हेटाैडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीबाट प्रहरीले लागूऔषध अफिम सहित मोटरसाइकल बरामद गरेको छ । चेकजाँचको क्रममा पाँच केजी अफिम र अफिम ओसार्न प्रयोग गरिएको पल्सर मोटरसाइकल समेत वरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिनुभयो ।
नेवारपानीको प्रहरी टोलीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत नेवारपानीमा चेकजाँचका क्रममा मनहरीबाट हेटौँडा तर्फ आउँदै गरेको ना ४३ प ५७८४ नम्बरको मोटरसाइकलबाट ५ केजी अफिम बरामद गरेको प्रहरी उपरिक्षक राठोरले वताउनुभयो ।
प्रहरीको चेकिङ टोली देखेपछी उक्त अफिम भएको झोला छाडेर मोटरसाइकलमा सवार जंगल तर्फ भागेको मकवानपुर राठौँरले बताए । उक्त अफिमको बजार मुल्य ५ लाख बराबरकाे भएकाे बताइएकाे छ । अफिम ओसार्ने माेटरसाइक सवार दुइजना भने फरार रहेकाेमा खोजीकार्य भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए।
हेटौंडा । बागमती प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशभित्र बाढी पहिरोसहित विपदमा ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
वागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।
अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परी बागमती प्रदेशमा ज्यान गुमाउने अहिलेसम्मका २५ जनाको परिवारलाई राहत रकम तुरुन्तै उपलब्ध गराउने भएको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताए ।
त्यसैगरी घाइते भएका व्यक्तिहरुलाई उपचारको व्यवस्था मिलाउने र वेपत्ता भएकाहरुको खोजी कार्य गरी उद्दार गर्न सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिहरुलाई सक्रिय तुल्याइने प्रवक्ता ढुंगेलले बताए ।
उनले विपद् व्यवस्थापन समन्वय समितिलाई सक्रिय तुल्याउन प्रदेश सरकारले आवश्यक स्रोत साधनको व्यवस्था गर्ने जानकारी दिए । वैठकले साउन २ गते बस्ने भनिएको बागमती प्रदेश सभामा प्रदेश आर्थिक कार्यविधि ऐन २०७७ को पहिलो संशोधन र वातावरण अध्यादेश प्रदेश सभामा पेश गर्ने निर्णय भएको मन्त्री ढुङ्गेलले बताए ।
हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई द्वारा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा बाढीका कारण भएको मानविय र भौतिक क्षेति प्रति दुःख व्यक्त गर्नु भएको छ ।अविरल वर्षासंगै आएको भिषण बाढिका कारण मानिसको मृत्यु हुनका साथै अझै मानिस बेपत्ता छन् । भौतिक क्षति पनि त्यतीकै छ । यस घटना प्रति प्रदेश प्रमुख प्रसाईले दुःख व्यक्त गर्नुभएको हो । यस दुःखद घडिमा शोकसन्तप्त परिवारमा समवेदना सहित घाईतेहरुको शिघ्रस्वास्थ्यलाभको कामना समेत उहाँले व्यक्त गर्नुभएको छ ।
खोजि तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारि बनाउन कुनै कसर बाँकि नराख्न बागमती प्रदेश सरकारको उहाँले ध्यानाकर्षण समेत गराउनुभएको छ । मुलुकभर अस्ती रातिदेखि चार दिन लगातार भारी वर्षाहुने तथा विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या हुन सक्ने मौसम पुर्वानुमान गरिएकोले सबै तहको सरकारलाई उच्च सावधानीमा (हाई अलर्टमा) रहन प्रदेश प्रमुख प्रसाइले आग्रह गर्नुभएको छ ।
