सडक !
के छ फरक
तिमी र ममा ?
दिनहौं कुद्छन्
तिम्रा छातीमा
हजारौँ सपना बोकेका यात्रीहरू
अनि
ती यात्रीलाई चाहिने
खाद्य सामग्री,
गगन चुम्बी भवन बनाउने
सामान र
ती महलमा बस्नेहरूका
मायालु प्रेमी प्रेमिका
बोकेर गुड्ने
चिल्ला भाटकयान
विशाल मालबाहक
घोडा, गाडी र रेलहरू
अनि
बिर्सिन्छन् आफूले टेकेको धरातल
सोच्छन् तुच्छ अरूलाई ।
यी देखेर
कुद्छन् मेरा छातीमा
दायित्व,जिम्मेवारी र कर्तव्य
तिमी पनि मौन सहन्छौ
म पनि चुपचाप सहिरहन्छु
आफ्नो धर्म, कर्म र अस्तित्व सम्झेर
लडिरहन्छन् लम्पसार
हाम्रा आफ्ना सपनाहरू
उनीहरू भने
तिम्रो र मेरो मौनतालाई
कमजोरी सम्झेर
हाम्रा छातीमा
नाचिरहन्छन् , रमाइरहन्छन् ।
सडक-
माटो-आमा !
आमा-
माता, जननी र चेलीहरू !
थाहा छ
यी इज्जत र अस्मिताका
लुटेराहरूलाई पनि
तर पनि हाम्रो वक्षमा
निर्मम टेक्दै कुद्छन् , दौडन्छन्
संसार बनाउने होडमा
तिमी जस्तै मौन छु, म पनि
फरक यति त छ, तिमी र ममा
तिमी निर्धक्क, निर्जीव सहन्छौ
खुल्ला आकाशको ओड्ने ओडेर,
अनि म,
चेतनशील, जीवित र
सिर्जनशील भएर पनि
खोक्रो समाजको अघि
मौन सहिरहन्छु ।
फरक यति त अवश्यै छ,
तिमी –
सडक भएर आमा भएकी छौ
म –
आमा भएर
सडक भएकी छु ,
तिमी निर्जीव दुखेकी छौ
म सजीव दुखेकी छु,
अनि हामी दुखिरहन्छौँ
शायद अनन्त अनन्त सम्म !!
कतार विश्वकप: सेमिफाइनल खेल मंगलबारबाट
Tags: No Comments
मकवानपुर । २२ औं संस्करणको फिफा विश्वकप फुटबल अन्तरगत सेमिफाइनल खेल मंगलबारबाट हुने भएको छ । आइतबार राति भएको अन्तिम क्वार्टरफाइनल खेलबाट फ्रान्स विजयी भए पछि सेमिफाइनल समीकरण पूरा भएको हो ।
कतारमा जारी विश्वकपमा यसपालि साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्कोले सेमिफाइनलको यात्रा तय गरे ।
कतार विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाको प्रतिस्पर्धा मंगलबार राति १२ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४-२ ले हराउँदै सेमिफाइनलको यात्रा गरेको हो । त्यस्तै, क्रोएसियाले ब्राजिललाई पेनाल्टीमै हराएर सेमिफाइनल प्रवेश गरेको हो ।
त्यस्तै, दोस्रो सेमिफाइनल मोरक्को र फ्रान्स बिछ हुनेछ । यी दुई टोलीबीचको सेमिफाइनल भिडन्त बुधबार राति १२ः४५ बजे अल बेत स्टेडियममा सुरु हुनेछ । अन्तिम क्वाटरफाइनलमा इंग्ल्याण्डलाई २-१ ले हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । शनिबार भएको क्वाटरफाइनल खेलबाट मोरक्को सेमिफाइनल प्रवेश गरेको छ । पोर्चुगललाई १-० ले हराउदै मोरक्को सेमिफाइनल प्रवेश गरेको हो ।
- सेबन्त पोख्रेल ‘परदेशी‘
