आर्थिक वर्षमा २०७६।०७७ मा ४७ अर्व ६० करोड रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले २८ अर्व ४ करोड रुपैयाँ मात्र खर्च गरेकाे छ ।
प्रदेश सरकारले चालु खर्च ६० प्रतिशत अर्थात १२ अर्व ४४ करोड रुपैयाँ र पुँजीगत खर्च ५७ प्रतिशत अर्थात १५ अर्व ५९ करोड रुपैयाँ खर्च गरेको छ ।आर्थिक वर्ष २०७६।०७७ मा ५८ प्रतिशत मात्र खर्च गरेको छ । प्रदेश सरकारले चालु र पुँजीगत गरेर ५८ प्रतिशत मात्र खर्च गर्न सकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश लेखा नियन्त्रक हरि उपाध्यायका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा दुइ प्रतिशले प्रदेश सरकारको खर्च घटेको हाे । प्रदेश सरकारको मन्त्रालय र विभीन्न कार्यालयमा सबै भन्दा धेरै खर्च गर्ने सामाजिक विकास मन्त्रालयले गरेको छ । यस मन्त्रालयले वितेको आर्थिक वर्ष २०७६।०७७ मा ६६ प्रतिशत खर्च गर्न सफल भएको छ । तर, सवै भन्दा कम खर्च आर्थिक मामिला तथा योजना मन्त्रालयले १८ प्रतिशत मात्र खर्च गरेको लेखा नियन्त्रक उपाध्यायले बताउनु भयाे ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ६३ प्रतिशत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलय ४५ प्रतिशत, भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्रालयले ५८ प्रतिशत, आन्तरिक मामिला मन्त्रालयले ५६ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ६१ प्रतिशत, प्रदेश संसदले ४९ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले २४ प्रतिशत र मुख्यन्यायधिवक्तको कार्यालयले ६१ प्रतिशत खर्च गरेको उपाध्यायले जानकारी दिनुभयो ।
हेटाैडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीबाट प्रहरीले लागूऔषध अफिम सहित मोटरसाइकल बरामद गरेको छ । चेकजाँचको क्रममा पाँच केजी अफिम र अफिम ओसार्न प्रयोग गरिएको पल्सर मोटरसाइकल समेत वरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिनुभयो ।
नेवारपानीको प्रहरी टोलीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत नेवारपानीमा चेकजाँचका क्रममा मनहरीबाट हेटौँडा तर्फ आउँदै गरेको ना ४३ प ५७८४ नम्बरको मोटरसाइकलबाट ५ केजी अफिम बरामद गरेको प्रहरी उपरिक्षक राठोरले वताउनुभयो ।
प्रहरीको चेकिङ टोली देखेपछी उक्त अफिम भएको झोला छाडेर मोटरसाइकलमा सवार जंगल तर्फ भागेको मकवानपुर राठौँरले बताए । उक्त अफिमको बजार मुल्य ५ लाख बराबरकाे भएकाे बताइएकाे छ । अफिम ओसार्ने माेटरसाइक सवार दुइजना भने फरार रहेकाेमा खोजीकार्य भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए।
हेटौंडा । बागमती प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशभित्र बाढी पहिरोसहित विपदमा ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
वागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।
अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परी बागमती प्रदेशमा ज्यान गुमाउने अहिलेसम्मका २५ जनाको परिवारलाई राहत रकम तुरुन्तै उपलब्ध गराउने भएको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताए ।
त्यसैगरी घाइते भएका व्यक्तिहरुलाई उपचारको व्यवस्था मिलाउने र वेपत्ता भएकाहरुको खोजी कार्य गरी उद्दार गर्न सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिहरुलाई सक्रिय तुल्याइने प्रवक्ता ढुंगेलले बताए ।
उनले विपद् व्यवस्थापन समन्वय समितिलाई सक्रिय तुल्याउन प्रदेश सरकारले आवश्यक स्रोत साधनको व्यवस्था गर्ने जानकारी दिए । वैठकले साउन २ गते बस्ने भनिएको बागमती प्रदेश सभामा प्रदेश आर्थिक कार्यविधि ऐन २०७७ को पहिलो संशोधन र वातावरण अध्यादेश प्रदेश सभामा पेश गर्ने निर्णय भएको मन्त्री ढुङ्गेलले बताए ।
हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई द्वारा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा बाढीका कारण भएको मानविय र भौतिक क्षेति प्रति दुःख व्यक्त गर्नु भएको छ ।अविरल वर्षासंगै आएको भिषण बाढिका कारण मानिसको मृत्यु हुनका साथै अझै मानिस बेपत्ता छन् । भौतिक क्षति पनि त्यतीकै छ । यस घटना प्रति प्रदेश प्रमुख प्रसाईले दुःख व्यक्त गर्नुभएको हो । यस दुःखद घडिमा शोकसन्तप्त परिवारमा समवेदना सहित घाईतेहरुको शिघ्रस्वास्थ्यलाभको कामना समेत उहाँले व्यक्त गर्नुभएको छ ।
खोजि तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारि बनाउन कुनै कसर बाँकि नराख्न बागमती प्रदेश सरकारको उहाँले ध्यानाकर्षण समेत गराउनुभएको छ । मुलुकभर अस्ती रातिदेखि चार दिन लगातार भारी वर्षाहुने तथा विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या हुन सक्ने मौसम पुर्वानुमान गरिएकोले सबै तहको सरकारलाई उच्च सावधानीमा (हाई अलर्टमा) रहन प्रदेश प्रमुख प्रसाइले आग्रह गर्नुभएको छ ।
हालसम्म प्राप्त विवरण अनुसार बाह्रविसे नगरपालिका जम्बुमा दुईजनाको मृत्यू भएको छ साथै पहिरोमा परि यहि गाउँका १८ जना बेपत्ता र तीन जना गम्भिर घाईते भएका छन् । यसै गरि भोटेकोशी गाउँपालिकाको बुलकोटेमा चार जना बेपत्ता र तीन जना गम्भिर घाईते भएका छन् । यस बिपत्तिमा परि हराएकाहरुको खोजी कार्य जारी छ । घाईतेहरुलाई उद्दार गरि अस्पताल पु¥याईएको छ र हालसम्म सबैकोे अवस्था खतरामुक्त छ ।
यो प्राकृतिक विपदमा परि दिवंगत भएकाहरुप्रति भावपूर्ण श्रदाञ्जली व्यक्तगर्नुभएको छ । घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएकमो छ । यस विपदको घडीमा उद्दार र खोजी कार्यमा जुट्नुहुने स्थानिय जनता, जनप्रतिनिधीहरु, विभिन्न राजनीतिक पार्टीका साथीहरु, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारीहरु लगायत सबैमा हार्दिक धन्यवाद समेत उहाँले दिनुभएको छ ।
सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । बाढीका कारण ५ जना गम्भीर घाइते भएका छन् । बाढीले २० भन्दा बढी घर बगाएको छ, ठाउँठाउँमा अरनिको राजमार्ग कटानका कारण अवरुद्ध भएको छ, आधा दर्जन जति सवारी साधनमा बाढीले क्षति पुर्याएको छ ।स्थानीय जम्बु खोलामा बाढी आउँदा बाह्रबिसे नगरपालिका–५ का २० वर्षका निकेश बस्नेत र उनकी डेढ वर्षकी छोरी निउना बस्नेतको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । निकेशकी पत्नी सविना बस्नेत गम्भीर घाइते भएकी छन् ।
जम्बु खोलाको बाढीले बाह्रबिसे नगरपालिका- ५ मा र बुलुकुटे ठाडो खोलाले भोटेकोशी गाउँपालिका-५ मा बढी क्षति पुगेको छ । बाह्रबिसे-५ जम्बु बजारमा १६ जना र भोटेकोशी गाउँपालिकामा ४ जना बेपत्ता भएका छन् ।बाह्रबिसे नगरपालिका–५ जम्बुका भीमबहादुर वाइवा, चिनमाया वाइवा, लीलामाया वाइवा, पासाङ डोल्मा वाइवा, निमा डोल्मा वाइवा, लक्ष्मण वाइवा, सनमाला वाइवा, जनकबहादुर थिङ, सविना तामाङ, आकाश तामाङ, तोकबहादुर तामाङ, सलिनी तामाङ, सुवेश तामाङ र युक्तबहादुर तामाङ बेपत्ता भएका प्रहरीले जनाएको छ । त्यस्तै, मध्यभोटेकोशी हाइड्रोपावर कम्पनीका सेक्रेटरी हिमेश शर्मा, जाइकाका इन्जिनियर आकाश केसी पनि बेपत्ता भएको डीएसपी काफ्लेले जानकारी दिए ।
