मकवानपुर । मकवानपुरकाे हेटौंडामा भएकाे कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । १० औं राष्ट्रिय योग दिवसको अवसरमा भएको रक्तदान कार्यक्रममा ५ जना महिला र १८ जना पुरुषले रक्तदान गरेका हुन् ।
शनिबार पतंजली योग जिल्ला समिति मकवानपुरको आयोजनामा भएकाे रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्र हेटौंडाकाे प्राविधिक सहयोग रहेकाे थियाे । पतंजली योग युवा समिती मकवानपुरको संयोजन र हेटौंडा उपममहनगरपालिकाको सहयोगमामा रक्तदान कार्यक्रम गरिएकाे हाे । ।
पतन्जली जिल्ला याेग समितिका कार्यबाहक अध्यक्ष राजन थापाकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा पतन्जली याेग महिला समितिका अध्यक्ष शकुन्तला सिंह, पतन्जली याेग युवा संगठन प्रमुख राजु अधिकारी, जिल्ला महामन्त्री ऋषि ढकाल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
पतन्जली याेग जिल्ला समितिले १० ओैं राष्ट्रिय याेग दिवस हाजिरिजवाफ प्रतियाेगिता, सन्देशमुलक प्रभातफेरी रक्तदान लगायत विभिन्न कार्यक्रम आयाेजना गरी मनाएकाे कार्यवाहक अध्यक्ष थापाले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौंडामा राष्ट्रिय बुद्धिचाल प्रतियाेगिता २०८१ हुने भएकाे छ । १३ माघ आइतबार मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा २५ औँ राष्ट्रिय बुद्धिचाल तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको हाे ।
शनिबार नेपाल बुद्धिचाल महासंघले हेटौंडामा पत्रकार सम्मेलन गर्दै आइतबारबाट सुरु हुने बुद्धिचाल प्रतियोगिता तयारीकाे जानकारी गराइएको हाे । महासंघ महासचिव धरमबहादुर लामाले आइतबारबाट सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिए । ‘हामीले खेलाडी छनौट लगायतका गरिसक्यौं, राउण्ड रोविन चरणमा खेल खेलाईनेछ’ महासचिव लामाले भने ।
अघिल्लो वर्षका विजेताहरु सहित प्रतियाेगितामा राष्ट्रिय बी प्रतियाेगिताबाट छानिएका पुरुषतर्फ १२ जना र महिलातर्फ १२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने उनले जनाकारी दिए । एघार चरणमा खेलाइने खेल १९ माघसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा करिब २४ लाख ५० हजार खर्च हुने अनुमान आयोजकले गरेकाे छ । प्रतियोगिताकाे विजेताले श्रीलंकामा १० मार्चदेखी हुने एसियन जोनल गेममा सहभागिताकाे अवसर प्राप्त गर्नेछन् । यसैगरी द्वितीय र तृतीय हुने खेलाडीले भने क्रमशः १५ हजार र १० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएकाे छ ।
२४ औँ राष्ट्रिय प्रतियोगिताकाे स्वर्ण पदक झापाका राजन सुवेदीले जितेका थिए । यसैगरी ९ औँ राष्ट्रिय महिला प्रतियोगिता तर्फकाे स्वर्ण पदक काठमाडौंकी सिन्दिरा जोशीले हात पारेकी थिइन् । महासंघका अध्यक्ष हिराकाजी महर्जनकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा महासचिव लामा, प्रदेश खेलकुद परिषद् सदस्य संगीत श्रेष्ठ, मकवानपुर जिल्ला बुद्धिचाल संघका सचिव किसन घिसिङलगायतको सहभागिता रहेको थियो ।
मकवानपुर । “नागरिकको आवाज सदनसम्म” पदयात्रा कार्यक्रम लिएर राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य एवम् पुर्व शिक्षा मन्त्री सुमना श्रेष्ठसहितकाे टोली हेटौंडा आइपुगेकाे छ । रास्वपा शिक्षा विभागका केन्द्रीय सदस्य कृष्णहरि पाैडेलसहितकाे ६ जनाकाे टाेली पार्टीकाे ७ दिने उक्त अभियानकाे क्रममा शनिबार हेटौंडा आइपुगेकाे हाे ।