‘गर्दिन म त्यो जँड्याहा सित बिहे । नारीहरु प्रतिको उसको व्यबहार राम्रो छैन । धूम्रपान, मदिरा, पान मसाला र गुटखा आदि हानिकारक पदार्थ सेवन गर्छ/खान्छ उसले । हजुरहरु आफैँ त्यस जैटिंग्रे सित बिहे गर्नु होला’ भन्दै तारा आफ्नो कोठा पसिन। ध्रुब छक्क परे ताराको तेस्तो अनौठो ब्यवहारले । आएका मान्यजनहरु एक युवतीको अचम्मको कुरो सुन्दा एक न दुई हुदै, भन्ने कुरो र वर्णन गर्ने केही शब्द पङ्ती हरुलाई शुभ-आरम्भ गर्न नपाउदै कन्यार्थु आएका ठूला बडा र बुबाको पछि लागेर घर फर्किंन्छन ध्रुब, पस्केको च्या-चमेना लाई त्यतिकै छोडेर । कन्यार्थु गएका सबै फर्किएर आफ्नो आफ्नो डेरा लाग्दा ध्रुब भने घरपटी नलागेर भानुचौक पुग्छन साल्दाइको चिया पसलमा ।
समय आफ्नो गतीमा मग्न थियो, तारा मनमनै सोची रहेकी थिईन, के उनले ध्रुबको परिवार र कन्यार्थु लाई दिएको अनौठो चोट सही थियो ता ? कतै ध्रुबको बूबा-आमाले ध्रुबको बारेमा उनले उकेलेको कटु वचन बारे उनको निम्ति गलत अर्थ ता निकाल्नू भएन ? के सोचे होलान र ध्रुव लाई के के भने होलान ? यदि तेसो गर्दिनथीन भनी कुरो अर्कै हुने थियो आजको दिन । उर्मिलाको घरमा ध्रुब कन्यार्थु आउने कुरो उनले बिर्सेकी थिईन । तर एस बारेमा ऊर्मिलालाई कुनै सूचना थिएन । भानुचौकका च्या पसले साइला दाईकी श्रीमती साईली भाउजू काम-धन्दा गर्न भनि तारा हरुको घरमा खटेकी थिईन र उनैको मुख बाट कुरो सुन्दा तारा झसङ्ग हुन्छिन ।
ताराहरुको खानदान निकै ठूलो छ, दुई बड़ाबा ताराको बूबा र दुई काकाहरु मिलाएर जम्मा पाँच जनाको परिवार छन । सबै घर परिवार र गृहस्थी जीवनमा व्यस्त छन, उर्मिला माइला काकाकी छोरी हो, तारा र उर्मिलाहरुको आँगन एउटै भएको हुदा उर्मिला हरुकामा आउने सबै पाहुना, आफ़न्तहरु पनि तारा हरुको घरमै बस्न पुग्दथे । एउटै आँगनले दुई परिवारमा स्नेहताको डोरी बनी प्रगाढ ममताले आपसमा बाधि दिएको थियो ।
उर्मिला र तारा एक-डेढ़ महिना जेठी कान्छी हुन् । दुबैनै अत्यन्तै सुन्दरी र ज्ञानी थिए । बैंशले कल्कलाउदा परेका ती युवतीहरु मानौ चंद्रमामा रहेको कालो दाग झै आफ्नो अनुहारमा सोह्र वर्षे लाली लिएर हिड्दा वर पर र देख्नेहरुले चियाएर नहेरी चित्तनै थाम्न सक्दैनथिए । वसन्तको घड़ी प्रकृतिमा पलाएका पाउला र टुसा सरी तारा र उर्मिलाको सुकोमल देहमा यौवनका रंग र टुसाहरु पलायर ढकमक्क भएको प्रष्ठ देखिन्थ्यो । कम्मर मुनिसम्मको बाक्लो केशलाई पार्लरबाट पाएको प्रेमले होला देख्दा मयुरी पंखझै भान हुने गर्दथ्यो । तारा र उर्मिला एउटै कक्षामा पढे पनि उनीहरुको विद्यालय भने भिन्ना-भिन्नै थियो ।
