मोटरसाइकलको ठक्करबाट घाइते पौडेलको उपचारको क्रममा मृत्युु
Tags: No Comments
मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १७ हटियामा मोटरसाइकलले साइकललाई ठक्कर दिदा घाइते भएका धर्मराज पौडेलको उपचारको क्रममा मृत्यु भएको छ ।
आइतबार ५ बजेको समयमा हेटौडा १७ सानोगंगटेस्थित धरान चतरा सडक खण्डमा हेटौडा बजारबाट हात्तिसुडेतर्फ जादै गरेको ना.६ प.७१२ नं.को मोटरसाइकलले सोही दिशा तर्फ जादै साईकल यात्री पौडेल लाई ठक्करदिदा घाइते भएका थिए ।
पौडेलको टाउकोमा चोट लागेको तथा अबस्था गम्भिर रहेकोमा हेटौडा अस्पतालमा उपचारको लागि ल्याइएकोमा थप उपचारको लागि भरतपुर पठाइएको थियो ।
पौडेलको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा सोमबार बिहान ९ बजे डाक्टरले मृत घोषणा गरेका हुन । मोटरसाइकल चालक जिल्ला मकवानपुर बकैया गाउँपालिका १२ घलेगाँउका ३१ वर्षीय बलराम घले जिल्ला प्रहरी कार्यलय मकवानपुरको नियन्त्रणमा रहेको बताइएको छ ।
मकवानपुर । बिगत केही दिनदेखि देशैभर वर्षा भइरहेको छ । मकवानपुरमा बिहानै बाट वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालको मौसम पश्चिमबाट बाहिरिएको तथा केही दिनमा अन्य क्षेत्रबाट समेत बाहिरिने जनाएको छ ।
हाल नेपालमा बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकोको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश तथा लुम्बिनी प्रदेशको एक-दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १७ हटियामा मोटरसाइकलले साइकललाई ठक्कर दिदा १ जना घाइते भएका छन् ।
घाइते हुनेमा हेटौंडा १७ का साइकल यात्री ५० वर्षीय धर्मराज पौडेल रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
आइतबार ५ बजेको समयमा हेटौडा १७ सानोगंगटेस्थित धरान चतरा सडक खण्डमा हेटौडा बजारबाट हात्तिसुडेतर्फ जादै गरेको ना.६ प.७१२ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जादै साईकल यात्री पौडेल लाई ठक्कर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पौडेलको टाउकोमा चोट लागेको तथा अबस्था गम्भिर रहेकोमा हेटौडा अस्पतालमा उपचारको लागि ल्याइएकोमा थप उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकल र चालक नियन्त्रणमा लिएको तथा थप अनुसन्धान भइरहेको जनाएको छ।
मकवानपुर । निर्धारित समय भन्दा डेड घण्टा ढिला सुरु बागमती प्रदेश सभाको आइतबारकाे बैठकमा प्रदेश मामिला समितिकाे प्रतिवेदन प्रस्तुत गरिएकाे छ । सभामा समितिले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि तयार पारेको प्रतिवेदन प्रस्तुत गरिएको हाे ।
प्रदेश मामिला समितिका जेष्ठ सदस्य शिवराज अधिकारीले उक्त विधेयक प्रदेश सभामा प्रस्तुत गरेका हुन् । उक्त विधेयकमाथि प्रदेश मामिला समितिको आइतबार नै बसेको बैठकमा दफाबार छलफल गरी प्रतिवेदन तयार गरिएको थियो । आइतबारकाे बैठक अपरान्ह ३ बजेकाे लागि बाेलाइए पनि ४ः३० बजे सुरु भएकाे थियाे ।
बैठककाे कारवाही सुरु भएकाे सभामुखले जानकारी दिए लगतै नेकपा एमालेका मधुसुदन पाैडेलले इजरायलमा भएकाे हमासकाे आक्रमणबाट २१ जना नेपाली हताेहाती भएकाे अवस्थामा उक्त आक्रमणमा परेका नेपालीकाे यथार्थस्थिति सार्वजनिक गर्न र घाइते भएका नेपालीकाे उपचारकाे व्यवस्था गर्न प्रदेश सरकार मार्फत संघीय सरकारकाे ध्यानाकर्षण गरेका थिए ।
समितिकाे प्रतिवदेन प्रस्तुत भएसँगै प्रदेश सभाको अर्को बैठक भोलि असोज २२ गते अपराह्न ४ बजे बस्ने गरी प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले स्थगित गरेका छन् । शुन्य तथा विशेष समय नरहेकाे आजकाे बैठक करिब ७ मिनेट बसेर सकिएकाे थियाे ।
मकवानपुर । स्वास्थ्य कार्यालय मकवानपुरको वार्षिक समिक्षा कार्यक्रम भएको छ । दुई दिनसम्म हेटौंडामा समिक्षा कार्यक्रम भएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बार्षिक कार्यक्रम र भावी योजनाबारे प्रस्तुती प्रस्तुत गरेका थिए ।
वार्षिक समिक्षामा स्वास्थ्यको सूचकको आधारमा जिल्लाका ३ स्थानीय तहलाई सम्मानित गरिएकाे छ । थाहानगरपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । समिक्षा कार्यक्रममा सरकारी, गैरसरकारी संघ संस्था, जिल्ला आयुर्वेद, अस्पताल र स्वास्थ्य कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
१० वटै स्थानीयतहका स्वास्थ्य शाखा प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गरेकाे समिक्षामा बर्षभरि गरेका कार्यक्रम र आगामी दिनमा गर्नुपर्ने कार्यक्रमहरुको बिषयमा छलफल भएको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका उप सचिव हरीकृष्ण फुयाँल,स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भूषाल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर प्रमुख डा.ललिता पाण्डे लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका तथ्याङ्क अधिकृत भागरथप्रसाद रौनियारले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता, स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख डा.खगेश्वर गेलालको बिशेष आतिथ्यता तथा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारको सभाध्यक्षतामा समिक्षा कार्यक्रम भएको हो ।
