मकवानपुर । मकवानपुरको कैलास गाउँपालिकामा काँग्रेसको विजय सुरुवात भएको छ ।
पालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका तेज बहादुर ब्लोन ३ सय ७५ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कमल बहादुर तितुङ लामाले ३ सय ६४ प्राप्त गरेका हुन् ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बुद्धिराज गिरीले २८ मत प्राप्त गरेका छन् ।
कैलासको १ नम्बर वडामा जम्मा १ हजार ९६ रहेकोमा ८ सय ६ मत खसेको थियो । जसमा १८ मत वदर भएको हो ।
बकैया गाउँपालिका वडा नम्वर १ को अध्यक्षमा माओवादी केन्द्रका आशिष लामा बिजयी भएका छन् । उनी २ सय ७० मतान्तरसहित विजयी भएका हुन् ।
लामाले ७ सय १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवारले ४ सय ४६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवारले ३ सय ८ मत प्राप्त गरेका छन् । बकैया-१ मा उनीसहित माओवादीको प्यानल नै विजयी भएको छ ।
बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा त्रिपक्षीय टक्कर हुने प्रारम्भिक नतिजाले देखाएको छ । मेयर पदको लागि आएको मतपरिणामलाई हेर्दा हेटौँडामा त्रिपक्षिय भिण्डन्त हुने आकलन गरिएको हो ।
हालसम्म गणना भएको २५ सय १८ मतमा गठवन्धनको तर्फबाट मेयरको उम्मेद्वार रहेकी मिना लामाले ७ सय ५४ मत प्राप्त गर्दा एमालेका मेयर उम्मेद्वार अनन्तप्रसाद पौडेलले ७५३ मत प्राप्त गरेका छन् । मेयरकै अर्का उम्मेद्वार राप्रपाका दिपकबहादुर सिंहले ६९१ मत प्राप्त गरेका छन् ।
हाल हेटौँडाको वडा नंबर १,२, १८ र १९ को मतगणना जारी छ । जसमा वडा नंबर १ र २ मा नेपाली कांग्रेसले अग्रता कायम गर्दा १८ र १९ मा एमालेले वडाध्यक्षमा अग्रता जारी राखेका छन् ।
उपमेयरमा भने गठवन्धनका राजेश बानियाको अग्रता फराकिलो हुँदै गएको छ । बानीयाँले १ हजार १ सय ५ मत प्राप्त गर्दा एमालेकी सुमित्रा काफ्लेले ९ सय ७ मत प्राप्त गरेकी छिन् । उपमेयरमा राप्रपाकी उम्मेद्वार इन्दीरा न्यौपानेले भने १५८ मत मात्र प्राप्त गर्न सफल बनेकी छिन् ।
मकवानपुर । मकवानपुरमाको भीमफेदी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार काशीराम बज्युले विजयी सुरुवात गरेका छन ।
उनले ७ सय ४४ मत प्राप्त गर्दै विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस,नेकपा माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट समाजवादीका कर्ण बहादुर पाख्रिनले ७ सय ३ मत प्राप्त गरे ।
मकवानपुरको १० स्थानीय तहमा १ सय २ वटा वडाहरु रहेकामा हालसम्म ५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले ३ वडामा कांग्रेस र माओवादी केन्द्र र एमालेले १/१ वडा जितेको छ ।
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाको १ नम्बर वडामा नेकपा माओवादी केन्द्रले अध्यक्षमा जितेको छ ।
थाहा नगरपालिका १ मा माओवादीको तर्फबाट वडाध्यक्षका उम्मेदवार हेरमान गोपाली ८ सय ६३ मत प्राप्त गर्दै विजयी भएका हुन । उनि २०७४ को स्थानीय निर्वाचनमा पनि सोहि वडाको वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदिप प्रधानले ७ सय ५८ मत प्राप्त गरेका छन् । अर्का प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका रुपचन गोपालीले ३ सय ५८ मत प्राप्त गरे ।
मकवानपुरका १० स्थानीय तहमा रहेका १ सय २ वडा मध्ये हालसम्म ४ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले ३ तथा माओवादी केन्द्रले १ वडा जितेको छ ।