ध्रुब अत्यन्तै संस्कारी र मिलनसार अनि निकै स्मार्ट थिए । घरको एउटै छोरो हुन ध्रुब । दीदी अथवा बहिनीहरु नहुनाले आमा-बुबाबाट अत्यन्तै माया पाएका छन् उनले | बुबा-आमाको कुनै पनि वचन काट्ने गरेका छैनन । त्यसैले बुबा-आमाको वचन राख्दै ध्रुब आफ्नो मनको कुरो सम्म नभनी उर्मिलाको हात माग्न गएका थिए | उर्मिला अनि हृदय क्लासमेट हून । उनीहरुमा राम्रो मित्रता पनि छ । धेरै पटक उर्मिला विद्यालयबाट घर फर्किदा ध्रुबको घरमा गएकी थिईन । कहिले ध्रुबबाट केही सिक्न अनि कहिले ध्रुब विद्यालय नगएको बेला कक्षामा सिकाइएका नोटहरु दिन भनी | त्यस ताकनै ध्रुबकी आमालाई उर्मिलाको संस्कार र स्वाभाव सारैनै मन परेको थियो | कहिले काहीं उनको जाँगर र शिप हेर विचार गर्नको निम्ती ध्रुबकी आमाले उनलाई चिया-चमेनाको व्यबस्ता गर्न लगाउन हुन्थ्यो | उर्मिला पनि झट-पट मिठो मसिनो नास्ता र जलपानको चाजो तैयार गर्थिन कुनै संकोचै नमानी |
कुरो लगभग ३ वर्ष पहिलाको हो | तारा महाविद्यालय जानको निम्ति आफ्नो साइकल सिक्न भनी खुल्ला सड़क भानुचौकको ओरालो बाटो जाने गर्दथिन । त्सयबेला ध्रुब पनि महाविद्यालय जानकै निम्ति आफ्नो बुबाको स्कूटर सिक्ने तरखरमा थिए । दिन प्रतिदिन अलि-अलि गर्दा गर्दै तारा निकै साइकल चलाउन ढंग पुर्याउन थालेकी थिईन । ओरालो बाटोमा कम दवाबमै साइकल गुडेकाले तारा निकै पर-पर सम्म पुग्न थालिन । त्यस बेला ध्रुब पनि स्कूटर सिक्नेमा मग्न थिए, तारा ओरालो लागेको साइकिल लाई अझ तीब्र गतिमा गुड़ाई रहेको थिईन । अगाडिबाट ध्रुब पनि स्कूटर लिएर टूप्लुक्क आईपुग्दा दुबैको नियन्त्रण बिग्रिदा साइकल र स्कूटरको भिड़न्त हुञ्छ । तारा र ध्रुब आफ्नो-आफ्नो बाहन सहितै बाटोमुनी लढ्न पुग्छन । दुबैलाई आफ्नो गल्तीले भएको दुर्घटना भन्ने भान हुन्छ र माफी माग्ने इच्छा प्रकट गर्छन । ताराले केही भन्नु भन्दा पहिलानै ध्रुबले ताराको सामुन्ने गएर उनको निधारमा आफ्नो हातले टसाउछन् । तारा झसंग हुदै के गर्नु भएको हजूरले भन्छिन् । तिम्रो निधारमा चोट परेको छ । खुन बग्दैछ भन्दै जेपबाट आफ्नो रुमाल निकाली ताराको घाऊ दबाउँछन् ।
बैशले टेकेको ताराको उमेरमा ध्रुबको स्पर्शले कता-कता काउकुती र रमाइलो अनुभव हुन्छ । तैपनी एकान्त बाटा मुनिको घटना हुनाले तारा ध्रुबको हात बाट रुमाल लिदै मलाई दिनुहोस म पुस्छु भन्दै तर्कीने प्रयाश गर्छिन | ध्रुबले छेऊबाट केही झार-पात औषधि माड़ेर तारालाई चोटमा लगाउन् दिन्छन । केहिबेर पश्चात ताराको बगीरहेको खुन रोकिन्छ । ध्रुबले तारको बाङ्गो भएको साइकलको हेण्डललाई ठीक पारीदिदै आफूले स्कूटर चलाउन सिक्दा भएको गल्ती भनी तारा सित माफी माग्दछन | ताराले केही बोल्ने मौका नपाउँदै फेरि भेटौला है तारा भन्दै हात हल्लाएर आफ्नो स्कूटर लिएर घरको बाटो लाग्छन ध्रुब |
