मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयले अनुसन्धानस्थलमा खटिने प्रहरी कर्मचारीलाई एकै प्रकारकाे पाेशाककाे व्यवस्था गरेकाे छ ।
अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न कार्यमा संलग्न हुँदा सादा पोशाकका प्रहरीलाई खटाउदै अाएकाेमा निश्चित पोशाक र पहिचान सहित खटाउने प्रदेश प्रहरी कार्यालयको अवधारणा अनुसार अनुसन्धानको सिलसिलामा घटनास्थलमा खटिने प्रहरी कर्मचारीहरुले फ्लोरोसेन्ट ज्याकेट र टोपी लगाई खटिने व्यवस्था मिलाईएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गतका मुद्दा चल्ने २१ वटा प्रहरी कार्यालयका घटनास्थलमा खटिने प्रहरी कर्मचारीले सोमबारदेखि नै लोरोसेन्ट ज्याकेट र टोपी लगाउने बताइएको छ ।

बितरण गरिएको ज्याकेट र टोपी १० जिल्ला प्रहरी कार्यालय र ११ वटा इलाका प्रहरी कार्यालयका अपराध अनुसन्धान समूहमा कार्यरत प्रहरी कर्मचारीहरुले घटनास्थलको अनुसन्धानमा खटिँदा यो पोशाक लगाउने प्रदेश प्रहरी कार्यालय बागमतीका प्रबक्ता प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले बताइन् ।
अनुसन्धान अधिकृत, सहायक तथा अनुसन्धानमा खटिने अन्य प्रहरी कर्मचारीको छुट्टै पहिचान र कार्य सम्पादनमा एकरुपता ल्याउने उद्देश्यले पोशाक व्यवस्था गरेको चौधरीले बताइन् ।
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध ओनेरेक्स सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले पथलैया तर्फबाट हेटौडा आउँदै गरेको ना १६ प ८३२७ नम्बरको मोटरसाईकललाई रोकी जाँच गर्दा ओनेरेक्स १२ बोटल सहित माेटरसाइकलमा सवार २ जनालाइ पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीले हेटौंडा–१५ बाट लागूऔषध सहित मोटलसाइकल चालक हेटौंडा–४ का ३६ वर्षीय शिशिर राज जोशी र मोटरसाइकलमा सवार हेटौंडा–८ का २५ वर्षीय सुसान्त नेपालीलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।
मकवानपुर । छात्रामाथि अभद्र व्यवहार गरेको आरोपमा एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । छात्रामाथि अभद्र व्यवहार गरेको आरोपमा मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु माविका शिक्षक किरण पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भानु माविका ३ जना छात्राले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएपछि बुधबार शिक्षक पाण्डेलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
शिक्षक पाण्डेलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्धामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरि अनुसन्धान थालिएको प्रवक्ता रिमालको जानकारी दिए ।
मकवानपुर । मकवानपुर प्रहरीले सुनकाे गहना चाेरी गर्ने २ जनालाइ पक्राउ गरेकाे छ ।
गत माघ २३ गते बकैया गाँउपालिका वडा नं. ३ हात्तिसुडे स्थित न्यु सुन चाँदी पसलबाट गरगहना चाेरी गर्ने बकैया ३ बस्ने दिपेश वि.क. र बकैया २ का गणेश बहादुर स्याङतानलाइ पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
हेटाैडा १७ का संगम विकले बकैया ३ का पुषपराज गाैतमकाे ङरमा संचालन गरेकाे उक्त सुनचाँदी पसलबाट गरगहना चाेरी भएकाे निवेदनकाे अाधारमा प्रहरी चौकी हात्तीसुडे मकवानपुरबाट खटिएको प्रहरी टोलीले चैत १ गते अाइतबार विक र स्याङतानलाइ चोरी भएको सुनका गरगहना मध्य सुनको तिलहरी सहित बकैया ३ बाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव निरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
मकवानपुर । मकवानपुर राक्सिराङ गाँउपालिका वडा नं. ९ स्थित प्रहरी चौकी कान्द्राङको नवनिर्मित भवन उद्घाटन भएकाे छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेशको सहयोगमा प्रहरी चाैकीकाे आफ्नै जग्गामा निर्माण गरिएकाे नवनिर्मित प्रहरी चौकी कान्द्राङ मकवानपुरको भवन मन्त्रालयका सचिव मदन भुजेलले चैत २ गते उद्घाटन गरेकाे छन् ।
भवनकाे उद्घाटन कार्यक्रममा राक्सिराङ गाँउपालिका अध्यक्ष राज कुमार मल्ल, प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक श्री बसन्त कुमार लामा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर उप-अनुसन्धान निर्देशक लिलाधर पौडेलज्यू, पत्रकार र स्थानिय समेतको उपस्थित रहेको थियो ।