मकवानपुर । हेटौंडाको हुप्रचौरमा सरसफाइ अभियानको थालनी गरिएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले हुप्रचौरको वृहत सरसफाइ अभियानको थालनी गरेको छ ।
‘हाम्रो हुप्रा, राम्रो हुप्र– सफा हुप्र, सुन्दर हुप्र’ भन्ने मुल नाराका साथ शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरि हुप्र सरसफाइ अभियानको थालनी गरिएको ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले जानकारी दिए।
हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको नेतृत्वमा टोल विकास संस्थाहरू, जिल्ला खेलकुद विकास समिति, विभिन्न खेलकुद संगठनहरू, सामाजिक अभियान सञ्जाल, हेटौंडाका गैर सरकारी संस्थाहरू, रोटरी, लायन, जेसीज, पताञ्जली योग समिति, हिमालयन राइटस्, भेटान्स क्लबलगायतका संस्थाहरूको सहयोगमा बृहत् सरसफाइ कार्यक्रम भएको सिग्देलले बताए ।
अभियानलाई निरन्तरता दिन र हुप्रलाई सफा सुन्दर बनाउनको लागि स्मार्ट बागमती संस्थासँग ४ लाख ९३ हजारमा आगामी आषाढ मसान्तसम्म ठेक्का सम्झौता गरिएको उनले बताए ।
सरसफाइ अभियानमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभाका सदस्य भारती पाठक, स्थानीय जनप्रतिनिधीहरु लगायतकाको सहभागिता रहेको थियो ।

मकवानपुर । गठबन्धन सरकारकाे कारण देशको अर्थतन्त्र संकटमा परेको एमाले नेता ज्ञवालीको आरोप लगाएका छन् ।
नेकपा एमालेका केन्द्रीय पाेलिटव्यूराे सदस्य देवि ज्ञवालीले गठबन्धन सरकारकाे कारण मुलुककाे अर्थतन्त्र संकटमा परेकाे बताए । उनले नेकपा एमाले सम्बद्व पेशाकर्मीहरूकाे मकवानपुर जिल्ला भेलालाई सम्बाेधन गर्दै उनले सरकार गठन नै षडयन्त्रकाे जगमा भएकाेले वर्तमान सरकारप्रति देशभित्र र बाहिर विश्वास नभएकाे नेता ज्ञवालीले दावी गरे ।
पार्टीले देशव्यापी रूपमा संगठन सुदृढीकरणकाे लागि मिसन ग्रासरूट सञ्चालन गरेकाे र अभियान पश्चात् पार्टी र जनसंगठनका सबै कमिटी चुस्त हुने, सदस्य नवीकरण र विस्तार हुने उनकाे भनाई थियाे ।
पेशागत ईलाका कमिटी, पेशागत महासंघ र नेपाल बुद्विजीवि परिषद्, मकवानपुरकाे आयाेजनामा भएकाे भेलामा नेकपा एमाले जिल्ला कमिटीअध्यक्ष एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देल, नेपाल बुद्विजीवि परिषद्का जिल्ला अध्यक्ष माेहन शर्माले मन्तव्य राख्नु भएकाे पेशागत महासंघका अध्यक्ष श्रीराम दाहालले बताए ।
पेशागत ईलाका कमिटीका अध्यक्ष उद्वव भट्टराईकाे अध्यक्षतामा भएकाे भेलामा पार्टी प्रदेश कमिटी सदस्यहरू सम्राट तुम्बाहाम्फे, भाेजराज ढकाल, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य तथा बाग्मती प्रदेश ईञ्चार्ज विष्णु अर्याल, संगठनका प्रदेश अध्यक्ष बरूण शाहलगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । आजबाट शुरु भेको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले अनुगमन गरेका छन् ।
हेटौंडास्थित आधुनिक राष्ट्रिय मावि र भुटनदेवी मावि दुईवटा परीक्षा केन्द्र पुगेर मन्त्री श्रेष्ठले विद्यार्थीहरूलाई परीक्षाको सफलता र उनीहरूको सुखद भविष्यको शुभकामना दिएका छन् ।
मन्त्री श्रेष्ठले परीक्षा अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित रहेकोमा खुसी व्यक्त गर्दै परीक्षा केन्द्राध्यक्षलगायत टीमलाई धन्यवाद दिएका छन् । साथै, परीक्षालाई अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन बागमती प्रदेश सरकारले सम्बन्धित सबै निकायलाई आवश्यक निर्देशन दिएको कुरा पनि बताएका छन् ।
त्यस्तै मन्त्री श्रेष्ठले विशेष अवस्थाका परिक्षार्थीलाई समेत हौसला प्रदान गर्दै बिध्यालयका नर्सलाई परिक्षार्थीहरुलाई कुनै पनि बेला आवश्यक पर्ने स्वास्थ्य सेवाका बारेमा अलर्ट रहन सम्बन्धित केन्द्राध्यक्ष मार्फत निर्देशन दिए ।
चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी भएका र त्यसमध्ये करिब २० प्रतिशत परीक्षार्थी बागमती प्रदेशमा सहभागी भएका छन ।
