मकवानपुर । मकवानपुरमा काेराेना संक्रमणकाे कारण गत बैशाख महिनाबाट जारी निषेधाज्ञा खुकुलाे हुदै गएकाे छ ।
मकवानपुर जिल्लाभित्र कोभिड-१९ संक्रमणको दर क्रमश: न्यून हुँदै गएको हुँदा जिल्ला कोभिड व्यवस्थापन समिति मकवानपुरको भदाै २९ गतेकाे सिफारिस र जिल्ला सुरक्षा समितिको भदाै २९ को निर्णय समेतको आधारमा प्रमुख जिल्ला अधिकारीबाट जारी निषेधाज्ञाकाे आदेश बमाेजिक सवै क्षेत्र खु्ल्ला हुने जनाइएकाे छ ।
‘कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी २०७८ साल भाद्र ३१ गते बिहीबार राती १२ बजेदेखि २०७८ साल असोज १५ गते शुक्रबार राती १२ बजेसम्म यस मकवानपुर जिल्लाभर आदेश जारी गरिएको छ ।’ प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे भदाै २९ गते जारी आदेशमा भनिएकाे छ ।
मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश
१.अत्यावश्यक काम परी घरबाहिर निस्कनुपर्दा अनिवार्यरूपमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने, नगराउने ।
२. पसल, व्यवसाय, उद्योग तथा कलकारखाना, सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य रूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम, जनस्वास्थ्यका मापदण्ड पालना र भिडभाड नहुने सुनिश्चितता गरी, गराई सञ्चालन गर्ने ।
३. सभा, गोष्ठी, तालिम, सेमिनार र विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यहरू भिडभाड नहुने सुनिश्चित गरी न्यूनतम सहभागितामा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गरी गर्न सकिने ।
४. चाडपर्वहरू जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गरी न्यूनतम सहभागितामा सांकेतिकरूपमा मात्र मनाउने । धार्मिक प्रतिष्ठानहरूमा धार्मिक, सांस्कृतिक र सामाजिक लगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुने क्रियाकलाप सञ्चालन गर्न नपाइने ।
५. विद्यालयमा भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्ने सम्बन्धमा अभिभावकहरूको सहमतिमा विद्यालय व्यवस्थापन समितिको सिफारिस बमोजिम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ मा उल्लेखित मापदण्ड पूरा गर्ने गरी सम्बन्धित स्थानीय तहले स्वीकृत गरी सञ्चालन गर्ने ।
६. सरकारी तथा गैरसरकारी, बैंक तथा वित्तिय संस्था र सहकारीहरूले जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने सुनिश्चितता गरी सेवा सञ्चालन गर्ने ।
७. पसल, व्यवसाय, उद्योग तथा कलकारखाना, सार्वजनिक यातायात र विद्यालय सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्डहरू पालना नभएको पाइएमा अनुगमन समितिको सिफारिसमा पालना नगर्नेलाई आदेश अवधिभरको लागि बन्द गराइने ।
८. सामाजिक संघ/संस्थाहरु, निजी क्षेत्र, सहकारी क्षेत्र र नागरिक समाजको समन्वयमा मास्क अभियान नियमित रुपमा सञ्चालन गर्ने ।

मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । प्रहरीले वन मुद्दाका १ जना र गाली बेज्जती मुद्दाका ४ जना गरी ५ जना प्रतिवादी पक्राउ गरेकाे हाे ।
मकवानपुर जिल्ला अदालतको २०७७ पुष २३ गतेको फैसलाले वन मुद्दामा १२ हजार ५ सय रुपैया जरिवाना ताेकी भुक्तान गर्न बाँकी फरार प्रतिवादी युवराज कुमार साह पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर हेटाैडा उपमहानगरपालिका वडा नं. १८ बस्ने साहलाई भदाै २८ गते हेटाैडा १० बाट पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
यसैगरी मकवानपुर जिल्ला अदालतको २०६५ भदाै २४ गतेको फैसलाले गाली बेज्जती मुद्दाका फरार प्रतिवादीहरु मकवानपुर हेटाैडा वडा नं. ३ बस्ने गोपी बहादुर सुनार बिजय बहादुर सुनार भीम बहादुर सुनार र कृष्ण बहादुर सुनार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भदाै २८ गते हेटाैडा ३ बाट पक्राउ गरेकाे प्रहरी निरीक्षक दासले बताए ।