ध्रुबको सग्लो अनि पुष्ट शरीर प्रति तारा तेतीबेरै बाट मोहित भएकी थिईन । साइकल र स्कूटर सिक्दा भएको भिड़न्त अब उनीहरुको निम्ति रमाइलो यादगार बनेको थियो । हिजोआज सधै जसो तारा र ध्रुबको भेट हुन थालेको छ त्यही भानुचौकको ओरालो बाटोको छेऊ-छाऊ । साईकल र स्कुटर सिक्दा उनीहरुमा अब मित्रता घनिष्ठ हुदै गएको थियो । सधै एक-अर्का सित भेट वार्ता र विद्यालय/महाविद्यालयको गफ समयको ख्यालै नराखी हुने गर्दथ्यो । एक दिन तारालाई घर फर्किन ढिलो भएकोमा आमा-बूबाको मुखबाट आधा घण्टा सम्म अर्ति-उपदेश सुन्नु परेको थियो । तर ध्रुब सङ्गको भेटले उनको मनमा पलाएको कलिला मूनाहरुले भने ति अर्ति-उपदेश प्रति केही असर पारेको थिएन । हुन्छ-हुन्छ चाडै फर्किने छु भोली बाट भन्दै तर्किने प्रयश गरिन उनले कतै भोली बाट भानुचौक पनि जान तगारो लाग्ने होकी भन्ने डरले ।
बेलुकी पख सधै झै तारा साइकल सिक्ने निहुँले घरबाट निस्किन्छिन । भानुचौकको ओरालो बाटोको छेऊ साइकल गुड़ाउदै ध्रुबको प्रतीक्षा गर्छिन । आज ध्रुबलाई बूबाले केही काम दिएको हुनाले त्यस दिन समयसम्ममा आउन सकेका थिएनन । तर चाडै स्कूटर सिक्न भानुचौकको ओरलो बाटो जाने रहर भने प्रवल भएको थियो । विवशतामा परेर अन्त्यमा उनी समयमा आई पुगेनन । उता तारा भनी ध्रुबको प्रतीक्षा गरेर घर फर्केकी थिईन । आज ध्रुब अनि तारा दुबै लाई सब्जी मिठो नभएको अथवा खाने मन नभए जस्तो भै रहेको थियो, ध्रुबको बूबाले ध्रुबलाई खाना नरुचेको कारण सोधनु भयो । ध्रुबले घर फर्किदा भानुचौकमा नास्ता गरेको थिएँ भनी बाहना बनाउँछन । उता तारालाई भात थप्ने आमाको आग्रहमा उनले पेट दुखेर खान मन नालागेको बताउँछिन । दुबै पटी बरोबर उकुस-मुकुस थियो र छट-पटी पनि त्यतिकै नै । राति ध्रुब थाकेका हुनाले झपक्क निदाउँछन तर तारालाई भने ध्रुबको याद मात्र आई रहन्छ, पटक्कै निदाउदिनन उनी ।
महाविद्यालयमा दाखिला हुन अब एक साता मात्र रहेको थियो । ध्रुब र ताराको स्कूटर अनि साइकल चलाउन सिक्ने कार्यक्रम पनि अब अन्तिम चरणमा थियो । एक बेलुकी भानु चौकको ओरालो बाटोमा तारा सित बात मार्न भनी ध्रुब आफ्नो स्कूटरमा स्टेण्ड लगाएर छत्तीऊँनको रुखमुनि पर्खिन्छन तारा पनि त्यही आई पुग्छिन । आफ्नो महाविद्यालय जाने कुरो त्यसको तैयारी र अरु अरु विषयमा चर्चा सके पछि ताराले ध्रुब लाई उनको ध्रुब सित एक दिन भेट नहुँदा हुने विचलित मनको व्यथा अनि सारा रात निद्रा नलाग्ने कुरो बताउँछिन बिना संकोच र साधारण लयमा । ताराको