त्यस्तै एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्रमध्ये सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा रहेको शिक्षा विकास निर्देशनालयका शाखा अधिकृत बिजय बिडारीले जानकारी दिए ।
बागमती प्रदेशका १ लाख १ हजार ७३३ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र रहेको अधिकृत बिडारीले जानकारी दिए ।
विगत एक दशकयता नेपाली कांग्रेसको आर्थिक नीति र योजनाकारका रूपमा चिनिएका अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस पार्टी नै छाडेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको दल कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् । वाग्लेले २०७४ र गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको घोषणापत्र लेख्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
‘२०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ वाग्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।
वाग्लेले पछिल्ला वर्षमा कांग्रेस पार्टीभित्रका गतिविधि नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएकाले आफू कांग्रेसबाट बाहिरिएको उल्लेख गरेका छन् ।
‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजू–साला–भतिजाको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’
‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजू–साला–भतिजाको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,’ उनले वर्तमान कांग्रेस नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै लेखेका छन् ।
वाग्लेले कांग्रेसमा आफूले विगत ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रूपमा रहेर आर्थिक नीति र योजना, वौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा काम गरेको समेत भनेका छन् ।
उनले राष्ट्रिय योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवाले दिएको जिम्मेवारी आफूले कुशलताका साथ सम्पन्न गरेको पनि उल्लेख गरेका छन् ।
वाग्लेले अब बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्ने लक्ष्य पनि खुलाएका छन् ।
‘कांग्रेस–कम्युनिस्टका असल मानिस, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपाली मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ,’ वाग्लेले भनेका छन् ।
उनले आफू २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने उल्लेख गर्दै भनेका छन्, ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु, आम निराशा चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो । जय नेपाल ।’
रास्वपाबाट चुनाव उठने सम्भावना
राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ बाट प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार बन्ने चर्चा भइरहेको बेला रास्वपाका महामन्त्री मुकुन्द ढकालले वाग्लले घण्टी चुनाव चिह्न लिएर तनहुँबाट उपनिर्वाचनमा उम्मेवदार बन्ने पुष्टि गरे ।
कांग्रेस परित्याग गरेको घोषणा गर्नुअघि वाग्नेले रास्वपासँग छलफल गरेको ढकालले दाबी गरे । वाग्लेलाई कांग्रेसले उपनिर्वाचनमा टिकट नदिने निश्चित भएपछि रास्वपा उम्मेदवार बन्ने तयारी गरेका हुन् । तनहुँ १ बाट सांसद भएका नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यहाँ १० वैशाख २०८० मा उपनिर्वाचन हुन लागेको छ । कांग्रेसले सो क्षेत्रबाट नेविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराईलाई टिकट दिने निर्णय गरेपछि वाग्ले बिच्किएका हुन् ।
वाग्लेलले आफ्नो क्षमताअनुसारको अवसर पार्टीमा नपाउने भएपछि पार्टी परित्याग गरेको नेपाली कांग्रेसका नेताहरूले पनि स्विकारेका छन् । कांग्रेसका सांसद प्रदीप पौडेलले पार्टीबाट पनि गल्ती भएको स्विकारे । ‘उनले पार्टी छाड्नेभन्दा पनि पार्टीभित्रको कमजोरी सच्चाउने अभियानलाई दह्रो बनाउने बाटो रोज्नुपथ्र्यो,’ पौडेलले भने । वाग्लेले कांग्रेसका नेता गोविन्द्रराज पोखरेललाई ह्वाट्स एपमा एउटा पठाएको सन्देशमा ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको’ भनिएको छ ।