हालसम्म प्राप्त विवरण अनुसार बाह्रविसे नगरपालिका जम्बुमा दुईजनाको मृत्यू भएको छ साथै पहिरोमा परि यहि गाउँका १८ जना बेपत्ता र तीन जना गम्भिर घाईते भएका छन् । यसै गरि भोटेकोशी गाउँपालिकाको बुलकोटेमा चार जना बेपत्ता र तीन जना गम्भिर घाईते भएका छन् । यस बिपत्तिमा परि हराएकाहरुको खोजी कार्य जारी छ । घाईतेहरुलाई उद्दार गरि अस्पताल पु¥याईएको छ र हालसम्म सबैकोे अवस्था खतरामुक्त छ ।
यो प्राकृतिक विपदमा परि दिवंगत भएकाहरुप्रति भावपूर्ण श्रदाञ्जली व्यक्तगर्नुभएको छ । घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएकमो छ । यस विपदको घडीमा उद्दार र खोजी कार्यमा जुट्नुहुने स्थानिय जनता, जनप्रतिनिधीहरु, विभिन्न राजनीतिक पार्टीका साथीहरु, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारीहरु लगायत सबैमा हार्दिक धन्यवाद समेत उहाँले दिनुभएको छ ।
सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । बाढीका कारण ५ जना गम्भीर घाइते भएका छन् । बाढीले २० भन्दा बढी घर बगाएको छ, ठाउँठाउँमा अरनिको राजमार्ग कटानका कारण अवरुद्ध भएको छ, आधा दर्जन जति सवारी साधनमा बाढीले क्षति पुर्याएको छ ।स्थानीय जम्बु खोलामा बाढी आउँदा बाह्रबिसे नगरपालिका–५ का २० वर्षका निकेश बस्नेत र उनकी डेढ वर्षकी छोरी निउना बस्नेतको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । निकेशकी पत्नी सविना बस्नेत गम्भीर घाइते भएकी छन् ।
जम्बु खोलाको बाढीले बाह्रबिसे नगरपालिका- ५ मा र बुलुकुटे ठाडो खोलाले भोटेकोशी गाउँपालिका-५ मा बढी क्षति पुगेको छ । बाह्रबिसे-५ जम्बु बजारमा १६ जना र भोटेकोशी गाउँपालिकामा ४ जना बेपत्ता भएका छन् ।बाह्रबिसे नगरपालिका–५ जम्बुका भीमबहादुर वाइवा, चिनमाया वाइवा, लीलामाया वाइवा, पासाङ डोल्मा वाइवा, निमा डोल्मा वाइवा, लक्ष्मण वाइवा, सनमाला वाइवा, जनकबहादुर थिङ, सविना तामाङ, आकाश तामाङ, तोकबहादुर तामाङ, सलिनी तामाङ, सुवेश तामाङ र युक्तबहादुर तामाङ बेपत्ता भएका प्रहरीले जनाएको छ । त्यस्तै, मध्यभोटेकोशी हाइड्रोपावर कम्पनीका सेक्रेटरी हिमेश शर्मा, जाइकाका इन्जिनियर आकाश केसी पनि बेपत्ता भएको डीएसपी काफ्लेले जानकारी दिए ।
भोटेकोशी गाउँपालिका–५ मा बुलुकुटे झ्यालेस्थित बुलुकुटे ठाडो खोलामा बाढी आउँदा ६० वर्षका निमा दोर्जे तामाङ, उनकी बुहारी २७ वर्षकी मञ्जु तामाङ, नातिनीहरू ९ वर्षकी पासाङ नुर्बु तामाङ र ६ वर्षकी साहिल तामाङ बेपत्ता भएका छन् । नुर्बुको घर बगाउँदा उनका छोरा फुर्वा र उनकी १० दिनकी छोरी पनि घाइते भएकी छन् । त्यहाँ एउटा डोजर र एउटा जिपमा क्षति भएको छ । बाढीका कारण बाह्रबिसे–५ जम्बुमा ५ जना घाइते भएका छन् । यहाँ बाढीले १५ वटा घरमा क्षति पुर्याएको छ। बाह्रबिसे नगरपालिका–३ खुर्सानीबारीमा भोटेकोशी नदीले अरनिको राजमार्ग कटान गरेका कारण आवतजावत अवरुद्ध भएको छ ।
त्यस्तै, खागदल भन्ने ठाउँमा अरनिको राजमार्गमा रहेको पक्की पुल खागदल खोलाले १५ मिटर कटान गरेको छ । त्यहाँ १०/११ वटा घर, एउटा ग्यारेज, एउटा गाडी, एउटा ट्यांकर, सडक विभागको अलकत्रा बोक्ने एउटा ट्रक र बस बगाएको छ । त्यस्तै बाह्रबिसे नगरपालिका–८ जुरे नजिक भोटेकोशी नदीले १०० मिटर सडक कटान गरेको छ । सिन्धुपाल्चोककै बलेफी गाउँपालिका–७ मा पाँच वटा घर बगाएको छ ।
