मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन यही पुस २७ गते हुने भएको छ। मिति तय भैसकेर पनि अनिश्चित कालको लागि स्थगित भएको कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन केन्द्रिय निर्वाचन समितिको निर्णय अनुसार पुष २७ गते हुनेछ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिको सोमवार बसेको बैठकले जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लामा आउँदो पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्तीमा प्रदेश २ का आठ जिल्लासहित सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन गर्न बाँकी रहेको र उक्त जिल्लाहरुको जिल्ला अधिवेशन आउँदो पुस २७ गते गर्ने निर्णय भएको छ ।

मकवानपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा उपमहानगर समितिको अध्यक्षमा गोपीरमण प्याकुरेल चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनले प्याकुरेलको अध्यक्षतामा ४२ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको हो ।
यसैगरी संगठनको उपाध्यक्षमा रमेश कुमार बर्तौला, सचिवमा देवराज शर्मा, कोषाध्यक्षमा भरत पोखरेल, सहसचिवमा भगवती कट्टेल, सहकोषाध्यक्षमा शर्मिला ढकालसहित ४२ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको हो । निर्वाचित समितिको कार्यकाल ३ वर्ष हुनेछ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा उपमहानगर समितिको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रम संगठनका हेटौंडा उपमहानगर समितिका अध्यक्ष मुकुन्द न्यौपानेको अध्यक्षतामा तथा संगठनका केन्द्रिय कोषाध्यक्ष विष्णु भण्डारीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा शिक्षक सेवाबाट निवृत्त भएका नगर भित्रका २७ जना शिक्षकहरुलाई सम्मान समेत गरिएको थियाे ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य पद्मा पौडेल, राष्ट्रिय परिषद् सदस्य रमेश प्रसाद लामिछाने, संगठनका बागमती प्रदेश सचिवालय सदस्य मोहन प्रसाद शर्मा, जिल्ला अध्यक्ष श्रीराम दहाल लगायतकाे आतिथ्यता रहेको थियो ।
निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक आगामी १४ वैशाखमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गरेको छ । आयोगका पदाधिकारी, प्रधानमन्त्री र सरकारका मन्त्रीबीच शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आयोगकातर्फबाट स्थानीय तहको निर्वाचनका लागि १४ वैशाखको मिति प्रस्ताव भएको हो ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्नेगरी आयोगका तर्फबाट १४ बैशाखको मिति प्रस्ताव गरिएको जानकारी दिए ।
‘आयोगले ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्नेगरी १४ वैशाखको मिति प्रस्ताव गरेको छ, कुनै कारणवश एकैपटक हुन नसकेको अवस्थामा पनि आयोगले विकल्पको प्रस्ताव पनि राखेको छ, सरकारबाट थप निर्णय होला,’ प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्थाबमोजिम स्थानीय तहको निर्वाचन गराउन आयोगले सिफारिस गर्ने र नेपाल सरकारबाट मिति तोक्ने व्यवस्था छ ।
आयोगको प्रस्तावपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार निर्वाचन गर्न तयार रहेको र आयोगलाई सरकारका तर्फबाट निर्वाचनको वातावरण बनाउनेतर्फ पूर्ण सहयोग रहने भन्दै अन्य राजनीतिक दलहरूसँग सरकारले निर्वाचन’bout थप छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सो क्रममा प्रधानमन्त्री देउवासमक्ष आयोगका पदाधिकारीहरूले एकैपटक निर्वाचन गर्न नसकिने अवस्था आएमा भने १४ वैशाखमा पहिलो र २२ वैशाखमा दोस्रो चरणमा निर्वाचन गर्न सकिने गरी सरकारलाई विकल्प दिएका हुन् ।
तर, आयोगको जोडबल भने खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता हुने, समग्र निर्वाचन व्यवस्थापनमा सहजता हुने र मतदाता शिक्षा सामग्रीहरूमा एकरूपता हुनुका साथै एक ठाउँको निर्वाचन परिणामले अर्को ठाउँमा प्रभावित नपार्ने भएकाले एकै दिन र एकै चरणमा निर्वाचन गर्नेतर्फ रहेको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाअनुसार स्थानीय तहका पदाधिकारीको पदावधि ५ जेठमा समाप्त हुँदै छ ।
संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिए पनि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । साथै कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले वैशाखमा चुनाव गर्न उपयुक्त हुने आयोगले बताएको छ ।
आयोगका अनुसार १७ मंसिरदेखि चलिरहेको मतदाता नामावली संकलनका ५ लाख ७७ हजार ६ सय ६९ मतदाता थपिएका छन् । आयोगले नामावली संकलन कार्यक्रम १९ पुससम्म जारी रहने बताएको छ । राजधानी दैनिकमा प्रकाशित समाचार साभार
मकवानपुर । नेपाल कम्युनिस्ट पाटीँ (एकीकृत समाजवादी) हेटाैडा १ काे बृहत् वडा भेला भएकाे छ । पुष ९ गते विहीबार नेकपा (एकीकृत समाजबादी) केन्द्रीय उपाध्यक्ष केदार न्याैपानेकाे प्रमुख आतिथ्यमामा भेला भएकाे हाे ।
भेलाले बहादुर घलानकाे संयाेजकत्वमा २१ सदस्यीय वडा कमिटि गठन गरेकाे छ । यसै गरी भेलालेे माया गुरूङकाे संयाेजकत्वमा २१ सदस्यीय अनेमसघ १ नम्बर वडा कमिटि गठन समेत गरेकाे छ ।
वडा भेला जिल्ला उपाध्यक्ष मिना कुमारी लामा, सचिब बिष्णु दाहाल, ध्रुव भुजेल, बेगम बराल, कल्पना बिश्वकर्मा लगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । नेकपा माओवादी केन्द्रमा पदाधिकारी संख्या बनाइने भएकाे छ । शुक्रबार बसेको स्थायी समिति बैठकले पदाधिकारी संख्या बढाएर १५ जना बनाउने सहमति गरेको हो। हालकाे व्यवस्था अनुसार माओवादीमा ५ जना पदाधिकारी रहने व्यवस्था छ।
पदाधिकारीको टुंगो लगाउन गठन गरिएको कार्यदलका संयोजक देव गुरुङले स्थायी समिति बैठकमा प्रस्ताव पेश गरेका थिए। त्यसमाथि छलफल गर्दै १५ पदाधिकारी बनाउने सहमति भएको हाे। स्थायी समितिले पारित गरेको प्रस्ताव केन्द्रीय समितिमा पेश हुनेछ । त्यसपछि मात्रै कुन पदमा कति जना रहने भन्ने टुंगो लाग्ने पार्टीले जनाएकाे छ।
माओवादीको राष्ट्रिय सम्मेलन ११-१३ पुसमा काठमाडौंमा हुँदै छ। त्यसअघि बस्ने केन्द्रीय समितिले बैठकले पदाधिकारीबारे निर्णय गर्नेछ। शुक्रबारकाे स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए।