मकवानपुर । नेपाली कांग्रेसले हेटौँडा उपमहानगरपालिकाको प्रमुख (मेयर) नपाए गठवन्धनबाट बाहिरिने चेतावनी दिएको छ । नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिका समितिले बुधबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि हेटौँडा उपमहानगरपालिकाको मेयर आफुहरुले नपाए एक्लै मेयर र उपमेयर सहित निर्वाचनमा जाने जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिकाका सभापति उत्सव इटेनीले आफूहरुले हेटौँडामा कांग्रेसको अवस्था र कार्यकर्ताको भावनाको विषयमा जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वलाई समेत जानकारी गराईसकेको अवस्थामा हेटौँडा एकिकृत समाजवादीको भागमा परेको जानकारी आएको भन्दै उक्त निर्णय पुनारवोलकन नभए एक्लै निर्वाचनमा होमिने बताए ।
उनले भने ‘हामीलाई हेटौँडाको मेयर समाजवादीको भागमा परेको भन्ने जानकारी आएको छ, कार्यकर्ताको भावना अनुसार उक्त निर्णय पुनारावलोकन भएन भने बैशाख ६ गते हेटौँडामा बसेको १९ वटै वडा सभापति सहित नगर पदाधिकारीको बैठकले गरेको निर्णय अनुसार गठवन्धनबाट बाहिरिने र एक्लै निर्वाचन लड्ने छौ ।’
आम कांग्रेस कार्यकर्ताको मनोभावनामा ठेस पुग्नेगरि भएको सहमतिलाई पुनारवलोकन गर्दै हेटौँडाको मेयर कांग्रेसलाई दिने सहमति गर्न समेत इटेनीले विज्ञप्तिमा अनुरोध गरेका छन् ।
मकवानपुर । बकैया गाउँपालिका वडा ४ का अध्यक्षका उम्मेदवार राजन दङ्गालले सरकारी सुविधा फिर्ता गरेका छन् ।
नेकपा एमालेले फेरि सर्वसहमतिमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेपछि उनले बुधबार सरकारी मोटरसाइकल र वडा कार्यालयको चावी बकैया गाउँपालिकाका प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीलाई बुझाएका हुन् ।
सर्वोच्च अदालतले बहालवाला वडा अध्यक्षहरूले फेरि उम्मेदवारी दिनुपरेमा राजिनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहितालाई कार्यान्वयन गराउने आदेश दिएसँगै आफूले सरकारी सेवासुविधा फिर्ता गरेको दङ्गालले बताए ।
यसैबिच, सर्वोच्च अदालतको आदेशसँगै स्थानीय तहका हालका जनप्रतिनिधिले फेरि उम्मेदवार बन्नका लागि राजीनामा दिनै पर्ने भए पनि त्यसका लागि स्पष्ट कानुनी व्यवस्था नहुँदा अन्योल उत्पन्न भएको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ ले जनप्रतिनिधि कसरी निर्वाचित हुन्छन्, निर्वाचित जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार के रहन्छ तथा कार्य सञ्चालन कसरी हुन्छ भन्नेबारे व्यवस्था गरेको छ ।
तर जनप्रतिनिधिको कार्यकाल कसरी समापन हुन्छ या उनीहरु कसरी बाहिरिन्छन् भन्ने बारे स्पष्ट व्यवस्था सो ऐनमा नभएको कारण समस्या भएको छ ।
कानुनी अस्पष्टताका बीच सर्वोच्चको आदेशपछि फेरि उम्मेदवार बन्ने चाहने स्थानीय तहका जनप्रतिनिधिले राजीनामा कसरी, कहाँ वा कसलाई दिने भन्नेमा अन्यौल छ ।
जनप्रतिनिधिले फेरि चुनावमा उम्मेदवारी दिन राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्थाविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको रिट न्यायाधीश तेजप्रसाद केसी र तिलप्रसाद श्रेष्ठको इजलासले मंगलबार खारेज गरेको हो ।
स्थानीय निर्वाचन आचारसंहिताको परिच्छेद ९ को धारा ३६ मा बहालवाला जनप्रतिनिधि र सरकारको पारिश्रमिक लिने व्यक्तिले उम्मेदवारी दिन राजीनामा दिनुपर्ने व्यवस्था छ ।