प्रतिनिधिसभा सदस्य श्रेष्ठले नागरिकको आवाज सदनसम्म पुर्याउन भन्दै ११ माघबाट वीरगन्जबाट सुरु गरेकाे यात्रा अन्तर्गत शनिबार हेटौंडामा आइपुगेकी हुन् । बारा र पर्सा जिल्ला हुँदै हेटौंडा आएकी श्रेष्ठ शनिबार नै चितवन जिल्लाको भण्डारा पुग्नेछिन् । जनप्रतिनिधि जनताको साझा भएकाले जनताको कुरा सुन्नु पर्ने तथा समस्या समाधान गर्नु पर्ने यात्राकाे क्रममा हेटौंडा आइपुगेकी उनले बताइन् ।
‘जनता र सदन टाढिएको महसुस भएकाे छ’ उनले भनिन् ‘भौगोलिकतासँगै पहाड, मधेशको समस्या फरक रहेकोले पनि जनताकाे समस्या बुझ्न अभियान सुरु गरिएको उनले बताइन् । जनता दलीयकरण र पार्टीकरणबाट आजित रहेको बताउँदै उनले कुनै पनि कानून संशोधन गरिदाँ कार्यान्वयनमा ल्याउन समस्या रहेको बताइन् ।
विकास निर्माणका संरचना भत्केपछि जनताले उठाएका समस्या समाधान नभएको, शिक्षकले तलब नपाएको, डाइभर्सनको समस्या समाधान नभएको, लालपुर्जा नपाएका समस्या समाधान गर्छु भन्दै जनप्रतिनिधिले आश्वासन दिने तर पूरा नगर्ने समस्या यात्राको क्रममा गुनासाे आएकाे उनले जानकारी दिइन् ।
पदयात्राकाे क्रममा जनताकाे गुनासाे लगायतका समस्या जस्ताकाे त्यस्तै सदनमा राख्नका लागि अभियान सुरु गरिएकाे पार्टीले जनाएकाे छ । हिउँदे अभिवेशनकाे प्रतिनिधि सभाकाे बैठकमा “नागरिकको आवाज सदनमा” राख्नकाे लागि याे अभियान गरिएकाे बताइएकाे छ । १७ माघ गते काठमाडाैं पुगी अभियान समापन गरिने छ ।
मकवानपुर । मकवानपुरकाे क्षेत्र नम्बर २ का निर्वाचित संघीय सांसद महेश बर्तौलाले जिल्लाकाे हेटौंडालाईं अहिले पनि बागमती प्रदेशकाे राजधानी स्विकार नगरिएकाे बताएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पदाधिकारी लगायत अन्य क्षेत्रसँगकाे भेटघाट तथा छलफलमा बर्तौलाले यस्तो बताएका हुन् ।
प्रदेशका सचिवहरु हेटौंडामा ३ दिन पनि नबस्ने गरेकाेले प्रदेश राजधानीमा प्रशासनिक काम समेत प्रभावित हुने गरेकाे उनले बताए । जिल्लाकाे कैलाश, राक्सिराङ लगायतका क्षत्रेमा गाँजा खेती हुँदै आएकाे बताउँदै उनले गाँजै लगाउनु पर्छ भनेर मैले आज सम्म नभनेकाे स्पष्ट पारे । ‘सरकारले गाँजाकाे विकल्प दिनुपर्छ’ नेकपा एमाले मुख्य सचेतक समेत रहेकाे बर्तौलाले भने ।
‘मकवानपुरकाे उत्तरी क्षेत्र पर्यटनकाे लागि अत्यधिक सम्भावना भएकाे क्षेत्र हाे’ उनले भने ‘पर्यटनकाे माध्यमबाट काठमाडौंकाे मानिस हामी मकवानपुरमा ल्याउन सक्छाै, बाटाे विस्तार भयाे भने उत्तरी क्षेत्रकाे बैकल्पिक खेतीले समेत निकास पाउँछ ।’ जिल्लाकाे साझा कुराकाे लागि यउटा संसदले कसरी काम गर्न सक्छ भन्ने विषयमा सुझाव चाहिएकाे उनले बताए ।
‘राष्ट्रिय गाैरबका आयाेजनाहरु राष्ट्रिय निकुन्ज भित्र भएर जाने छ भने पनि त्यस्ता योजनालाई निकुञ्जले अवराेध नगर्ने व्यवस्थालाई संसदले पारित गरेकाे थियाे’ उनले भने ‘संविधानकाे वातावरण संरक्षणकाे नीति विपरित संसदले निकुञ्ज ऐनकाे संशाेधनका विषयमा त्रुटि देखाइ खारेज गरियाे ।’ वनमा वाघ कति चाहिने हाे ? वनकाे क्षेत्रफल कति हाे ? सुनिश्चित गरिनुपर्छ उनले भने ।
‘वन्यजन्तुको अधिकारबाट मानव अधिकारकाे विषयमा गम्भिर आघात भएकाे छ, मानव र वन्यजन्तु विच द्वन्द्व भएकाे छ’ उनले भने । ६१ लाख हेक्टर वन रहेकाेमा ढलेका रुखहरुकाे मात्र उपयाेग गर्ने हाे भने पनि २० बर्षसम्म बाहिरबाट काठ ल्याउनु पर्दैन यहीकाेले पुग्ने उनले बताए । मनहरीमा सयाैं विगा जमिन छ तर मध्यवर्ती क्षेत्रकाे कारण काम नसकिएकाे बताउँदै उनले भने ‘प्राकृतिक स्राेत साधन उपयाेग गर्न ऐन भन्दा ठृलाे नियमावली भैरहेकाे छ ।’ वनले सरकार चलाउने कार्य भैरहेकाे उनले बताए ।
