटौड़ा उपमहानगरपालिका –१४ को मत गणना सकीएको छ यस वडामा गन्दाको मतपरिणामः सूर्यः १०९३ रूखः ७६५ हलोः ७६३ एकालाल श्रेष्ठ ३२८ मत मत ले अगाड़ी
मकवानपुर प्रतिनिधि सभा १ मा १३३५ मत गन्दा गठबन्धन (महालक्ष्मी उपाध्याय ‘डिना’, रुख) ले अग्रता लिएको छ । उनले ७८९ ले अग्रता लिएकि हुन् ।
पछिल्लो अपडेट अनुसार एमाले ( कमल थापा, सुर्य): ३५१, राप्रपा (दिपक बहादुर सिंह, हलो): ५० प्राप्त भएको छ । पछिल्लो अपडेट यस्तो छ: घण्टी २७ हसिया तारा ३८ क्रस खुकुरी तारा २ छाता २ भाले २ लौरो १ कम्प्युटर १ मादल १ आमा १ बदर ५८