मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले १२ किलो ६ सय ग्राम गाँजासहित २ जना र ३० एम्पुल विभिन्न लागू औषधसहित १ जना लाई नियन्त्रणमा लिएको हो ।
मंगलबार बिहानको समयमा हेटौँडा–१० स्थित बसपार्कमा बसिरहेका मकवानपुरगढी गाउँपालिका–१ की ३२ वर्षीया र ३५ वर्षीया महिलालाई शंकालागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
महिलाद्वयले बोकेको झोला जाच गर्दा उनीहरुको साथबाट १२ किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो । प्रहरीले पक्राउ परेका महिलाको परिचय भने खुलाएको छैन ।
यसै गरी मकवानपुर प्रहरीले साउन २९ गते हेटौंडा १५ रातोमाटेबाट ३० एम्पुल लागूऔषध सहित १ जना नियन्त्रणमा लिएको छ
सोमबार साझ हेटौडा १५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडकखण्डमा बिरगंजबाट हेटौडातर्फ आउदै गरेको ना १ ज. ६३९० को माईक्रो बसलाई जाँच गर्दा हेटौंडा १० का ३० वर्षीय सुशील अर्याललाई नियन्त्रणमा लिइएको हो
अर्यालको साथबाट डाईजेपाम १० एम्पुल, फेनार्गन १० एम्पुल र नुफिन -१० एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।
लागूऔषध सहित तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको हो।

