मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा कुटपिटको कारण १ जनाको मृत्यु भएको छ । बकैया ८ देउता खोलाको शिरमा कुटपिटबाट १ महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीय पातली माया भोलनसँगको झगडाका क्रममा कुटपिट हुँदा जालीमाया घिसिङको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।
प्रहरीका अनुसार ४८ वर्षिय भोलनको कुटाइबाट घिसिङको मृत्यु भएको हो । देउता खोलाको शिर बस्ने घिसिङ र भोलन बिच सामान्य बादबिबादमा झगडा हुँदा भोलनले कुट्दा घिसिङको टाउकोको भित्री भागमा चोट लागेर घाईते भएकी थिइन ।
उनको स्थानी मेडिकलमा उपचार पश्चात वडाको न्यायिक समितीबाट उपचार खर्च कुटपिट गर्ने ब्यक्ती पातली मायाले ब्यहोर्ने सहमती समेत भएको थियो ।
साउन ३१ गते राती अचानक जालिमाया बेहोस भई उपचारको लागि चुरेहिल अस्पताल ल्याइएको थियो । चुरेहिल अस्पतालबाट थप उपचारको लागि टिचिङ अस्पताल काठमाडौ पठाएकोमा डाक्टरले उपचार हुन नसक्ने भनेपछी घर ल्याउने क्रममा शुक्रबार बाटोमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कुटपिट गर्ने पातली मायाको खोजीकार्य र अनुसन्धान प्रहरीले गरिरहेको छ ।
मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका ३ जम्मु भन्ने स्थानमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश प्रहरीका अनुसार स्थानीय ३२ वर्षीय अशोक स्याङतानले खेतमा पानी लगाउने क्रममा पानि तान्ने मेसिनमा अचानक करेण्ट लाग्दा उनी घाइते भएका थिए । उपचारको लागी अस्पताल ल्याएकोमा उपचारको क्रममा स्याङ्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । स्याङ्तानको शव हेटौंडा अस्पतालमा राखिएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले १२ किलो ६ सय ग्राम गाँजासहित २ जना र ३० एम्पुल विभिन्न लागू औषधसहित १ जना लाई नियन्त्रणमा लिएको हो ।
मंगलबार बिहानको समयमा हेटौँडा–१० स्थित बसपार्कमा बसिरहेका मकवानपुरगढी गाउँपालिका–१ की ३२ वर्षीया र ३५ वर्षीया महिलालाई शंकालागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
महिलाद्वयले बोकेको झोला जाच गर्दा उनीहरुको साथबाट १२ किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो । प्रहरीले पक्राउ परेका महिलाको परिचय भने खुलाएको छैन ।
यसै गरी मकवानपुर प्रहरीले साउन २९ गते हेटौंडा १५ रातोमाटेबाट ३० एम्पुल लागूऔषध सहित १ जना नियन्त्रणमा लिएको छ
सोमबार साझ हेटौडा १५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडकखण्डमा बिरगंजबाट हेटौडातर्फ आउदै गरेको ना १ ज. ६३९० को माईक्रो बसलाई जाँच गर्दा हेटौंडा १० का ३० वर्षीय सुशील अर्याललाई नियन्त्रणमा लिइएको हो
अर्यालको साथबाट डाईजेपाम १० एम्पुल, फेनार्गन १० एम्पुल र नुफिन -१० एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।
लागूऔषध सहित तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको हो।
मकवानपुर । समाजमा हुने अपराधिक गवितिधि नियन्त्रण तथा नियमनको लागि प्रहरी, प्रशासन र अभियानकर्मीहरु लागि परिरहेको दाबि गरिए पनि अपराधको तथ्याङ्ख्या भने घट्न सकेको छैन ।
स्वयम व्यक्ति वा संस्थाको सानातिना त्रुटीका कारण समेत ठुला ठुला अपराधिक गतिविधिहरु हुने गरेको छ । बागमती प्रदेशमा अपराधिक घटना बढ्दो क्रममा रहेको प्रदेश प्रहरीको तथ्याङ्कले देखाएको छ। प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा ६ दशमलव २२ प्रतिशतले अपराध बढेको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार २०७८/७९ मा ४ हजार ४०५ वटा अपराधिक मुद्दा दर्ता भएकोमा २०७९/८० मा बढेर ४ हजार ६७९ वटा पुगेको छ। २०७८/७९ मा प्रदेशभर कर्तव्य ज्यान सम्बन्धि ५८ वटा मुद्दा दर्ता हुँदा अघिल्लो आर्थिक वर्ष ४३ वटा भएको छ ।
तथ्याङ्क अनुसार ज्यान मार्ने उद्योग सम्बन्धी अपराध आर्थिक वर्ष २०७८/७९ मा ११३ वटा दर्ता भएका छन् । यो शिर्षकमा अघिल्लो आर्थिक वर्षमा ६८ वटा दर्ता भएका थिए । बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीका अनुसार २०७८/७९ मा प्रदेशमा लागूऔषध सम्बन्धी ३४३ वटा मुद्दा दर्ता भएको छ । आथिएक वर्ष २०७९/०८ मा ३६३ वटा मुद्दा दर्ता भएका थिए । बागमती प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा जबरजस्ती करणी सम्बन्धी मुद्दा २६५ वटा र करणी उद्योग सम्बन्धी ६८ वटा मुद्दा दर्ता भएको देखिन्छ ।
यि शिर्षकमा आर्थिक वर्ष ०७९/०८० मा क्रमशः जबरजस्ती करणी सम्बन्धी २६४ वटा र करणी उद्योग सम्बन्धी ६३ वटा मुद्दा दर्ता भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा ९०२ वटा आत्महत्याको मुद्दा दर्ता हुँदा अघिल्लो आर्थिक वर्ष बढेर ९४० वटा पुगेको छ।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा ६ दशमलव २२ प्रतिशतले अपराध बढ्नुमा प्रहरी सक्रियताको कारण रहेको प्रदेश प्रहरीको दाबि छ । “अपराधिक घटना हुन नदिन प्रहरीले आफ्नो सक्रियता बढाइरहेकै छ, कतिपय घटनाहरु प्रहरीको सक्रियतापछि तथ्याङ्कमा बढी देखिने र घटना नै बढेको जस्तो लाग्ने हुन्छ” बागमती प्रदेश प्रहरी प्रवक्ता रेग्मीले भने । अपराध बढ्न नदिन प्रहरीसँगै समुदायको पनि उत्तिकै भूमिका रहने गर्दछ। यस्तै बागमती प्रदेश प्रहरी प्रमुख (प्रहरी नायब महानिरीक्षक) किरण राणाले पछिल्लो समय लागूऔषध दुव्र्यसन ठूलो समस्याको रुपमा देखा परेको बताइन् । लागूऔषध उत्पादन, सेवन र विक्रीवितरणमै रोक लगाउन बागमती प्रदेश अघि रहेको छ, उनले भनिन्, “यो हामी सबैका लागि चुनौतीको विषय हो ।”
फरार अपराधी पक्राउ, सबै किसिमको तस्करी नियन्त्रण, लागूऔषध खेति, विक्री वितरण, ओसारपसार र प्रयोग विरुद्ध विशेष अभियान संचालन गर्ने योजना रहेको जानकारी दिइन्। “हामीले गाँजाको विकल्पमा कफी खेतीलाई प्रोत्साहन गर्दै आएका छौ, स्थानीय सरकारको तर्फबाट पनि राम्रो प्रतिक्रिया पाएका छौ” रानाले भनिन् ।
निगरानी गर्न कार्ययाेजना तयार
यसैबीच बागमती प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक वर्षको लागि सञ्चालन गरिने कार्यक्रमहरुको प्राथमिकीकरण गरेको छ । प्रहरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कर्याालय मकवानपुरबाट सुरु गरिएको स्मार्ट कन्ट्रोल रुम अवधारणालाई चालु आर्थिक वर्षमा चितवन, नुवाकोट र काभ्रेमा समेत संचालन गर्ने लक्ष्य लिइएको छ । यसैगरी चालु आव मै जनचेतनामुलक कार्यक्रम संचालनको परम्परागत शैलीलाई परिवर्तन गरी सचेतना आवश्यक पर्ने वर्ग, क्षेत्रको पहिचान गर्न जिल्लागत ५ वर्षको अपराधको गहन विश्लेषण गरी वास्तविक कार्यक्रम संचालनको लागि योजना तयार गरिएको छ ।
चितवन र मकवानपुर जिल्ला स्थित बढ्दो अवैध गाँजा/अफिम खेतिलाई विस्थापित गरी कृषकलाई कृषि/नगदे बाली तर्फ आकर्षित गर्न पहिलो चरणमा चितवनको राप्ती नगरपालिका र मकवानपुर जिल्लाको राक्सिराङ स्थितमा सरोकारवाला निकाय र स्थानीय तहसंगको समन्वयमा ३५ हजार थान कफिका विरुवा वृक्षारोपण गरिएको साथै चालु आवमा थप ५ लाख कफिका विरुवा हस्तान्तरण गर्ने गरी मास्के मल्टिप्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रा.ली. चितवन र स्थानीय तहसंग सम्झौताको तयारी भईरहेको डिआइजी रानाले बताइन् ।
यसैगरी फरार अपराधी पक्राउमा तिब्रता दिने, सबै किसिमको तस्करी नियन्त्रणमा प्रहरी फोर्सलाई अझै चुस्त पारिने, गम्भीरर एवं जघन्य पुराना पेण्डिङ मुद्धा सफल अनुसन्धानमा जोड दिने, अवैध प्राकृतिक स्रोतसाधनको दोहनलाई पुर्णरुपमा निषेध गर्ने, लागु औषधको खेति, विक्री वितरण, ओसारपसार र प्रयोग विरुद्धविशेष अभियान संचालन गरिने योजना बनाइएको छ ।
यसैगरी प्रहरी जनशक्ति सुदृढिकरण एवंशुन्य सहनशिलताको नीति अबलम्बन गर्ने, प्रहरी कर्मचारीको आचरण व्यवहारमा सुधार गर्ने, सेवा प्रवाहमा प्रभावकारिता ल्याउन प्रहरी उत्प्रेरणाका गतिविधिहरु संचालन लक्ष्य लिइएको छ ।
मकवानपुर । मकवानपुर जिल्लामा घाँसकाट्न जाँदा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको ईन्द्रसरोब गाउँपालिका ३ चित्रेघारीस्थित भीरबाट लडेर स्थानीय ५३ वर्षिय विनोदकुमार बम्जनको ज्यान गएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएका बम्जन अचानक भीरबाट लडि घाईते भएका थिए । घाइते बम्जनको उपचारको काठमाडौ जिल्लाको फर्पिङ तर्फ लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
जोखिमपूर्ण भिरालो जमिन भएको मकवानपुरको इन्द्रसरोवर, राक्सिराङ, कैलाशलगायतको क्षेत्रमा घाँस दाउरा तथा सोतर संकलनको क्रममा भीरबाट लडेर बर्सेनी स्थानीयको ज्यान जाने गरेको छ ।