मकवानपुर । बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मंगलबार दुई वटा विधेयक प्रमाणिकरण गरेका छन् ।
नेपालको संविधानको धारा २०१ को उपाधारा (१) बमोजिम प्रदेश प्रमुख शर्माले ‘‘आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ’’ र ‘‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ’’ प्रमाणिकरण गरेका हुन् ।
गते १६ असारमा बसेको बागमती प्रदेशसभाको बैठकबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपाधारा (२) बमोजिम सभामुखबाट प्रमाणित विधेयकलाई प्रदेश प्रमुख शर्माबाट प्रमाणिकरण भएको प्रदेश प्रमुख कार्यालयका प्रबक्ता समेत रहेका उपसचिव कृष्णप्रसाद आचार्यले बताए ।
आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई खर्च गर्न र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले राजश्व संकलनका लागि बाटो खोलेको प्रदेश प्रमुख कार्यालयका कानून अकिृधत प्रकाश चापागाईंले बताए ।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । अयोगले आगामी बुधबारसम्ममा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति’bout राय दिने तयारी गरेको हो ।
‘बुधबारसम्ममा प्रधानमन्त्रीसँग भेट गर्ने र निर्वाचन मिति’मा छलफल गर्ने तयारी छ, आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ३० कात्तिकको मिति उपयुक्त हुने सुझाव दिनेछ,’ आयोग उच्च स्रोतले राजधानीसँग भन्यो ।
आयोगले देशभरका १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गर्ने भएको हो । आयोगले सरकारका केही मन्त्रीहरूसँग केही दिनयता भएका अनौपचारिक संवादका क्रममा एकै चरणमा निर्वाचन गर्नेगरी सो मितिमा समेत छलफल गर्दै आएको छ ।
आयोगले हाल देशभर मतदाता नामावली संकलनको काम जारी राखेको छ । निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन कार्य स्वतः रोकिने भएकाले मिति घोषणा हुनुअघिसम्म नाम दर्ता गर्न सकिनेछ ।
७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रसासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ताको काम जारी रहेको आयोगले जनाएको छ । यस्तै, आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोबास रहेकाले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न सक्नेछन् ।
यसअघि १० र २१ मंसिर २०७४ गरी दुई चरणमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको थियो । त्यसबखत प्रदेश सभाको निर्वाचनसमेत एकैपटक गरिएको थियो । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल आगामी २२ मंसिरमा सकिने बताउँदै आएको छ ।
आयोगका अनुसार गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ ।
आयोगले २९ वैशाख २०७९ सम्म १८ वर्ष उमेर पुगेका मतदातालाई स्थानीय तह निर्वाचनमा मतदान गर्न योग्य मानेको थियो । राजधानी दैनिकबाट
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर संघीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेको खुलेको छ ।
काठमाडौंमा जारी केन्द्रिय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो बिषयमा धारणा दिन पनि पार्टीका नेताहरुसँग राय मागेका छन ।
‘ओलीजीले बोलाएर आगमी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्नु भएको छ, यसवारेमा पनि छलफल गर्न जरुरी छ’ ठाकुरको भनाई उद्यृत गर्दै एक नेताले भने । उनका अनुसार सो बिषयमा बालकोटस्थित ओली निवासमा दुई नेता बिच भेटघाट भएको भनिए पनि कहिले भेट भएको हो ? सो भने खुलाएका छैनन ।
लक्ष्मणलाल कर्णको नेतृत्वमा तयार भएको बिद्यान मस्यौंदा संसोधनसहित पारित गर्ने, ५ सय १ सदस्सीय केन्द्रिय समितिलाई पुर्णता दिने, संगठन सुदृढीकरण देखी आगमी निर्वाचनको तयारीसम्मका बिषयमा छलफल गर्नका लागि लोसपा, नेपालको केन्द्रिय कार्यकारिणी बैठक जारी छ । राजधानी बाट
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा मकवानपुर जिल्लामा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने भएको छ ।
शनिबार कांग्रेस मकवानपुरकाे कार्यसम्पादन समितिको बैठकले साउनको दोश्रो साता मकवानपुरमा कांग्रेसबाट निर्वाचित प्रमुख, उपप्रमूख र सदस्यहरुलाई सम्मान गर्ने निर्णय गरेकाे हाे । यसैगरी निर्वाचनमा प्रत्यासी उम्मेदवारहरुलाई हौसला प्रदान गर्ने कार्यक्रम गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अर्जुन चौलागाईंले जानकारी दिए ।
त्यसैगरी बैठकले दुवै मिर्गौलाले काम नगर्ने भइ उपचाररत कांग्रेस मकवानपुरका पूर्व जिल्ला सदस्य रामकृष्ण प्रजाको उपचारको व्यवस्था र आर्थिक संकलनको लागि ३ सदस्यीय समिति समेत बनाएको छ । कांग्रेस मकवानपुर संगठन विभाग प्रमुख शैलेन्द्र बानियाँको संयोजकत्वमा जिल्ला सदस्य कालू घलान र खेम चेपाङ सहित ३ सदस्यीय समिति बनाएकाे हाे ।
नेता प्रजाको उपचार व्यवस्था तथा आर्थिक सहयोग संकलन समिति बनाईएको प्रवक्ता चौलागाईंले बताए । बैठकमा स्थानीय तह निर्वाचनको सम्बन्धमा समिक्षाको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
मकवानपुर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक तत्कालका लागि केन्द्रीय समिति सदस्यको संख्या ५ सय १ सदस्सीय राख्ने विषयमा बस्ने भएकाे छ । केन्द्रिय सदस्यको नाम टुंगो लगाउने बिषयसहितमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ ।
केन्द्रीय समिति सदस्यमा काे काे रहने त्यसका लागि नाम संकलन गर्ने कार्य गरिरहेको लाेसपाले जनाएकाे छ । लोसपा नेपालले सो बिवरण निर्वाचन आयोगमा पेश गर्दैछ । बबरमहलस्थित पार्टी कार्यालयमा शनिवार अपरान्ह १ बजे बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भातृ संगठन गठनलगाय समसामयिक विषयमासमेत छलफल गर्ने भएको छ ।
उता, पार्टीको भातृ संगठनको नाम तय गर्ने देखी त्यसको नेतृत्वको ’मा पनि बैठकले छलफल गर्नेछ भने केही समय अघि प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिकता बिद्येयकलगायतको बिषयलाई समेत समेटेर बुझाएको ज्ञापनपत्रलाई कार्यान्वयन नगरेको विषयमा पनि बैठक केन्द्रित रहने बुझिएकाेछ ।