यसअघि दोस्रो संविधानसभाले संविधान जारी गरेपछि संविधानसभा संसदमा रूपान्तरण भएपछि सभामुख र उसभामुखको निर्वाचन १५ दिन भित्र हुनु पर्ने व्यवस्था थियो । तर तत्कालीन संविधानसभाका अध्यक्ष–उपाध्यक्षले कसलाई राजीनामा दिने भन्ने व्यवस्था थिएन ।
त्यसबेला तत्कालीन संविधानसभा उपाध्यक्ष ओनसरी घर्ती मगरले अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई तथा नेम्वाङले उपाध्यक्ष घर्तीलाई राजीनामा बुझाएका थिए ।
स्थानीय तहका हालका जनप्रतिनिधिको स्वभाविक कार्यकाल जेठ ५ गते सकिन्छ । स्थानीय तह निर्वाचन ऐनको दफा ४ ले विभिन्न चरणमा चुनाव भएको भए पनि पहिलो चरणमा भएको निर्वाचनलाई नै आधार मानेर जनप्रतिनिधिको कार्यकाल समयसीमा निर्धारण हुने उल्लेख गरेको छ ।
मकवानपुर । नेकपा एमाले हेटौंडा ५ ले वडाको बिभिन्न टोलमा प्रचारप्रसार कार्यालय उद्घाटन गरेको छ ।
आज हेटौंडा ५ को सचेत टोल र वनदेवी टोलमा प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको छ । पार्टी जिल्ला सहसचिव सिता बिष्टद्वारा टोलस्तरिय प्रचारप्रसार कार्यलयको उद्घाटन गरिएको हो । टोल स्तरीय प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै पार्टी सह सचिब बिष्टले अबको निर्वाचनमा एमाले बाहेकाको दलले जितेमा जनताले देखेको समृद्धिको सपना पुरा नहुने बताइन् ।
राष्ट हितको सवालमा सोच्ने र जनताको चाहाना बुझेर विकासमा लागि पर्ने पार्टी एमाले नै भएको बिष्टले बताइन । ” एक रफ्तारमा भैरहेको बिकास परामादेशि सरकार आएपछि बिखन्डन गरिरहेको छ” बिष्टले भनिन् “अब राष्ट समृद्ध बनाउन एमाले नै चाहिन्छ, यो जनताले चाहेको कुरा पनि हो ।”
हेटौंडा ५ नम्बर वडामा युवालाई नेतृत्व गर्ने अवसर पार्टिले दिएको र यसलाई यहाँका जनताले अन्तिम निर्णयमा पुर्याउन स्थानीयसँग बिष्टले आग्रह गरिन । पर्यटनमा प्रचुर सम्भावना रहेको हेटौंडा ५ को वडामा आवश्यक योजनाबारे सुझाब दिन टोलवासीलाई बिष्टले आग्रह गरिन ।

कार्यक्रममा अध्यक्षका उम्मेद्बार सुशिल घिमिरेले बिगतमा छुटे विकास गर्न आफ्नो टिम लागिपर्ने बताए । “आफ्नो वडा आफ्नो टोल बनाउनको लागि हामी जुट्ने छौ,तपाइँहरूको साथ चाहियो” अध्यक्षका उम्मेदवार घिमिरेले भने । लामो समय स्थानीय ठाउँको विकासमा काम गरेको भिजन आफूसंग भएकोले स्थानीय क्षेत्रको आवश्यकता हेरेर काम गर्ने उनले बताए ।
कार्यक्रम पार्टी सचिवालय सदस्य इश्वर ढुंगाना, पार्टी वडा अध्यक्ष पदम बजगाईं, सचिब सुरेश लामिछाने, वडाका उम्मेदवारहरू ज्ञानबहादुर थापा, रन्जिता सिलवाल, रामबहादुर राई,भगवती बिकलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम पार्टीको टोल अध्यक्षता अर्जुन चिमोरियाको अध्यक्षतामा भएको थियो ।
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचन, २०७९ को लागि नेकपा एमाले, हेटौंडा ५ नं वडा कमिटीले चुनावि तयारीलाई तिब्रता दिएको छ ।
यस अन्तरगत वडा कमिटीले आज मंगलबार वडाको लागि पार्टीको तर्फबाट चुनावी प्रतिबद्धता संकल्प पत्र निर्माण समितिको बैठक बसेको छ । बैठकले प्रतिबद्धता पत्रमा समावेश गर्नुपर्ने कुराहरुमाथि छलफल गरेको छ । “हामीले प्रतिबद्धता पत्रको सामान्य खाका तयार पारेका छौ” प्रतिवद्धतापत्र निर्माण समिति संयोजक भरत दुलालले भने ।
