मकवानपुर / गत चैतबाट रोकिएका सवारीहरु आज विहीबारबाट चलाइने तयारी भएपछि हेटौंडाको ग्यारेजहरुमा बुधबारबाटै केही चहलपहल देखिएको छ । सवारी सञ्चालनको लागि पुर्व तयारीहरु सुरु गरिएको हो ।
कोरोना भाइरसको महामारीका कारण बन्द भएका सवारीहरु सर्भिसिङग मात्रै गरेर चल्ने अवस्थामा नभएको एक यातायात व्यवसायिले बताए । “गाडी बिग्रए जस्तै भएका छन्, खर्च/ नोक्सानीको कुरै नगरौं” यातायात व्यवसायि ध्रुब खड्काले भने । सरकारले कोरोनाको संक्रमणकाल जारी रहेकै बेला यातायत तथा होटलहरु सञ्चालन गरिकोले आवश्यक स्वास्थ्य सुरक्षा प्रबन्धमा विषेश ध्यान दिन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
आजबाट लामो दुरीका गाडीका साथै आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट खुल्दै छन् । जनजीवनलाई सामान्यतर्फ फर्काउन यी क्षेत्र खुलाइएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
मकवानपुर । नेपाल आयाल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
निगमले बुधबार १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।
डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँले घटेर ९० रुपैयाँ कायम भएको छ । पेट्रोल, हवाई ईन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
निगमले भारतीय आयल निगमबाट १६ सेप्टम्बरमा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएकोले नेपालमा मूल्य समायोजन गरिएको जनाएकाे छ ।
प्रहरीको गुनासो पेटिका स्थानीय तहमा
Tags: No Comments
मकवानपुर /प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो सुनुवाई गरी सेवा प्रभावकारी बनाउने तयारी गरिएको छ ।नागरिकबाट गुनासो तथा सुझाव संकलन गरी प्रहरी सेवालाई थप प्रभावकारी बनाउन यो कार्य सुरु गर्न लागिएको हो । गुनासो तथा सुझाव संकलन पेटिका बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशको सबै जिल्लाको सबै स्थानीय तहहरुमा गुनासो पेटिका राख्न लागेको हो ।
प्रदेशका हरेक स्थानीय तहमा प्रहरी कर्मचारीबाट सम्पादन भएका कामसँग सम्बन्धित स्थानीय जनताको गुनासो सुन्ने व्यवस्था गर्न लागिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुदीप गिरीले जानकारी दिए ।
बागमती प्रदेशको राजधानीमा रहेको प्रदेशको एक मात्र उपमहानगरपािलका हेटौंडा उपमहानगरपालिका कार्यालयमा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख बसन्तकुमार लामाले सुझाव संकलन पेटिका राख्ने र अरु जिल्लाका स्थानीय तहमा सम्बन्धित जिल्लाका प्रहरी कार्यालय मार्फत राख्ने तयारी गरिएको प्रवक्ता गिरीले बताए । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले नागरिकहरुबाट प्रहरी कर्मचारीसँग सम्बन्धित गुनासो तथा सुझाव संकलन गरी प्रहरी सेवालाई थप प्रभावकारी बनाउन प्रदेश भरीका स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका
राख्ने निर्णय अनुरुप सम्पुर्ण तयारी गरिएको हो । प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्तक हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्राप्त सल्लाह सुझाव अनुरुप प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझाव पेटिका सञ्चालन सम्बन्धी कार्ययोजना समेत निर्माण
गरीएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कार्ययोजनामा उल्लेखित व्यवस्था अनुसार ३ चरणमा सबै स्थानीय तहको केन्द्र रहेको कार्यालय र वडा स्तरसम्म गुनासो तथा सुझाव संकलन पेटिका राखिने प्रवक्ता गिरीले बताए । प्रथम चरणमा महानगरपालिका, उपमहानगरपालिका र सदरमुकाममा रहेको गाउँपालिकामा, दोस्रो चरणमा सबै गाउँपालिका र तेस्रो चरणमा सबै वडा कार्यालयहरुमा गुनासो तथा सुझाव संकलन पेटिका राखिने उनले जानकारी दिए । प्रथम चरण अन्तर्गत विहीबार असोज १ गते बागमती प्रदेशका १ महानगरपालीका, १ उपमहानगरपालीका, २५ नगरपालीका र १ गाँउपालिका गरी २८ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राखिने बताइएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमका प्रमुख सहयोगी स्थानीय निकायसँगको सहकार्यमा सञ्चालन गरिने यस योजना अन्तर्गत स्थानीय निकायहरुमा सुझाव तथा गुनासो पेटिका स्थापना गरी नागरिकहरुबाट प्रहरीसँग सम्बन्धित सूचना संकलन गर्ने कार्य गरिनेछ ।
नेपाल प्रहरीले नागरिकहरुबाट पृष्ठपोषण प्राप्तिीा लागि नागरिक सुनुवाई कार्यक्रम, सुचना अधिकृतको व्यवस्था, सम्पर्क टेलिफोन नम्बर, प्रविधिहरुको प्रयोग लगायत विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आईरहेको भएतापनि सुचना संकलनका कार्यलाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालयले नागरीकहरुको सहज र नियमित पहुच हुने स्थानीय निकायहरुमा प्रहरी सम्बन्धित सूचनाहरु प्राप्त गर्ने संयन्त्रको विकास गर्नु उपयुक्त हुने महसुस गरी यो कार्ययोजना तयार गरिएको बताइएको छ ।
मकवानपुर । हेटौंडा लेडि जेसिजको जेसिज सप्ताह अन्तर्गत आज तेस्रो दिन रक्तदान कार्यक्रम आयाेजना गरिएकाे छ ।
हेटौँडा १ मा रहेको रक्त संचारमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेकाे कार्यक्रम संयाेजक दुर्गा बिष्ट ठकुरीले बताइन्। कोरोना भाइरसको संक्रमणको अवस्थामा रगतको माग भएकोले रगत अभाव नहोस भन्ने उदेश्यले जेसिज सप्ताहकाे कार्यक्रममा रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक ठकुरीले बताइन ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सबिन न्यौपाने तथा नेपाल जेसिजकी कार्यकारणी उपाध्यक्ष शोभा खरेलको विशेष आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो।
मकवानपुर । कोरोना सङ्क्रमणका कारण बन्द गरेको सेवा प्रवाहलाई सुचारु गर्न सूचना तथा प्रसारण विभागले असोज १ गतेदेखि कोटा प्रणाली सुरु गर्ने भएको छ ।
‘दर्ता र नवीकरणको कार्य २०७७ साल भाद्रदेखि स्थगित भएकोमा काठमाडौँ उपत्यकामा देखिएको कोभिड–१९ को बढ्दो सङ्क्रमण यथावत् भएका कारण विभागमा हुने सेवाग्राहीको भिडभाडलाई व्यवस्थापन गर्दै सेवाग्राही र कर्मचारीमा हुन सक्ने सम्भावित सङ्क्रमणको जोखिमलाई न्यून गर्दै मिति २०७७ असोज १ गते बिहीबारदेखि लागू हुने गरी सेवा प्रवाह जारी राख्न कोटा निर्धारण गरिएको छ’, विभागद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।
दैनिक समाचार सङ्कलनमा जानुपर्ने सञ्चारकर्मीहरूलाई ध्यानमा राख्दै प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण कार्य कोटा निर्धारण गरी व्यवस्थापन गर्ने विभागले जनाएको छ ।
सेवा लिने सेवाग्राहीले प्रत्येक दिन कार्यालय समय बिहान १० बजेदेखि ११ बजेसम्म फोनमा अनिवार्य सम्पर्क गरी श्रमजीवी पत्रकारको नाम, काम र सम्बन्धित सञ्चारमाध्यमको नाम टिपाउनु पर्ने र फाेन सम्पर्क नगरी अाउने सेवाग्राहीलाइ सेवा प्रवाह नहुने विभागले जनाएको छ । नाम दर्ता आगामी सात दिनका लागि रहने र फोनमा प्राप्त भएको समयमा मात्र कार्यालयमा आउनु पर्ने पनि विभागले जनाएको छ ।
सेवा प्रवाहकाे लागि सूचना तथा प्रशारण विभागकाे भदाै २८ गते जारी गरेकाे सूचना हेर्नुहाेस