नीजि बासस्थानमा समेत मध्यवर्ती क्षेत्रका कारण समस्या भएकाेले उक्त क्षेत्र खारेज गरिनु पर्ने उनले बताए । ‘निकुञ्जले आफ्नाे काेर एरियामा मात्र काम गर्नु पर्नेमा मध्यवर्तीकाे नामबाट ज्यादती गरिरहेकाे पाइएकाे छ’ उनले भने ‘मध्यवर्ती क्षेत्र हटाउने हाे भने जिल्लामा युवाहरु वेराेजगार नहुने आधार संरचना निर्माण गर्न सक्छौं ।’
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ उपाध्यक्ष उज्जवल चाैलागाईंले मयुर धाप औधाेगिक क्षेत्रकाे विकल्प नरहेकाेले संघीय सरकारबाट प्रदेश सरकारमा स्वामित्व ल्याएर संचालन गर्ने बताए ।
सांसद बर्तौलासँग नेपाल पत्रकार महासंघ मकवानपुरका पदाधिकारीहरु सहितकाे छलफलमा महासंघ मकवानपुर शाखा अध्यक्ष वालकृष्ण अधिकारी नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्मा, सचारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दहाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । नेकपा एमाले पार्टीका मुख्य सचेतक महेश बर्तौलाले शिक्षा विधेयक आगामी संसदबाट पास गरिने बताएका छन् । मकवानपुरकाे हेटौंडामा सुरु नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औं जिल्ला अधिवेशनमा बोल्दै बर्तौलाले यस्तो बताएका हुन् ।
‘शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक हाे’ उनले भने ‘हरेक शिक्षकहरुमा अधिकार सँगसँगै जवाफदेहिता पजि सँगसँगै होस् । एक शिक्षकले विद्यालय जान घरबाट निस्कदै गर्दा आफूसँगै आफ्ना नानी बाबू विद्यालय लैजान सक्ने वातावरण बनाउनुपर्नेछ । शिक्षकहरु स्थानीय तहमा रहन खोजिरहेका छैनन् भन्ने बिषय पनि बाहिर उठेको बताउँदै उनले भने “शिक्षकहरु संघीयता विरोधी होइनन् ।’
स्थानीय तहको नेतृत्वले यातना दिने मानसिकताको कारणले गर्दा शिक्षकहरु स्थानीय तह अन्तर्गत बस्न खोजिरहेका छैनन् ।’ केही स्थानीय तहमा शिक्षकहरुलाई संगठनमा संगठित भएकै कारण यताबाट उता र उताबाट अर्कोमा सरुवा गराई दुःख दिइरहेकाे उनले बताए । ‘संबिधानले निर्दिष्ट गरेका व्यवस्थाहरु उपयुक्त छन् तर नेतृत्वको कार्यशैलीका कारण यस्तो भइरहेका छन् । यसलाई विद्यालय शिक्षा विधेयकले समेट्नु पर्छ’ उनले भने ।
हिजो सिङ्गो व्यवस्था परिवर्तनको आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने संगठनहरु अहिले पनि उत्तिकै ससक्त हुन जरुरी भएको उनले बताए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभा सदस्य महेश बर्ताैलाले शिक्षा प्रति विश्वासमा कमजाेरी आएकाे बताए । कानूनी व्यवस्थापन समयमै नगर्दा शिक्षा क्षेत्रमा संकट रहेकाेले शिक्षकहरुमा रहेकाे निराशा आएकाे उनले बताए । ‘विद्यालय शिक्षा विधेययकका मसिनाे ढंगले काम गरिरहेका छाै, शिक्षामा आम नागरिकहरुकाे विश्वास बढाउन, शिक्षामा भएकाे विभेद हटाउन जरुरी रहेकाे छ’ उनले भने ।
‘सरकारी विद्यालयकाे स्तर उकास्ने गरि कानून प्रवर्धन गरी सुनिश्चित गर्नुपर्ने उनले बताए । २०६१ सालदेखिका शिक्षकहरुकाे वृत्ति विकास हुन नसकेकाे बताउँदै उनले भने ‘मानव संसाधन विकासकाे दृष्टिकोणले शिक्षकहरुलाई हेर्नु पर्छ ।’ स्थानीय सरकार समेतले शिक्षा क्षेत्रलाई वलियाे बनाउने दायित्व हाे तर राजनीतिक त्रुटिका कारण स्थानीय तहप्रति निराशा पैदा भएकाे छ उनले बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औं जिल्ला अधिवेशन शनिबारसम्म चल्ने छ ।