मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय सङ्कल्प पूरा गर्ने प्रयासमा प्रदेश सरकार लागि परेकाे बताएका छन् । मुख्यमन्त्री पौडेलले नयाँ वर्ष २०७८ काे शुभकामना दिदै नयाँ बर्षले समृद्ध नेपाल निर्माणको अभियानमा थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।
“नयाँ वर्ष २०७८ को अवसरमा सामाजिक संञ्जाल फेसबुक मार्फत शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारका सम्पूर्ण प्रयास ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्ने राष्ट्रिय सङ्कल्प पूरा गर्ने दिशामा लक्षित रहेको बताएका छन् । नयाँ वर्ष २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको हार्दिक शुभकामना ब्यक्त गर्दछु”, शुभकामना सन्देशमा पाैडेलले भनेका छन् ।
सन्देशमा उनले राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि निर्वाचनबाट प्राप्त जनादेशअनुसार जनआकाङ्क्षा पूरा गर्न प्रदेश सरकार अथक प्रयासरत रहेको उल्लेख गरेका छन् । नयाँ संरचनाका अनेकौँ चुनौती सामना गर्दै यहाँसम्म आइपुग्दा केही उल्लेखनीय परिवर्तनहरु भएका छन् । विशेषगरी समाजका सबैभन्दा पछि रहेका वर्ग एवं समुदायको सशक्तीकरणलाई प्रदेश सरकारले प्राथमिकता दिएको छ ।
यसबीचमा उत्पादन एवं रोजगारी सिर्जना, कृषि, पर्यटन, उद्योग, यातायात, शिक्षालगायतका क्षेत्रमा महत्वपूर्ण परिवर्तनको बलियो आधार तय गरिएको छ । त्यसो त प्रदेश सरकारका सम्पूर्ण प्रयास ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय सङ्कल्प पूरा गर्ने दिशामा लक्षित छन् । हामी सबैको इमान्दार प्रयास, मेहनत र प्रतिबद्धताबाट समृद्ध नेपालको सपनालाई यथार्थतामा बदल्न सकिन्छ”, मुख्यमन्त्री पौडेलले सन्देशमा उल्लेख गरेका छन् ।
मकवानपुर । नयाँ बर्ष २०७८ सालकाे पहिलाे दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री कार्यालयबाट देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिको काम गरे। प्रधानन्त्री ओलीले कोभिड–१९ को महामारीका अवसरमा सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।
सम्बाेधकाे क्रममा २०७७ सालमा जनतालाइ पहिलाे प्राथमिकतामा राखेर काम गरेकाे बताए । कोभिड–१९ को महामारीबीच वर्ष ७७ मा विकास निर्माणकाे कामकाे साथै काेराेनासँग लडेकाे बताएका छन् । सरकार हरेक किसिमले थप सफलता हासिल गर्न गत बर्षलाइ निरर्थक हुन नदिएको सम्बाेधनमा प्रधानम्त्रीले बताए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताए । ‘जनताको जीवन बचाउन सकियो भने शिक्षालयहरू चल्नेछन्, उद्योग कलकारखानाहरू खुल्नेछन् । केही समयलाई बन्द रह्यो भने पनि जनताको जीवन बच्यो भने पछि चल्नेछन्, जीवन रहेन भने फेरि कुनै पनि कुरा चल्न सक्दैन’, उनले भने ‘अरू सबै कुरा भन्दा र मुलुकको अर्थतन्त्रभन्दा पनि नागरिकको जीवन पहिलो हो ।’
सम्बोधन क्रममा उनले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि उल्लेख गरिहेका छन् ।
मकवानपुर । नेकपा एमालेको नेपाल–खनाल समुहले छुट्टै राजनीतिक प्रस्ताव तयार पारेको छ। गत चैत्र ४ र ५ गते सम्पन्न आफ्नो राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटीमा नेता माधव कुमार नेपालले प्रस्तुत गरेकाे तथा भेलाबाट पारित राजनीतिक प्रस्ताव तयार पारेको हो।
प्रस्तावमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी र आन्दोलनलाई विभाजन र विघटनको दिशातर्फ धकेल्दै लगेको गम्भीर अवस्थाबारे उल्लेख गरिएको छ।
नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यक्रमको विपक्षमा उभिएका ओली नेतृत्वमा आएकैले एमालेभित्र समस्या देखिएको प्रस्तावमा भनिएकाे छ ।
मकवानपुर । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको हो ।
निर्वाचन समितिका अनुसार पोख्रेलले ६ हजार ९ सय ४२ मत ल्याई विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरेकी छन् । अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले ४ सय ९१ मत र रामप्रसाद दाहालले १ सय ५६ मत प्राप्त गरेका छन् ।
अध्यक्ष पोख्रेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्मालाई पराजित गरेका हुन् । त्यस्तै सोही प्यानलका माधव नेपाललाई हराउँदै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् । महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएकी छन् । उनले शर्मा प्यानलकी दाना केसी सुवेदीलाई हराएकी हुन् ।
समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै पोख्रेल समूहका उदय जिएम निर्वाचित भएका छन् । महासचिवमा भने रोशन पुरीले विजय बनेका छन् । उनले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित गरे । खुला सचिवमा रामकृष्ण ज्ञवालीलाई हराउँदै गोविन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् । महिला सचिवमा सिर्जना अर्याल शर्मा समूहकी निमा काफ्लेलाई पराजित गर्दै विजयी बनेकी छन् । आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् ।
सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । उनीहरु सबै पोख्रेल समूहका हुन् ।
यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छ्न् । सदस्यहरुमा सरिता तिम्सिना (खस आर्य), सञ्चकुमारी लामा तामाङ (आदिवासी जनजाति महिला), ललिताकुमारी साह (मधेसी), शान्ति आङबुहाङ (आदिवासी जनजाति), सरिता बराइली (महिला-दलित), भीषण राई (आदिवासी जनजाति) लगायत निर्वाचित भएका छन् ।
मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन भएकाे हाे । यही चैत २५ गते पहिलोपटक महासङ्घमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएको थियो । पोख्रेल प्यानलका अधिकांश उम्मेदवार विजयी भएका हुन् ।
मतपरिणाम






मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरकाे हेटौंडा – ९ मा वडा कमिटी गठन भएकाे छ । विष्णु राना मगर अध्यक्ष रहने गरी २१ सदस्यीय वडा कमिटी गठन भएको हो ।
कमिटिकाे सदस्यहरुमा दिर्घ पौडेल, भरत नेपाल, मैजु देवकोटा, भक्तबहादुर बुढाथोकी, दिलमाया तामाङ, रामबाबु घिमिरे, दिपक राउत, विमिता नेपाली, शिव अधिकारी लगायत २१ सदस्यीय रहेका छन् । कमिटी विस्तारसँगै आगामी बैशाख ४ गते नेकपा माओवादी केन्द्रको वडा कमिटी सम्पर्क कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा हेटौंडा उपमहानगरपालिका नगर कमिटीका अध्यक्ष तिर्थ थापा मगरले जानकारी दिए ।
कमिटी विस्तार कार्यक्रममा नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका इन्चार्ज विवेक राई, जिल्ला कमिटी सदस्य प्रकाश पौडेल, गंगा भट्टराई, महिला नेतृ रञ्जना श्रेष्ठ, कमला पौडेलसहितको उपस्थिति थियो । कार्यक्रम नेकपा मकवानपुरका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन “पृथक” को प्रमुख आतिथ्यतामा भएको हो ।