कुरो सुनी गद-गद भएका ध्रुब लाई लाज पनि लाग्दछ तर शान्त अनि सरल हुनाले उनको मुहारमा केही भान प्रतित हुदैन्थ्यो । उनले पनि आफूलाई पनि तेस्तै भएको र उनको झलझली याद आउने कुरो भन्दै ताराको हात समाएर आफू पटी तान्छन । तारा पनि भानुचौकको उकालो र ओरालो बाटो पटि आउने-जाने यात्रु हरुलाई झट-पट हेर्दै असारे भेलमा बढेको उलाउँ सरि एकै चोटी झ्याप्पै ध्रुब सित अङ्गालिन पुग्छिन । भानु चौकको ओरालो बाटोमा दुबैको छत्तीऊँनको रुखमनि प्रेम मिलन हुन्छ । नयाँ वसन्तको पालुवामा एक जोड़ी प्रेमीहरुको मिलनमा अस्ताउन लागेको घाम र एक हुल पंक्षीहरुले स्वागत गर्दै चिरबिराउदै आफ्नो गन्तव्य पटि लाग्छन । केही बेर पछि ध्रब र ताराले फेरि भोली भेटने बाचा गर्दै आफ्नो-आफ्नो घरको बाटो लाग्छन प्रेमको नयाँ अध्याय आरम्भ गरेर ।
राति खाना खाने बेला ध्रुब खान खान अबेर सम्म डाइनिङ टेबलमा हाजिर नभएको हुँदा ध्रुबको आमा लाई कता-कता बढेको छोरोमा आउदै गरेको परिवर्तन देख्दा मनमा केही कुराहरु उत्पन्न हुन थाल्दछ । ध्रुबको बुबा सित छोरोको बिहे गरेर बुहारी ल्याउने रहर जताउनु हुन्छ । उनले ध्रुबकी स्कूलकी साथी उर्मिलाको बारेमा श्रीमान लाई भन्नु हुन्छ, काम र जाँगर बिचार गरी सकेकी र बुहारीचै उर्मिलालाईनै भित्राउने एक प्रकारको हुकुम तथा जिद गर्नु भएको थियो ध्रुबको आमाले । ध्रुबको बुबाले एक पटक ध्रुब लाई सोध्नु भनी अनुरोध मात्र गर्न सकेका थिएनन । ध्रुबको आमाले कुरो सुन्नै मान्नुभएन र उर्मिला लाई हेर्न वैशाख सम्ममा जाने अनि सारा चाहिने सर-सामानको चाँजो मिलाऊँने ब्यवस्था पटी लाग्ने कुरो पक्का गर्नु भयो । त्यसै दिन ध्रुबको बूबाले सहमति जनाएर ध्रुब लाई यस बारे जानकारी गराउछन । ध्रुब झसङ्ग हुन्छन, तर भन्न केही नसक्दा चुपनै रहन्छन, उनले जान्ने र बूझ्ने भए देखिनै आमा-बूबाको वचन काटेका थिएनन । ध्रुब आफ्नो कोठा पटी शिर निहुराई लाग्छन, छोरोको आनि-बानी सबै असल हुनाले ध्रुबको बूबालाई ध्रुबको मौनतानै सहमति हो भन्ने लाग्दछ ।
भानुचौकको ओरालो बाटोमा आज एक जोड़ी परेवाको भेटवार्ता हुने अन्तिम दिन थियो , ध्रुब भारी मन लिएर बेलूकी पख बूबाको स्कूटर लिई भानुचौकको ओरालो बाटो लाग्छन । तारा पनि ध्रुब लाई चाडै भेटने मन बनाउदै त्यही आई पुग्दछिन । तारा लाई देख्ने बित्तिकै ध्रुबको नयन रसाउँछन र घरमा भएको कुरो सारा तारा लाई सुनाउछन । तारालाई आफ्नो हृदयमा च्यापदछन् । तारा ध्रुबको छातिमा टासिएर निकै बेर चुप लागिन । ध्रुबलाई उनको ईच्छा सोधिन– ध्रुबले उर्मिला सित बिहे नगर्ने कुरो भने पछि तारा पुनः पक्का-पक्का भन्दै ध्रुबलाई खेरी-खेरी सोधछिन । ध्रुबले आफ्नो सोही उत्तर दोह्र्याउछन । ताराले ध्रुब लाई एउटा नाटक गर्नु पर्छ भनि बताउँछिन र उर्मिलालाई माग्न आउनु भन्दै उनले बनाएको नाटक/ योजनाको बारेमा ध्रुबलाई भन्छिन । ध्रुब छक्क परे तर अरु कुनै उपाय पनि थिएन । सहमति जनाए, भोलीबाट महाविद्यालय जाने तर सम्पर्कमा रही रहने कुरो भए पछि ध्रुब र तारा पुनः प्रेम मिलापमा बाधिएका नाग जोड़ीझै हुन्छन । ताराले ध्रुबलाई फेरि चाँडै भेटौला भन्दै ध्रुबको दुबै हातमा आफ्ना सुकोमल ओठले चुम्बन गरेर भानुचौकको ओरालो बाटो बाट माया-प्रिति नौलो मुना उमारी बिदा हुन्छन ।
आज माया-प्रिति पाशामा बाधिएका एक जोड़ी परेवाहरुको निम्ति विधाताले लेखेको कर्म र फलको निर्णय हुने दिन थियो । ध्रुबको बिहेको कान्यार्थु जान ध्रुबको परिवार बाट उनको बुबा र गाउँ घरका अरु ठूला-बड़ा मान्यजनहरुलाई साथ लगाई ध्रुबको घर बाट उर्मिलाको हात माग्न भनी उर्मिलाको घर पुगेका हुन्छन । विश्राम भने ताराहरुको घर बाहिरको बरन्डाको रुममा हुन्छ, उर्मिलाको बुबाले सवै लाई सेवा ढोग गर्छन । ढोगको आदान-प्रदान पछि र आराम कुशलताको कामना र उपस्थित भएको कारण जान्दा-जान्दै पनि सोधनु हुन्छ । तेतिकैमा उर्मिला ट्रेमा च्या-चमेना र पानीका ग्लासहरु सबैको अघि राखेर नमस्कार गर्दै पाकघर भित्र पस्छिन् । तारा अर्कापटीबाट रिसले चुर हुँदै आएर सबैका सामुन्ने ध्रुबको विरुद्ध नराम्रा कटु तथा असत्य वचनहरु भन्छिन् र आफ्नो कोठा पस्छिन् । छोरोको बारेमा त्यस्तो कुरा एउटी युवतीबाट सुन्दा ध्रुबको बुबालाई मनमा चोट पर्दछ । उच्च रक्तचापको भान हुन्छ र तुरुन्तै नमस्कार गर्दै सबै लाई लिएर घर फर्किन्छन । ध्रुबको अनुहार बूबा लाई परेको चोटले मलिन र उदास हुन्छ र घर पटी नगै भानुचौकको बाटो लाग्छन ।
यता तारा बेलुकी पख आमालाई कपि किन्न जाने भनी एक्लै हातमा हयाण्ड ब्याग बोकेर भानुचौक पटी लाग्छिन , भानुचौकमा दिउँसैबाट ध्रुब तैयारीका साथ घर नगै तारा लाई कुरी रहेका हुन्छन । दुबैको भेट हुञ्छ र त्यहाँ बाट छत्तीउनको रुखमुनि भएको आपसी सल्लाह अनुसार कामरूप स्तिथ कामाक्ष्या धाम गुवाहाटी पटी लाग्दछन । निकै बेर सम्ममा तारा फर्केको नदेख्दा उर्मिलालाई चौक सम्म खोजी गर्न पठाउँछिन ताराकी आमाले । उर्मिला फर्केर एक्लै आउँछिन र ताराको बारेमा थाहा नालागेको कुरो उनले बताउँछिन । ताराकी आमाले ताराको बुबा र सवै परिवारमा तारा नभएको कुरो बताउँछिन र खोज तलाश गर्न अनुरोध गर्छिन । उता ध्रुबको घरमा खाना खानको निम्ति ध्रुब लाई एता उता खोज्दै बोलाउँछन तर उ फेला पर्दैनन । मन उदास थियो कतै साथीहरुकमा गएको होला भन्दै आमा-बुबाले खाना खाएर ध्रुबको निम्ति टेबलमा राखी दिन्छन आएर खाञ्छ भनी । भोली पल्ट एका बिहानै ध्रुबकी आमाले टेबलमा राखेको खाना जस्ताको तेस्तै देखेर ध्रुबको बुबा लाई सुनाउँछिन।