पक्राउ परेका पाचै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुर पठाईएको प्रहरीले बताएकाे छ ।
मकवानपुर । नेकपा माओवादी केन्द्र पार्टीकाे हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा कार्यालय उद्घाटन गरिएकाे छ । सोमबार माओवादी केन्द्रका नेता तथा बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी र हेटौंडा नगर इन्चार्ज विवेक राईले कार्यालय उद्घान गरेका हुन् ।
पुलामीकाे प्रमुख आतिथ्यता रहेका कार्यक्रम माओवादीका नेता हरिप्रसाद ढकालको अध्यक्षतामा भएको हाे । कार्यक्रममा दीर्घनारायण भट्टराई, प्रदेश कमिटी सल्लाहकार कौशल पाण्डे, ऋषिराम पोखरेल, महिला नेत्री नमुना पाण्डेलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सचिवालय सदस्यहरु क्रमशः कमान सिंह पाख्रीन, नगर अध्यक्ष तिर्थबहादुर थापा, जिल्ला सदस्य जङ्गबहादुर विक, रिनेश श्रेष्ठ, ४ नम्बर वडा इन्चार्ज लवराज ठकुरी, मनकादेवी थापा, शान्ती श्रेस्ठ, अञ्जली थापालागायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनले यतिबेला मुलुकको गर्मी बढेको छ । कोरोना महामारीका कारण भएको लकडाउन, निषेधाज्ञा केही खुकुलो बन्दै जाने र आर्थिक क्षेत्रमा थोरै चहलपहल बढ्ने क्रममा छ । नेकाको महाधिबेशन कार्य तालिका सार्बजनिक भएसँगै क्रियाशील सदस्यता र निर्वाचन निर्देशिका लगायत विषयमा शीर्ष नेताबीच भएको सहमतिले मुलुकको गतिबिधिमा केही तीब्रता आएको हो ।
नेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएपछि क्रियाशील सदस्यताका विवाद समाधान गर्दै नामावली सार्वजनिक गरियो । महाधिवेशनको वातावरण तयार हुँदै गर्दा गुटगत राजनीतिको प्रभाव वडातहसम्म परेको छ । निर्वाचनमा जीत–हार ध्रुब सत्य हो । तर, सुनियोजित हार–जीतले क्रियाशील सदस्यबीचमा उत्पन्न बैरभाव र बैमनष्यले नेकाको भबिश्यकतालै जाला ? त्यो हेर्न बाँकी छ ।
आगामी भदौ १० माहुने जिल्ला तहको अबिधेशनमा जिल्ला सचिव पदमा उमेदवारी दिने तयारीमा रहेका नेपाली काँग्रेसका लोकप्रिय युवा नेता भीमसेनसंग समसामयिक बिषयमा गरिएको कुराकानीको सम्पादित अंश ।
मुलुकको बर्तमान राजनीतिक तरलतालाई कसरी हेर्नुभएको छ ?
बिगतका दिनमा बीपीको सिद्धान्त बमोजिम नेपाली काँग्रेस चलेको थियो । तर, अहिले बिगतमा जस्तो निष्ठाको रजनीतिहुनै छाडेको छ । बिगतमापनि गुटगत राजनीति नभएको होइन ।त्यतिबेलाकुनै नेतासँगकुनै कार्यकर्ता रिसाएको खण्डमा अर्का नेताले संरक्षण गरिरहेका हुन्थे र पार्टी संगठन बलियो बनाउनका लागि सबै एकमत देखिन्थे ।अहिले बीपीको आदर्शबाट नेपाली काँग्रेस पूर्णरुपमा बिचलित भएको छ ।
बैयक्तिक स्वार्थपूर्तिका लागि मात्र गुट–उपगुट भएको छ । ब्यक्तिगत लाभका लागि भएको गुटबन्दीले पार्टीलाई नोक्सान पु¥याउँछ । पार्टीका सक्षम र योग्य कार्यकर्तालाई आफ्नो गुटभित्र परेन भने कुनैपनि हत्कण्डा अपनाएर पाखा लगाउने र आफ्नो चाकडी गर्ने हनुमान प्रबृत्तिका असक्षमलाई अगाडि लिएर जाने काम भएको छ । यो सामन्तबादी चरित्र हो र यहीचरित्र नेकाभित्र हाबी भएको छ ।
भूईंतहमा बसेर लामो समयदेखि नेपाली काँग्रेसको अस्तित्व जोगाइरहेका ईमान्दार नेता–कार्यकर्तालाई अहिले पाखा लगाउने काम भएको छ । यो कदम अत्यन्तै घातक हुन सक्छ । नेताको चाकडी गर्ने कार्यकर्ताले मात्रअवसर पाएका छन् । बीपीको समाजबादमा परिकल्पना गरिएको भन्दा ठीक उल्टो गतिमा नेपाली काँग्रेस चलिरहेको छ । यो अवस्था देश रजनताका लागि अत्यन्तै घातकसिद्ध हुन सक्छ ।
महाधिबेशनपछि नेपाली काँग्रेसको भबिश्यकता जाला ?