चुनावी प्रतिबद्धतापत्रलाई ११ बैशाख भित्र अन्तिम रुप दिई सार्वजनिक गरिने उनले बताए । उक्त प्रतिबद्धता पत्रले नेकपा एमाले ५ नं वडाको समग्र विकासको लागि नेकपा एमालेको सोच एवम् दृष्टिकोणलाई थप स्पस्ट पार्ने बिस्वास गरिएको पार्टी जिल्ला सदस्य सन्तोष पौडेलले बताए ।
यसैगरी ७ वैशाखमा एमाले वडा समितिले केही सम्पर्क कार्यालयहरुको उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टी वडा अध्यक्ष पदमबहादुर बजगाईंले बताए ।मकवानपुर ।
आसन्न स्थानीय तह निर्वाचन, २०७९ को लागि नेकपा एमाले, हेटौंडा ५ नं वडा कमिटीले चुनावि तयारीलाई तिब्रता दिएको छ ।
यस अन्तरगत वडा कमिटीले आज मंगलबार वडाको लागि पार्टीको तर्फबाट चुनावी प्रतिबद्धता संकल्प पत्र निर्माण समितिको बैठक बसेको छ । बैठकले प्रतिबद्धता पत्रमा समावेश गर्नुपर्ने कुराहरुमाथि छलफल गरेको छ । “बैठकपछि हामीले प्रतिबद्धता पत्रको सामान्य खाका तयार पारेका छौ” प्रतिवद्धतापत्र निर्माण समिति संयोजक भरत दुलाल ले भने ।
चुनावी प्रतिबद्धतापत्रलाई ११ बैशाख भित्र अन्तिम रुप दिई सार्वजनिक गरिने उनले बताए । त्यस प्रतिबद्धता पत्रले ५ नं वडाको समग्र विकासको लागि नेकपा एमालेको सोच एवम् दृष्टिकोणलाई थप स्पस्ट पार्ने बिस्वास गरिएको छ ।
यसैगरी ७ वैशाखमा एमाले वडा समितिले केही सम्पर्क कार्यालयहरुको उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टी वडा अध्यक्ष पदमबहादुर बजगाईंले बताए ।
मकवानपुर । हेटौंडामा जर्नालिजम अवार्ड २०७९ शनिबार हुने भएको छ । न्यू मिडिया एकेडेमी प्रालिले यहि बैशाख १० गते हेटौंडामा जर्नालिजम अवार्ड गर्न लागेको हो । एकेडेमीले मंगलबार पत्रकार सम्मेलन गरी अवार्ड बैशाख १० गते रिगल हेटौंडा रिसोर्टमा हुने जनाइएको छ ।
यस अघी एकेडेमीले २०७५ मा पहिलो हेटौंडा जर्नालिजम अवार्ड युएईमा र दोस्रो २०७६ मा हेटौंडामा गरेको थियो । कोरोनाका कारण २ वर्ष अवार्ड कार्यक्रम गर्न नसकिएकाेले तेस्रो र चौथो हेटौंडा जर्नालिजम अवार्ड २०७९ एकैसाथ गर्न लागिएकाे एकेडेमीका अध्यक्ष मणिराज गौतमले बताए । जर्नालिजम अवार्ड अन्तर्गत विभिन्न १३ विधामा मकवानपुरका १३ जना पत्रकारलाई अवार्ड प्रदान गर्न लागिएको उनले जानकारी दिए । गाैतमका अनुसार अनुसार प्रत्येक विधामा अवार्डसँगै पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
उत्कृष्ट पत्रकार वर्ष अवार्डकाे सम्मानबाट नगद १० हजार रुपैयाँ सहित २ जना (महिला र पुरुष) जना सम्मानित गरिने भएकाे छ । यसैगरी उत्कृष्ट खेलकुद पत्रकारिता बर्ष अवार्ड, उत्कृष्ट कला पत्रकारिता बर्ष अवार्ड,उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड,उत्कृष्ट नवप्रवेसी पत्रकारिता बर्ष अवार्ड (महिला र पुरुष),उत्कृष्ट अनलाइन पत्रकारिता बर्ष अवार्ड,उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड, चलचित्र पत्रकारिता वर्ष अवार्ड, रेडियो पत्रकारीता बर्ष अवार्ड,सम्पादक वर्ष अवार्ड र उत्कृष्ट क्रियाशील पत्रकार बर्ष अवार्ड गरी १३ विधामा अवार्ड प्रदान गरिनेछ गाैतमले जानकारी दिए ।
कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षलाई सम्मान समेत गर्ने जनाइएको छ । २०७७ र २०७८ सालमा गरेकाे कामका आधारमा अवार्ड मूल्यांकनका लागि ३ सदस्य जुरी सदस्य रहने जनाईएको छ । अवार्ड कार्यक्रम सँगै साँस्कृतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ ।