मकवानपुर । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेकोले हाल कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम बिज्ञान बिभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलबार राती देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महशाखाले जनाएको छ।
देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानमा हल्का देखि मध्यम वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।
मकवानपुर । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पुर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।
मनसुनको न्यूनचापीय रेखा पुनः नेपाल नजिक सर्ने क्रममा रहेकाले आइतबारदेखि देशका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार मनसुनको अवधिभर न्यूनचापीय रेखा स्थिर रहँदैन। अहिले सरदरस्थानबाट दक्षिणतर्फ सर्ने क्रममा रहेकाले पुनः भारी वर्षाको सम्भावना देखिएको हो ।
आइतबार रातिदेखि मंगलबारसम्म वर्षा तुलनात्मक रूपमा वृद्धि हुने पूर्वानुमान् छ। आइतबार बिहान कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई लुम्बिनी प्रदेश सहित पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आइतबार बेलुका कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान् छ।कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
मकवानपुर । मनसुन सक्रिय रहदा देशभर सामान्यदेखि पूर्ण बदली रही मकवानपुर सहित देशैभर वर्षा भइरहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तर नेपाल नजिक अवस्थित रहेकोले वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै भारतको उत्तर पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको कारण केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जानकारी दिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बामगती, गण्डकी, लुम्बिनी प्रदेशका केही कर्णाली प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।
दिउँसो देशभर पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेश प्रदेशको एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ।
भारी वर्षाको कारण नदीको जल सतह बढ्ने, बाढी, पहिरो, भूक्षयको प्रकोप हुने भएकोले आबश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
मकवानपुर । मकवानपुर बागमती गाउंपालिका ५ सिक्रे दोभानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका मध्ये अर्काे १ जना मृत अवस्थामा भेटिएका छन् । मंगलबार बिहानकाे पहिरोमा परेर बेपत्ता भएका मध्ये १ जना पुरुषकाे शव फेला परेको प्रहरीले जनाएकाे छ ।
सिन्धुली हरिहरपुर १ कोकरे स्थीत बागमती नदीकाे बिच बगरमा ६० बर्षका अक्कल बहादुर स्याङ्तान मृत अबस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । बुधबारनै उक्त स्थानमा स्याङ्तानको छोरी २२ वर्षकी शिला पहरी मृत अवस्थामा फेला परेकी थिइन् ।
अविरल वर्षाकाे कारण मंगलबार विहान ४ बजे गएकाे पहिराेमा परी ७ जान वेपत्ता भएकाेमा सन्त माया स्याङ्तानलाई मंगलबार नै उद्दार गरी स्थानीय स्वास्थ्यमा लैजादा मृत्यु भएकाे थियाे । पहिराेले बगाएका सिन्धुली हरिहरपुर-१ कोकटीका बस्ने १७ बर्षीय पासाङ घिसिङलाई मंगलबार बेलुका जीवितै उद्दार गरिएकाे थियाे ।
पहिरोमा बगाएका अक्कल बहदुरका ज्वाई २५ बर्षीय जिबन पहरी, नाती ४ बर्षीय मिलन पहरी र नातिनी डेढ बर्षीय दिब्या पहरी अझै बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
पहिराे हराएका ६ जनामध्ये १ जनाकाे जीवितै उद्दार
Tags: No Comments
मकवानपुर । मकवानपुरको बागमती गाँउपालिका वडा नम्बर-५ सिक्रे दोभानमा पहिरोले घर बगाउँदा हराइरहेका ६ जनामध्ये १ जनाकाे घाइते अवस्थामा उद्धार गरिएको छ । उद्धार गरिएकामा सिन्धुली हरिहरपुर-१ कोकटीका बस्ने १७ बर्षीय पासाङ घिसिङ रहेका छन् ।
सोमबार रातिदेखि परेको अबिरल वर्षाको कारण साउन २३ गते बिहान ४ बजे पहिरोले घर बगाउँदा हराइरहेका घिसिङलाई १४ घण्टापछि उद्दार गरिएकाे हाे । उनलाई घटनास्थलदेखि ६/७ किलोमिटर तल बगेरीस्थित बागमती खोलामा मुढामा तैरिएको अवस्थामा उद्धार गरिएको मकवानपुर प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
घिसिङकाे खुट्टा भाँचिएको तथा प्रहरी आफन्त र स्थानीयकाे सहयाेगमा उद्दार गरी उपचारका लागि हेटौंडा ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएकाे छ । अन्य हराइरहेकाहरुकाे खाेजी जारी रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
मंगलबार विहान गएकाे पहिराेले स्थानीय अक्कल बहादुर स्याङतानकाे घर बगाउँदा स्याङतानसहित छोरी २२ बर्षीय शिला पहरी, शिलाका श्रीमान २५ बर्षीय जिबन पहरी, शिलाकी ४ बर्षीय छोरा मिलन पहरी, डेढ बर्षीया छोरी दिब्या पहरी तथा पासाङ घिसिङ वेपत्ता भएका थिए ।
पहिरोमा परेकी अक्क्ल बहादुरकी श्रीमती ५५ बर्षीया सन्त माया स्याङ्तानकाे मंगलबार विहानै उद्दार गरी फापरवारीस्थित स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको थियो । काभ्रे जिल्लाको खानीखोला गाउँपालिका–५ स्थायी घर भएका स्याङतान मकवनपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा बस्दै आएको थिए ।