भोटेकोशी गाउँपालिका–५ मा बुलुकुटे झ्यालेस्थित बुलुकुटे ठाडो खोलामा बाढी आउँदा ६० वर्षका निमा दोर्जे तामाङ, उनकी बुहारी २७ वर्षकी मञ्जु तामाङ, नातिनीहरू ९ वर्षकी पासाङ नुर्बु तामाङ र ६ वर्षकी साहिल तामाङ बेपत्ता भएका छन् । नुर्बुको घर बगाउँदा उनका छोरा फुर्वा र उनकी १० दिनकी छोरी पनि घाइते भएकी छन् । त्यहाँ एउटा डोजर र एउटा जिपमा क्षति भएको छ । बाढीका कारण बाह्रबिसे–५ जम्बुमा ५ जना घाइते भएका छन् । यहाँ बाढीले १५ वटा घरमा क्षति पुर्याएको छ। बाह्रबिसे नगरपालिका–३ खुर्सानीबारीमा भोटेकोशी नदीले अरनिको राजमार्ग कटान गरेका कारण आवतजावत अवरुद्ध भएको छ ।
त्यस्तै, खागदल भन्ने ठाउँमा अरनिको राजमार्गमा रहेको पक्की पुल खागदल खोलाले १५ मिटर कटान गरेको छ । त्यहाँ १०/११ वटा घर, एउटा ग्यारेज, एउटा गाडी, एउटा ट्यांकर, सडक विभागको अलकत्रा बोक्ने एउटा ट्रक र बस बगाएको छ । त्यस्तै बाह्रबिसे नगरपालिका–८ जुरे नजिक भोटेकोशी नदीले १०० मिटर सडक कटान गरेको छ । सिन्धुपाल्चोककै बलेफी गाउँपालिका–७ मा पाँच वटा घर बगाएको छ ।
भोटेकोशी गाउँपालिका– ५ मै झ्यालेखोलाले ठाउँ ठाउँमा सडक कटान गरेको छ । बाढीले ल्याएको माटोका थुप्रिएका कारण कारण अरनिको राजमार्ग अवरुद्ध भएको डीएसपी काफ्लेले जानकारी दिए । बेपत्ताहरुको खोजी भइरहेको उनले बताए ।
हेटाैडा। सरकारले कोरोना भाइरस (कोभिड–१९) को गरेको लकडाउनको करिब साढे तीन महिनापछि शुक्रबार असार २६ गतेबाट जिल्ला भित्र मात्र सार्वजनिक यातायात खुला गरेको छ । सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र र बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न मिल्ने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरे पनि लामो दुरीको सवारी चलाउन अनुमति दिएको छैन ।
सरकारका प्रवक्ता, अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै बिहीबार छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए । सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सकिने उनको भनाइ छ ।
सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । अब कुल संख्याको आधा मात्र सिटमा यात्रु राखेर बस सञ्चालन गर्न पाइने भएको छ । सिट क्षमता आधा मात्र प्रयोग हुने भएपछि भाडादर भने दोब्बर बढाइएको छ । अब सार्वजनिक यातायातमा ५० प्रतिशतसम्म भाडा वृद्धि हुने भएको छ ।
सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्क र पन्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ । सार्वजनिक यातायात सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जना मात्र राख्न पाइने नियम छ ।
यस्तै, एक दिनमा कम्तीमा एकपटक अनिवार्य रूपमा यातायातका साधनलाई संक्रमणमुक्त पनि गर्नुपर्नेछ । सरकारले ट्याक्सीको हकमा चालकबाहेक दुई जनासम्म यात्रु राखेर सञ्चालन गर्न दिने निर्णय गरेको हो । एउटै परिवारका सदस्य भएको खण्डमा भने ५ वर्षमुनिका बालबालिकालाई राख्न दिइनेछ ।

ट्याक्सी पनि उपत्यकाको हकमा तीन जिल्ला र बाहिर जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र चलाउन पाइने प्रवक्ता खतिवडाले जनाएका छन् । सरकारले गत १० चैत २०७६ का दिन निर्णय गर्दै ११ चैत बिहान ६ बजेदेखि लकडाउन घोषणा गरेको थियो । पटक पटक थप गर्दै ३२ जेठ २०७७ सम्म लकडाउन लम्ब्याएको थियो । पछिल्लो पटक भने जोर–बिजोर प्रणाली लागू गरेर निजी सवारी साधन सञ्चालन गर्न अनुमति दिएको थियो । लकडाउनकाे अवधी अाउदाे साउन पहिलाे सातासम्म लागू गर्ने निर्णय गरेकाे सरकारले विस्तारै लकडाउन खुकुलेा पार्दै लाने नीति लिएकाेमा पछिल्लाे पटक सार्वजनिक यातायात जिल्ला भित्र सञ्चालन गर्न दिएकाे हाे । काेराना रोकथाम तथा नियन्त्रणका लागि शैक्षिक संस्था लगायतका भिडभाड हुने केही क्षेत्र भने खुलाइएकाे छैन ।