मकवानपुर । मकवानपुरकाे हेटौडामा भएकाे सवारी दुर्घटना ११ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९, सान्नानिटारमा यात्रुबाहक बस बोलेरो पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा ११ जना घाइते भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मंगलबार वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३२२९ नम्बरको यात्रुबाहक बसको पट्टा भाँच्चिएर अनियन्त्रित भई मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना ४ च २९३२ नम्बरको बलेरो पिकअप गाडीमा ठोक्किएर दुर्घटना भएको थियो । बसमा सवार रहेका २३ जना यात्रुमध्ये ११ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
घाईतेहरूकाे विवरण
१. चितवन माडी न.पा.५ बस्ने बर्ष ३१ को यम बहादुर दरै टाउको र खुट्टामा चोट ।
२. मकवानपुर हेटौडा उ.म.न.पा.११ नवलपुर बस्ने २१ की रमा सापकोटा, हात खुट्टामा चोट ।
३. बारा जितपुर सिमरा उ.म.ना.पा.२ बस्ने बर्ष २७ को जिवन लामा टाउकोमा चोट ।
४. बारा कलैया उ.म.न.पा.२६ महेसपुर बस्ने बर्ष ३० की मन्जुदेवी कपाली टाउकोमा चोट ।
५. मन्जुदेवी कपालीको छोरा बर्ष ३ को नितेश कपाली टाउकोमा चोट ।
६. मकवानपुर हेटौडा उ.म.न.पा.१९ नेवारपानी बस्ने बर्ष ३२ की बिमला श्रेष्ठ टाउकोमा चोट ।
७. मकवानपुर हेटौडा उ.म.न.पा.बस्ने बर्ष २९ कि कल्पना श्रेष्ठ टाउको र घुडामा चोट ।
८. बस चालक कैलाली धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष ३८ को मौली राना टाउको र खुट्टामा चोट ।
९. बसको सहचालक कैलाली धनगढी उ.म.न.पा. ३ बस्ने बर्ष २४ को अबिशेक शर्मा हातमा चोट ।
१०.भारत बिहार राज्य पश्चिम चम्पारन १३ बस्ने बर्ष अ. ४५ को हिरालाल सर्मा टाउकोमा चोट ।
११. मकवानपुर हेटौडा उ.म.न.पा. १९ नेवारपानी बस्ने बर्ष ३४ को सुसिल श्रेष्ठ टाउकोमा चोट ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा १ जनाकाे मृत्यु भएकाे छ । हेटौडा ११ भैरवडाँडामा घाइते अवस्थामा भेटिएका १ जना पुरुषको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
मंगलबार बिहान भैरवडाँडास्थित पाथिभरा मन्दिर जाने बाटोमा अन्दाजी ३५ बर्षीय पुरुष घाइते अवस्थामा फेलाको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । घाइते उक्त पुरुषलाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याईएकोमा मंगलबार दिउँसो डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिचान नखुलेको मृतककाे शव हेटौंडा अस्पतालमा राखिएको तथा घटनाबारे अनुसन्धान भइरहेको छ ।
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा भीरबाट लडेर १ जनाकाे मृत्यु भएकाे छ । कैलास ७ चाइरङडाँडामा भीरबाट लडेर टुर्डुङग् वस्ने ५० बर्षीय आइतराम चेपाङकाे मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
आइतबार चेपाङ कालिकाटार बजारबाट घर तर्फ फर्कने क्रममा गोरेटो बाटोबाट लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाकारी दिएकाे छ । सोमबार प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याईएको छ ।
मकवानपुर । हेटौंडातर्फ आउँदै गरेको सुमोमा सवार एक जना यात्रुको मृत्यु भएको छ । शनिबार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ज ७९५८ नम्बरको सुमोका यात्रु बारा कोहल्वी नगरपालिका ६ पर्सौना बस्ने ६० बर्षीय द्वारिका चौधरीकाे मृत्यु भएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएकाे छ ।
प्रहरीका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.६ चिसापानी गढीमा रोकेपछि खाजा खान होटलतर्फ जाने क्रममा चौधरी बेहोस भएर लडेका थिए । उनलाई स्थानीय मेडिकलमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि उक्त सुमोमै हेटौंडा अस्पतालमा ल्याईएको थियो । चौधरीकाे उपचारकै क्रममा शनिबार नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषधसहित १ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएकाे छ । लागुऔषध ओनरेक्ससहित भारत मोतिहारी जिल्लाका १७ वर्षीय आरके यादवलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार बिहान हेटौडा १० बसपार्कमा वीरगञ्जबाट हेटौंडा हुँदै नारायणगढतर्फ जाँदै गरेको ना ७ ख ३५०९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार यादवको साथबाट ६० पिस ओनरेक्स लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । शरीरमा टेपले टाँसेर ल्याएको उक्त लागुऔषध यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धानका भइरहेकाे प्रहरीले जनाएकाे छ ।