नेपाली काँग्रेसको आन्तरिक पार्टी ब्यवस्थापनर ग्रुपिजमले नै पार्टी सिद्याउँदैछ । तर, ठूलो संख्यामा रहेका क्रियाशील युवा जमातले पार्टी एक बनाउन खोजिरहेको अवस्था पनि छ । यसकारण साह्रै निराश हुनपर्ने अवस्था पनि छैन ।
रातपछि दिन आउने पक्का छ ।नेपाली काँग्रेसको भबिश्य उज्ज्वल बनाउनका लागि तिनै युथको भूमिका अत्यन्तै महत्वपूर्ण हुनेछ ।
महाधिबेशनले चयन गरेको नेतृत्वलाई स्वीकार गर्दै आगामी रणनीतिहरु तय गर्न सक्नुपर्छ । एक माघले जाडो जाने होइन भन्ने नेपाली उखान त्यसै आएको होइन ।
यो निर्वाचनमा पराजित भएकोमा त्यत्ति धेरै निराशाबादी बन्न जरुरी छैन । आगामी दिनमा फेरि पनि निर्वाचन आउँछ नै । जनताको माझमा बस्न सकेको खण्डमा नेतृत्व गर्ने अवसर फेरि पनि आउँछ ।
नेपाली काँग्रेसको अबको रणनीति कस्तो हुनुपर्छ ?
भुईं तहको संगठनमा अवद्ध सदस्यहरुले स्वीकार गर्न सक्ने खालको नेतृत्व चयन गर्न सक्नुपर्छ ।
माथिल्लो निकायबाट थोपर्ने खालको परिबेश हुनभएन । बर्तमान अवस्थाको गुटलाई स्वीकार गर्दै जनतामा झन लोकप्रिय र निष्ठावान नेतालाई टिकट दिईनुपर्छ ।
महाधिबेशनको माहोलले बिभिन्न तहका कार्यकबर्तामा असन्तुष्टि पैदा गरेको छ र त्यो असन्तुष्ट कार्यकर्ताको भावनालाई पनि समेटेर अगाडि बढ्न सकिएन भने यो भन्दा ठूलो संकट नेपाली काँग्रेसले ब्यहोर्नु पर्ने हुन्छ ।
गुटगत स्वार्थकै कारण योग्य र क्षमतावान कार्यकर्ता बिस्थापित हुन पुगेका छन् । महाधिबेशन पछिका दिनमा त्यस्ता बिस्थापित हुन लागेकालाई बिभिन्न स्थानमा मनोनित गरेर भएपनि पार्टी टिकाउनु जरुरी छ ।
नेपाली काँग्रेसमा नवप्रबेशीलाई टिकाइराख्ने योजना के छ त ?
नवप्रबेशीलाई पार्टी संगठनमा टिकाउन सकिएन भने पार्टी कमजोर हुन्छ । त्यसैले पनि पार्टीको अवको रणनीति भनेको नवप्रबेशीलाई बैचारिक एबम् संगठनात्मक रुपमा बलियो बनाउनै पर्छ । यसका लागि सबैभन्दा पहिला प्रशिक्षण आवश्यक छ ।
प्रशिक्षण अभावका कारण पार्टीभित्र अहिलेको गुट उपगुटको अवस्था सृजना भएको हो । गुटगत राजनीतिले गाँजेको कारण अहिले पार्टीभित्र ठूलो अन्तर्घात भइरहेको छ । यो सबै समस्याको समाधान नै प्रशिक्षण हो । प्रशिक्षणले नै युवालाई क्रियाशील बनाउँछ र निष्ठाबान पनि बनाउँछ ।
नेपाली काँग्रेसका युवालाई समाज सेवाको क्षेत्रमा क्रियाशील बनाउने योजना के छ त ?