कांग्रेसको महाधिवेशनमा शेखर गगन पक्षमा खुलेर लागेको भन्दै नेपाली कांग्रेसका सभापति देउवा वाग्लेसँग रिसाएको बताइन्छ । देउवाले नै उनलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका थिए पछिल्लो समय कांग्रेसको महासमिति सदस्यमा पनि देउवाले नै बनाएका थिए । राजधानी दैनिकबाट
सत्ता गठबन्धन आबद्ध नौ दलले सरकारमा सहभागी हुने दलको मन्त्रालयको संख्या र मन्त्रीको नाम टुंगाएका छन् । गठबन्धनमा आबद्ध ११ दलमध्ये नौ दल आजै सरकारमा सहभागी हुँदै छन् ।
नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आमजनता पार्टी गरी ९ दलको सहभागिता हुने भएको हो ।
नेकपा एकीकृत माजवादीका उपाध्यक्ष वेदुराम भुषालले सरकारमा ९ दल सहभागी हुने र शुक्रबार (आज) मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए । ‘सरकारमा ९ दल सहभागी हुनेगरी मन्त्रालयको टुंगो लागेको छ, मन्त्रीको नामसमेत लगभग तय भइसकेको हुँदा शुक्रबार मन्त्रिपरिषद् विस्तार हुन्छ,’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष भुषालले राजधानीसँग भने ।
कांग्रेसले बिहीबार आफूले पाउने मन्त्रालयको टुंगो लागेपछि मन्त्रीको नाम पनि तय गरिसकेको छ । कांग्रेसले ८ वटा मन्त्रालय पाउने सहमति छ ।
कांग्रेस स्रोतका अनुसार उपसभापति पूर्णबहादुर खड्का सरकारमा उपप्रधानसहित सहभागी हुँदै छन् । उनकै नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुन लागेको हो । गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानुन मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय पाएको छ ।
कांग्रेसले अर्थ मन्त्रालयमा प्रवक्ता प्रकाशशण महतलाई पठाउने यसअघि नै तय भइसकेको छ । यस्तै, सहरी मन्त्रालयमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बू र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने कांग्रेसको तयारी छ ।
कांग्रेस उपसभापति खड्का र नेता रमेश रिजालको भने मन्त्रालय तय भइसकेको छैन । उनीहरूमध्ये एकले परराष्ट्र र अर्काले रक्षा मन्त्रालय सम्हाल्नेगरी सभापति शेरबहादुर देउवाले जिम्मेवारी’को निर्णय लिनेछन् । कांग्रेसले मन्त्री र मन्त्रालयको नाम तय गर्ने अधिकार सभापतिलाई दिइसकेको छ ।
यसैगरी, माओवादी केन्द्रले गृह मन्त्रालयसहित ५, एकीकृत समाजवादी र जसपाले २/२ मन्त्रालय पाउनेछ । माओवादी केन्द्रबाट हाल सरकारमा रहेका मन्त्री नै कायम रहनेछन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुषाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्दै छन् । एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाएको छ ।
यसैगरी, जसपाबाट अशोक राई र राजकिशोर यादव वा प्रदीप यादवमध्ये एक जना मन्त्री हुँदै छन् । जसपाले शिक्षा र कृषि मन्त्रालय पाएको छ । नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद मन्त्रालय पाएको छ । सो दलबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आफैं मन्त्री बन्दै छिन् । लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै छन् । लोसपाले श्रम मन्त्रालय पाउने गठबन्धनमा सहमति भएको छ ।
जनमत पार्टीले उद्योग मन्त्रालय पाएको छ सो दलबाट अब्दुल खान मन्त्री छन् । उनलाई खानेपानी मन्त्रालयबाट उद्योगमा सरुवा गर्ने तयारी छ । सो दलले एक राज्यमन्त्री पनि पाउनेछ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय पाएको छ । सो दलबाट महिन्द्रराय यादव मन्त्री बन्दै छन् भने आमजनता पार्टीबाट प्रभु शाह मन्त्री बन्दै छन् ।
भागबन्डामा केही मन्त्रालय हेरफेर हुने भएपछि भौतिकमन्त्री नाराणकाजी श्रेष्ठ गृह र सामान्य प्रशासनमन्त्री अमनलाल मोदी ऊर्जा मन्त्री बन्नेछन् । राजधानी दैनिकबाट