भोटेकोशी गाउँपालिका– ५ मै झ्यालेखोलाले ठाउँ ठाउँमा सडक कटान गरेको छ । बाढीले ल्याएको माटोका थुप्रिएका कारण कारण अरनिको राजमार्ग अवरुद्ध भएको डीएसपी काफ्लेले जानकारी दिए । बेपत्ताहरुको खोजी भइरहेको उनले बताए ।
हेटौडा/बागमती प्रदेश सभा सचिवालयमा प्रदेश सरकारको तर्फबाट मंगलबार दुई वटा विधेयक दर्ता भएको छ । प्रदेश सचिवालयमा दुई वटा विधेयक दर्ता गरिएको प्रदेश सचिवालयले जानकारी दिएको छ ।
मंगलबार सार्वजनिक सडक तथा परिबहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७७ गरी दुई विधेयक दर्ता भएको सचिवालयका उप सचिव विनोद अमाथ्यले वताए । दर्ता भएको विधेयक अब बस्ने प्रदेशसभाको बैठकमा छलफलको लागि प्रस्ताब टेबुल गरिने अमात्यले जानकारी दिए ।
गत असार १९ गते बसेको बैठकले अर्थिक वर्ष ०७७÷७८ को लागि विनियोजित बजेट पारित गरी प्रदेश सभा अनिश्चित समयकोलागि स्थगित भएको छ ।
हेटौंडाः बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७÷०७८ को विनियोजन विधेयक बहुमतले पास भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले जवाफ दिएपछि बागमती प्रदेशको बजेट बहुमतले पारित भएको हो ।
मन्त्रीहरुको जवाफ पछि नेकपा बाहेक सबै दलहरुले बजेटमा असहमती जनाएपनि नेकपाको स्पष्ट बहुमत भएकोले बजेट पास भएको हो । बजेटमा नेपाली कांग्रेस, विवेकशील साझापार्टी, नेमकिपा, राप्रपा, राप्रपा संयुक्त र एक स्वतन्त्रले बजेटको विपक्षमा रहेका थिए ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७÷७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ । बागमती प्रदेश सरकारले अघिल्लो ०७६÷०७७ को भन्दा ३ अर्ब ८२ करोड बढी बजेट ल्याएको हो । गत आवमा ४७ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । ०७७÷०७८ मा प्रदेश सरकारले चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख रुपैयाँ अर्थात कुल बजेटको ५१ दशमलव १२ प्रतिशत बजेट विनियोजन गरेको छ ।
सबैको समन्वयमा काम गर्छौ ः प्रदेश सरकार
बजेटको छलफलमा उठेको जवाफ दिँदै प्रदेश सरकारले स्बै राजनीतिक दल र सरकार सँग समन्वय गरेर काम गर्ने बताएको छ । जवाफ दिँदै बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसदमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिंदै उनले प्रदेश संघीय र स्थानीय तहसंग मिलेर काम गर्ने बताएका हुन् ।
उनले प्रदेश सरकारले काम गरिरहेको भन्दै आफ्नो घर अघि काम भएमात्रै काम ठान्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे । उनले २ बर्षभित्र प्रदेशभरीमा १ सय ७९ किमि सडक ढलान तथा कालोपत्रे गर्ने काम भएको, ३३ पुल निर्माण, ८ सय ७ किमि सडक निर्माण र ३ सय २० किलोमिटर सडक ग्राभेल भएको बताए ।
उनले कोरोना भाईरसको संक्रमण रोक्न र संक्रमितलाई उपचार गर्न औजार तथा उपकरण खरिद, आईसोलेसन, क्वारेन्टाईन, पिसिआर लगायतका कामका लागि कार्यक्रममा समेटेको छ । ६६ वटै निर्माण क्षेत्रमा स्वास्थ्य उपचारको व्यवस्था गरिएको उनको भनाई छ । उनले कोरोनाका कारण अधुरा योजनाको अवस्था हेरी म्याद थप गर्न संघीय सरकारसंग समन्वय गर्ने बताए ।