युवा शक्ति भनेको सबैभन्दा ठूलो शक्तिहो त्यसैले यो जनशक्तिलाई समाज सेवाको क्षेत्रमा क्रियाशील गराउनकालागि पनि प्रशिक्षण मार्फत् नै जानुपर्ने हुन्छ ।
युवामा झबीपीको समाजवादको शैली हस्तान्तरण गरी सामाजिक क्षेत्रमा सक्रिय बनाउने काममा त्रगर्न सकियो भने नेपाली काँग्रेसको भबिष्य उज्ज्वल छ ।
अहिले नेकाको शुभेच्छुक, भ्रातृ संगठनबीचमा ट्युनिङ छैन । शुभेच्छुक र भ्रातृ संगठनबीच पार्टीको ट्युनिङ मिलाउन सकेको खण्डमा नेपाली काँग्रेस पार्टी सुदृढ गर्न सकिन्छ ।
नेपाली काँग्रेसको जिल्ला सचिवमा तपाईंको उमेद्वारी किन त ?
नवप्रबेशीलाई संगठित गर्दै, ब्यवस्थित गर्दै पार्टी संगठन चुस्त बनाउनका लागि मेरो उमेद्वारी हो । जिल्ला कमिटीको बैठकको निर्णय भुईंतहसम्म लैजानका लागि पहल गर्ने छु ।
लामो समयदेखि नेपाली काँग्रेसमा लागेर आफ्नो जीवनको अधिकांश हिस्सा पार्टीको काममा बिताएका सम्मानीत जेष्ठ नागरिकलाई सम्मान गर्न सकिरहेको छैन ।
यसैले पनि पार्टीलाई नोक्सान भएको छ । यदि जेष्ठ नागरिकको अनुभव र युथको जोश जाँगरलाई संयोजन गर्ने हो भने पार्टीको छबि धेरै माथि पुग्छ । त्यसैका लागि मेरो प्रयास रहने छ ।
स्थानीय तहमा रहेर काम गरिरहेका साथीहरुको भावनालाई समेटेर अगाडि जाने योजना छ । सचिवालय ब्यवस्थि तगर्ने, बिधिपूर्बक बैठक संचालन गर्ने माइन्युट गर्ने, निर्णयका सारभूत कुराहरु तल्लो तहसम्म लैजाने कार्य अहिले भएको छैन तर, मैले त्यो सबै गर्न सक्छु भन्ने बिश्वाश दिलाउन चाहन्छु । अन्तमा सबै साथीहरुलाई जय नेपालभन्न चाहन्छु । प्रहर खबर डटकमबाट
मकवानपुर । हेटौडा ६ काे रक्षादेवी मन्दिरलाई नगर सहयाेग गरिएकाे छ ।
हेटौंडा-६ चुच्चेखोलाका समाजसेवी चेतनारायण श्रेष्ठ र छोरा उत्तम कुमार श्रेष्ठले आफ्ना छोरा र भाइ दिपक श्रेष्ठको स्मृतिमा रक्षादेवी मन्दिरलाई १ लाख रुपैंया सहयोग गरेका हुन् ।
श्रेष्ठ परिवारले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार बानियाँलाई १ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका छन् ।
यसैगरी, हेटौंडा–६ चौघडास्थित राजु पोलि क्लिनिकका संचालक समाजसेवी राजु गुरुङले आमा ओम कुमारी र बुवा गणेशबहादुर गुरुङ र सोनी गुरुङका बुवा पदमध्वज गुरुङको स्मृतिमा मन्दिरलाई पानी ट्यांकी सहयोग गरेका छन् । गुरुङले मन्दिरलाई ११ हजार रुपैंया बराबरको १ हजार लिटरको पानी ट्यांकी सहयोग गरेका हुन् ।
पछिल्लो समय मन्दिर व्यवस्थापन समितिले राज्यका साथै सामाजिक व्यक्तित्वहरुबाट संकलित रकमबाट मन्दिर क्षेत्रको पूर्वाधार विकासको काम गरिरहेको छ ।