मकवानपुर । प्रहरीले चितवनको रत्ननगरबाट १ क्वीन्टल ८४ किलो अबैध लागु औषध चरेश बरामद गरेको छ। रत्ननगर नगरपालिका ३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको १ क्वीन्टल ८४ किलो ३ सय ५० ग्राम चरेश इलाका प्रहरी कार्यालय टाँडी चितवनले बरामद गरेको हो।
चेवनप्रासको बट्टामा शिल सहित प्याक गरीएको अबस्थामा उक्त चरेश बरामद गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्र वहादुर रानाले जानकारी दिए। स्थानीयवासी विष्णु पन्तको घरलाई रत्ननगर वडा नं. १५ माधवपुरका उद्धव अधिकारीले गोदामका रुपमा प्रयोग गर्दै आएका थिए। गोदाममा १ सय ९२ वटा बट्टामा ३२ वटा कार्टुनमा प्याकेजिङ गरेर राखेको अवस्थामा चरेश भेटिएको हो। चरेश कारोबारमा संलग्न रहेको आशंकामा चितवन प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
मकवानपुर । मकवानपुर प्रहरीले १ सय २२ किलो लागु औषध गाजा सहित १ जनालाई पक्राउ परेका छन् । मनहरी गाउँपालिका वडा नंबर –९ जयसिंहबाट राक्सीराङ गाउँपालिका वडा नंबर २ का नरबहादुर मुक्तानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
सडकमा गाजा कुरिरहेको अवस्थामा मोक्तानलाई पक्राउ गरिएको र सो स्थानबाट १ सय २२ किलो गाजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । हेटाैडा उपमहनागरपालिका वडा नं. ११ नवलपुरमा यात्रु बहाक बस र ट्रक ठोक्किदा २ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटाैडा नारायणगढ सडक खण्ड अन्तर्गत हेटौंडा-११ नवलपुरमा गए राती यात्रु बहाक बस र ट्रक एक आपसमा ठोक्किएकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।
गएराति जनकपुरबाट हेटौंडा हुँदै काठमाडौ जादै गरेको ना ७ख ८७६ नंबरको यात्रु बाहक बस र बिपरित दिशा बाट आउदै गरेको प्रदेश २ ०३००१ ख ५०३५ नंबरको ट्रक एक आपसमा ठक्कर खादा बसमा सवार २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
मृत्यु हुनेहरुमा ३० वर्षीय पुरुष र अर्का अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । उनीहरुको गएरातिनै हेटौंडा अस्पातलमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता रिमालले बताए । प्रहरीले ट्रक चालक बारा निजगढ-४ पुरानोटोल बस्ने ३३ वर्षीय टंक बहादुर बिकलाई नियन्त्रणमा लिएको छ । यसैगरी दुर्घटनामा १८ जना घाईते भएका छन् । उनीहरुको हेटौंडा स्थित सहकारी अस्पताल मकवानपुर,चुरेहिल अस्पातल र हेटौंडा अस्पतालमा उपचार भईरहेको छ
मकवानपुर । हेटौंडामा लहरी गाडीले मोटरसाइकललाई ठक्कर दिदा १ जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नबलपुरमा लहरी गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मंगलबार बिहान ना ७ ख ८८१ नम्बरको लहरी गाडीले बागमती प्रदेश ३–००४ प ७१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक हेटौंडा १२ का सुशान्त पुडासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का हेटौंडा नगर सचिव गिरिजा अधिकारीको निधन भएको छ । करेण्ट लागेर २८ वर्षीय अधिकारीकाे साेमबार निधन भएकाे हाे ।
सोमबार दिउँसो हेटौंडा १७ राजदेबि स्थित सडकखण्डमा बाटो बिस्तार गर्ने क्रममा जेसीबीको बकेटमा बसेर बिजुलीको तार पन्छाउने क्रममा करेण्ट लागेर घाइते भएका उनकाे अस्पतालमा निधन भएकाे हाे ।
तार पन्छाउँदै गर्दा एघार हजार भोल्टेजको तार छुन पुग्दा करेन्ट लागेर अधिकारी गम्भीर घाइते भएकाेमा हेटाैडा अस्पतालमा उपचारकाे क्रममा उनकाे निधन भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।