उता ताराको घरमा बिहानै भानुचौकोको च्यापसले माइला दाई माईली भाउजू लाई त्यहाँ घरको काम धन्दा गर्न भन्दै ताराहरूको घर छोड़ी आफू च्या पसलमा जान लाग्दा हिजो दिउँसो तारा लाई ध्रुब सित कतै बस गाड़ीमा चढेको कुरो सुनाउँछन । उर्मिला महाविद्यालय जानको निम्ति आफ्नो ब्यागमा किताबहरु मिलाउँदा एउटा लिफाफा फेला पार्छिन । लिफाफा खोलेर हेर्दा लेखिएको थियो । चाडै फर्की आएर महाविद्यालय पढ्न जाने छौ । तिमी क्लास एटेण्ड गर्न थाल उर्मि र आमा-बुबा र अरु घरका ठूला बड़ा लाई सुनाईदेऊ है, ध्रुब तारा साथमै थिए र रहने छन् तारा हराएकाे वेला।
पाटगाउँ, कोक्राझार्, असम, भारत
श्रीलंकामा फेरि आपतकाल घोषणा गरिएको छ । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले आपतकाल घोषणा गरेका छन् । सरकार विरोधी प्रदर्शनहरु चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् ।
सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको पनि उनका प्रवक्ताले बताए । देशको आर्थिक आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए ।
श्रीलंकाको संसदमा तोडफोड गर्न खोजेका विद्यार्थीमाथि प्रहरीले फेरि अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीब्र अभावले २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा व्यापक पीडा निम्त्याएको छ । सन् १९४८ मा स्वतन्त्रपछि श्रीलंका अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ ।
भारतीय वरिष्ठ गायिका लता मंगेशकरको आइतबार विहान निधन भएको छ। उनकाे ९२ वर्षकाे उमेरमा निधन भएकाे हाे।
कोभिड-१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनी विगत २ सातादेखि सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिईन् ।
भारतमा २ दिन राष्ट्रिय शोक घोषणा
भारत सरकारले वरिष्ठ गायिका लता मंगेशकरको निधनमा दुईदिने राष्ट्रिय शोकको घोषणा गरेको छ। विश्व चर्चित गायिका मंगेशकर भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित थिइन् ।
राष्ट्रिय ध्वजा संहिताअनुसार राजकीय शोकमा संसद, सचिवालय, विधानसभा, अन्य महत्वपूर्ण राष्ट्रिय भवन तथा सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
समाचार एजेन्सी एएनआईका अनुसार लताको पार्थिव शरीरको अन्तिम संस्कार आइतबार साँझ साढे ६ बजे राजकीय सम्मानका साथ मुम्बईको शिवाजी पार्कमा गरिनेछ।