मकवानपुर । प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) मकवानपुरको अध्यक्षमा मदन दाहाल सर्वसम्मत चयन भएका छन् ।
प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) मकवानपुरको शुक्रबार भएकाे जिल्ला भेलाले दाहालको अध्यक्षतामा १३ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो । सगठन उपाध्यक्षमा युवराज ओली,सचिवमा ऋषि केबी,सचिवमा महिला तर्फ प्रमिला केसी र कोषाध्यक्षमा मनप्रसाद भट्टराई चयन भएका छन् । यसैगरी सगठन सदस्यहरुमा अज्मिर केसी,रामप्रसाद रिमाल, एक नारायण शर्मा पौडेल,जयराम सुवेदी,निरज मैनाली, कृष्ण खतिवडा,ज्योति घिमिरे र रमिता चौलागाईं सर्वसम्मत चयन भएका छन् ।
मुकुन्द प्रसाद अधिकारीको सभाध्यक्षतामा भएको जिल्ला भेलामा नेकपा एमाले केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एमाले बागमती प्रदेशका उपसचिव महेश बर्तौला,सदस्य रघुनाथ खुलाल,एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ,प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगाएतको सहभागिता रहेको थियो ।
मकवानपुर । हेटाैंडामा अन्तर्राष्ट्रियस्तरको मन्टेश्वरी कक्षा संचालन हुने भएकाे छ । हेटौंडा–१० मा अवस्थित तुलसी मेहर मेमोरियल विद्यालय तथा नारायणी कलेजले अन्तर्राष्ट्रियस्तरको मन्टेश्वरी कक्षा संचालन गर्न लागेकाे हाे ।
आगामी शैक्षिक सत्रबाट अन्तरराष्ट्रियस्तरको मन्टेश्वरी कक्षा सञ्चालनमा हुने शुक्रबार पत्रकार संमेलन गर्दै जनाकारी गराइएकाे हाे । सार्क एजुकेशन नेटवर्क प्रालिद्वारा सञ्चालनमा रहेको यस विद्यालयले मन्टेश्वरी कक्षा सञ्चालन गर्न माघ २३ गते आइतबार श्रीपञ्चमी (सरस्वती पूजा) को दिनदेखि अक्षराम्भ कार्यक्रमसमेत सुरु गर्ने भएको पत्रकार सम्मेलनमा प्रिन्सिपल रघुनाथ खरालले जानकारी दिए ।
विद्यालयले सरस्वती पूजाको दिन भर्ना हुने विद्यार्थीलाई विशेष छुट दिने समेत जनाएको छ । विद्यार्थीलाई उनीहरुको इच्छा अनुसार आधुनिक शैलीबाट पढाइने प्रिन्सिपल खरालले दावी गरेका छन् । विद्यालयको सीईओ लक्ष्मण बस्नेले विद्यालयको भावी योजनाको विषयमा जानकारी गराएका थिए ।
विद्यालयले यसअघि बिबिएसमा अध्ययन गर्ने विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम लन्च गरेको थियो । निर्देशक किशन बास्तोलाले भने ‘पढ्दै कमाउँदै कार्यक्रमको लक्ष्य भनेको विद्यार्थीलाई कम्तिमा पनि आफ्नो पढाइ खर्च जुटाउन सक्ने बनाउनु हो ।’ ‘बिबिएस अध्ययन पुरा गर्दासम्म उनीहरुलाई दक्ष जनशक्तिको रुपमा विकास गर्छौँ । यो अभियानले विद्यार्थीलाई अध्ययनपश्चात के रोजगारी गर्ने होला भन्ने चिन्ता हुँदैन ।’ उनले भने ।
विद्यालयले विद्यार्थीको चौतर्फी विकासको लागि विभिन्न अतिरिक्त क्रियाकलाप संचालनमा समेत चासो दिँदै आएको छ ।
मकवानपुर । मकवानपुर जिल्ला अदालतकाे सवै सेवा सुचारु हुने भएकाे छ । कोरोना भाइरस संक्रमण बढेपछि गत माघ ९ गतेदेखि सेवा सीमित गरेको अदालतले कोरोना संक्रमणको दर घट्दै गएसँगै माघ २३ गते आइतबारदेखि सवै सेवा सुचारु गर्ने जनाएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै मकवानपुर जिल्ला अदालतले आइतबारदेखि सवै सेवा सुचारु गर्ने जनाएको हो ।

मकवानपुर । गएराति २ बजेदेखि परेकाे वर्षासँगै मकवापुरमा हिमपात भएकाे छ । मकवानपुरकाे उत्तरीस्थित थाहानगरपालिकाकाे सिमभन्ज्याङ दामन अघाेर भीमफेदी इन्द्रसराेवरकाे देउराली क्षेत्रमा बाक्लो हिउँ परेकाे छ ।
बाक्लाे हिउँ परेपछि त्रिभुवन राजपथ शुक्रबार विहानैदेखि अवरुद्ध भएकाे छ । सडक अवरुद्ध भएपछि काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ सवारीसाधनहरु सचालनमा कठिनाइ भएकाे छ । हिउँमा सवारी सचालन हुँदा दुर्घटना हुने जोखिम भएकोले यातायात संचालनमा रोक लगाइएको हो ।
सो क्षेत्र अन्तरगत पर्ने सडक खण्डमा जमेको हिउँ हटाउन नसकेपछि राजमार्ग आज सुचारु भएकाे हुन सकेकाे छैन । मकवानपुरकाे अन्यत्र लगायत उक्त क्षेत्रमा अहिले पनि निरन्तर बर्षासँगै हिमपातसँगै भइरहेको कारण भोलि शनिबार पनि राजमार्ग अवरुद्ध हुनसक्ने संभावना रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
