मकवानपुर । साहित्य सङ्गम मकवानपुर अध्यक्षमा डीबी बर्तौला निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा बर्तौलले ९७ मत ल्याउदै अध्यक्षमा निर्वाचित भएका हुन ।अध्यक्षका प्रत्याक्षी पुरुषोत्तम आचर्यले ८१ मत प्राप्त गरे ।
शनिबार भएको संगमको १६ औ अधिबेशनबाट बर्तौताको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्वाचनबाट चयन भएको हो ।
कोषाध्यक्ष र सहसचिव पदका उम्मेदवार भने निर्विरोध भएका छन । कोषाध्यक्षमा मनु तिमल्सिना र सहसचिवमा भावना तिमल्सिना न्यौपाने निर्बिरोध निर्वाचित भएका हुन ।
अन्तिम मत परिणाम हेर्नुहोस
अध्यक्ष
डिबि बर्तौला : ९७ (विजयी)
पुरुषोत्तम आचार्य : ८१
उपाध्यक्ष
एस के निधन : ५६
सानू खनाल :१२१ (विजयी)
सचिव
मनोज पोखरेल : ११० (विजयी)
यश लामा : ६७
सदस्यहरु
कुबेर परजुली:८३ (विजयी)
कृतिका लौडारी : ९९ (विजयी)
मिनप्रसाद लामिछाने : ७६
रजनी पौडेल : १२४ (विजयी)
बैकुण्ठ लामिछाने : ७५
सिएम रिमाल : ७९
स्वस्तिका बानियाँ : ११८ (विजयी)
कुल मत : २४४
खसेको मत :१८२
बदर मत : ३
मकवानपुर । थाहा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा पुरुषोत्तम ढकाल निर्वाचित भएका छन् ।
शनिबार भएको आठौं वार्षिक साधारणसभा तथा प्रथम नगर अधिवेशनबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शम्भु सिं कार्की, वाणिज्यतर्फको उपाध्यक्षमा सुरेन्द्रमान प्रधान, उद्योगतर्फको उपाध्यक्षमा सानुकाजी गोपाली, वस्तुगततर्फको उपाध्यक्षमा राजेन्द्र बिडारी चयन भएका छन ।
यस्तै महासचिवमा जर्मलाल श्रेष्ठ, कोषाध्यक्षमा प्रदीप प्रधान, सचिवमा श्रीराम कार्की र सहकोषाध्यक्षमा निरोज प्रधान सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी उद्योगतर्फको सदस्यहरुमा राजन प्रसाद ढकाल, आरती श्रेष्ठ, सुमन विष्ट र हरेराम कार्की, वाणिज्यतर्फको सदस्यहरुमा अञ्जल प्रधान, धर्मलाल प्रधान, ईश्वर कार्की, बलराम थापा, बिक्रम केसी, यादव जंग रायमाझी, जयराम खत्री केसी र यशोदा अधिकारी (महिला) तथा मोबाइल एसोसिएसन अफ नेपाल उत्तरी क्षेत्र समिति पालुङबाट सुबिन्द्रमान प्रधान बस्तुगततर्फको सदस्य चयन भएका छन् ।
संघका अध्यक्ष कविराज खत्रीको सभापतित्वमा तथा थाहा नगरपालिकाका मेयर विष्णु विष्टको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा तथा प्रथम नगर अधिवेशन भएको थियो ।
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल बागमती प्रदेशकाे राजधानी हेटौडा आउने भएका छन् । भदौ २४ गते आइतबार हेटौंडामा हुने चार दल सम्मेलित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बाेधन गर्न प्रधानमन्त्री आउने भएका हुन् ।
शनिबार हेटौंडामा पत्रकार भेटघाट कार्यक्रममा नेकपा (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालले आइतबार हुने सन्देश सभाको जानकारी दिइएकी हुन् । भुसालका अनुसार हेटौंडा स्थित रोयल पार्टी प्यालेसमा हुने सभाकाे तयारी पूरा भएको छ । दिउँसो १२ बजेबाट सभा सुरु उनले बताइन् ।
सभालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।
सभामा समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिइने तथा समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गरिने बताइएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा वीपी काेइरालाकाे अर्धकदकाे प्रतिमा अनावरण गरिने भएकाे छ । जननायक तथा पूर्व प्रधानमन्त्री वीपी काेइरालाकाे अर्धकदकाे प्रतिमा अनावरण गर्न नेपाली कांग्रेस वरिष्ठ नेता शेखर कोइराला हेटौंडा आउने भएका छन् ।
भदौ २४ गते हेटौडा ११ स्थित वीपी बाटिकामा निर्माण गरिएकाे वीपीकाे प्रतिमा अनावरण गरिने कार्यक्रम रहेकाे तथा उक्त प्रतिमा अनावरण गर्न काेइराला हेटौडा आउने नेपाली कांग्रेस मकवानपुरले जनाएकाे छ । कांग्रेस मकवानपुरकाे आयोजना तथा वीपी विचार समाज मकवानपुरको संयोजनमा वीपीकाे १ सय १० औं जन्मजयन्तीकाे अवसरमा प्रतिमा अनावरण कार्यक्रम हुने शुक्रबार हेटौडामा पत्रकार भेटघाट मार्फत जानकारी गराइएकाे हाे ।
वीपी विचार समाज मकवानपुरले २४ गते नै वीपीको विचारको सान्दर्भिकताको विषयमा वीपी विचार विषयक गोष्ठी समेत आयाेजना गर्ने भएकाे छ । कांग्रेस मकवानपुर सभापति बुद्ध लामाका अनुसार नेता डा. कोइरालाले जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई राष्ट्रिय राजनीति तथा कांग्रेसकाे पछिल्लाे समयकाे रणनीतिको विषयमा जानकारी दिने छन् ।
मकवानपुर । छाँयादेवी स्मृति मानव अधिकार सम्मान–२०८० बाट मानव अधिकारकर्मी तथा उपप्राध्यापक कृष्णप्रसाद दाहाल सम्मानित भएका छन् । नेपाल मानव अधिकार संगठन मकवानपुरले शुक्रबार सम्मान अधिवक्ता समेत रहेका दाहाललाई सम्मान गरेकाे हाे ।
नेपाल मानव अधिकार संगठन मकवानपुरकाे सातौं वार्षिक साधारण सभामा सम्मान कार्यक्रम समेत आयोजना गरी दाहाललाई नगदसहित सम्मान गरिएकाे थियाे । दाहाललाई प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले नगदसहित सम्मान गरेका थिए ।
कार्यक्रममा संगठनका प्रदेश अध्यक्ष एवम् जिल्ला अदालत बार एशोसिएसन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेतले महिला विरुद्धको भेदभाव सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन् । यसैगरी संगठनका कोषाध्यक्ष तेजकुमारी थापाले आर्थिक प्रतिवेदन र अध्यक्ष शर्मिला श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
संगठन अध्यक्ष शर्मिला श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका अधिकृत लोकनाथ घिमिरे, वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्ले, संगठनका संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल, संगठनका प्रदेश अध्यक्ष अप्सरा बस्नेत, गैसस महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