थाहा नगरपालिकाले सडकमा डेढ फिट अग्लो हिउँ जमेको र २ वटा जेसीबी प्रयोग गरी राजमार्गको हिउँ हटाएर सडक सुचारु गर्ने प्रयास गरिएको भएपनि लगातार हिमपात भइरहेकोले हटाउन नसकिएकाे जनाएको छ । अब मौसम सुधार भएपछि मात्रै सडकमा जमेकाे हिउँ हटाएर राजमार्ग सुचारु हुने बताइएकाे छ ।

माकवानपुर । बागमती प्रदेश सरकारले सय दिनकाे उपलब्धी सार्वजनिक गरेकाे छ । राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री भएपछिका १ सय दिनमा गरेका कामको उपलब्धी शुक्रबार सार्वजनिक गरिएको हाे ।
पाण्डे २०७८ कार्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पद बहाली गरे पश्चात् बागमती प्रदेश सरकारका उपलब्धीहरु प्रदेश मन्त्रीहरु, सचिबहरु, पत्रकारहरुको रोहबरमा सार्वजनिक गरेका हुन् । माओवादी केन्द्र, नेपाली कांग्रेस र एकिकृत समाजवादी दल मिलेर बनेकाे गठबन्धन सरकारमा मूख्यमन्त्री पाण्डेले १ सय दिनमा गरेका प्रमुख उपलव्धी ६७ बुँदामा सार्वजनिक गरेका छन् ।
प्रदेशबासीको हित, विकास र सुशासनको प्रत्याभूति, सङ्घीय शासन प्रणालीको सबलीकरण, न्यायपूर्ण, विभेद रहित, समतामूलक समाज निर्माण र सबल एवं समृद्ध प्रदेश निर्माणको सङ्कल्पका साथ गठन भएकाे सरकारले कार्यभार सम्हालेको सय दिन पुगेको उपलक्षमा गरेका कामहरु सार्वजनिक गरिएको हो ।
प्रदेश सरकारले गठवन्धनमा सहभागी दलहरूको सहभागितामा प्रभावकारी सेवा प्रवाह, दीगो विकास निर्माण, सन्तुलित आर्थिक विकास, उत्पादन तथा रोजगारी प्रवर्द्धन, गरिवी निवारण, शासकीय सुधार, भष्ट्राचार निवारण, सुशासन प्रवर्द्धन लगायतका उद्देश्य पुरा गर्न प्रदेशको स्रोत, साधन, सामर्थ्य र संयन्त्रलाई प्रभावकारी ढंगले र अभियानकै रुपमा परिचालन गर्ने नीति सहितको बागमती प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रम, २०७८” तर्जुमा गरी कार्यान्वयनमा ल्याएको उनले बताए ।
प्रदेश सरकारको सचिवालय तथा प्रशासनिक भवनहरु निर्माण गर्न “प्रशासकीय भवनका लागि जग्गा पहिचान समिति” गठन गरी आवश्यक कार्य अघि बढाइएको बताउनुभयो । चालु आर्थिक वर्ष भित्रै जग्गा पहिचान गरी आफ्नो नाममा ल्याई प्रशासकीय भवन निर्माणको प्रक्रिया अघि बढाइने योजना सुनाउनुभयो । । कोभिड १९ को रोकथाम, उपचार र नियन्त्रण सम्बन्धी व्यवस्था गर्न “कोभिड १९ व्यवस्थापन प्रदेश निर्देशक समिति” गठन गरी आवश्यक कार्य अघि बढाइएको सार्वजनिक गरिएकाे उपलब्धीमा उल्लेख गरिएकाे छ ।
मुख्यमन्त्रीको अध्यक्षता र नेपाल सरकारका मुख्य सचिवको समुपस्थितिमा सात वटै प्रदेशका प्रमुख सचिवको सहभागितामा “अन्तर प्रदेश समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न भई प्रदेशका समस्या तथा समाधानका सम्बन्धमा ११ बुँदे प्रतिबद्धता पत्र जारी गरिएको कामलाई प्रमुख उपलब्धीका रुपमा प्रदेश सरकारले राखेको छ ।
प्रदेशका पदाधिकारी तथा कर्मचारीलाई नीति निर्माण, सेवा प्रवाह लगायतको विषयमा क्षमता अभिवृद्धि गर्न “बागमती प्रदेशको क्षमता विकास योजना, २०७८” को मस्यौदा तयार भएको छ। “बेमौसमी वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका कृषकहरू लक्षित गहुँ बालीको बीउमा राहत वितरण सम्बन्धी कार्यविधि,२०७८” स्वीकृत गरी कृषकहरूलाई गहुँको बीउ एवम् मलमा अनुदान उपलब्ध गराउने व्यवस्था मिलाइएको पाण्डेले बताउनुभयो । प्रदेश सरकारको आवश्यकता अनुरूपका भौतिक तथा सामाजिक पूर्वाधार विकासको कार्यक्रम सञ्चालन गर्न “प्रदेश विकास कार्यक्रम (विशेष) कार्यान्वयन सम्बन्धी कार्यविधि, २०७८” स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ।
जनशक्ति व्यवस्थापन र कर्मचारीको अभिलेख व्यवस्थापन गर्न “प्रदेश किताबखाना (स्थापना तथा कार्यसञ्चालन) आदेश, २०७८” स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको जानकारी गराउनुभयो । बहुवर्षीय आयोजनाको छनौट तथा ठेक्का सम्बन्धी कार्यलाई व्यवस्थित बनाउन “बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड, २०७८” स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको मुख्यमन्त्री पाण्डेको नेतृत्वको सरकारले गरेको उपब्धीका रुपमा लियएको छ । “सार्वजनिक खरिदमा कन्टिन्जेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने कार्यविधि, २०७८” स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको बताइएको छ ।