मकवानपुर । प्रथम प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत भएकाे पुरुष फुटबल स्पर्धामा ललितपुर जिल्लाले विजयी सुरुवात गरेको छ । आइतबार हेटौंडाको क्याम्पा रंगशालामा भएकाे खेलमा ललितपुरले चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुर जिल्लाले आफ्नो विजयी सुरुवात गरेको हो ।
पहिलो हाफ गोल रहित सकिएपनि खेलको दोस्रो हाफको ६८ मिनेटमा ललितपुरका बसन्त तामाङले गरेको गालेनै ललितपुरका लागि निर्णायक गोल बन्न पुग्यो । सोमबार दुईवटा खेल हुनेछन् । पहिलो खेल रामेछाप र सिन्धुपाल्चोकबीच हुनेछ भने दोस्रो खेल मकवानपुर र नुवाकोटबीच हुने फुटबल खेल संयोजक कल्पना शर्माले बताइन् ।
त्यस्तै आइतबार नै हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितामा चितवन, सिन्धुली, रसुवा, काभ्रेपलान्चोक, ललितपुर, रामेछाप, धादिङ र नुवाकोट जिल्ला सोझो सेटले विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आज ब्याटमिन्टन खेलका एकल खेलाडी र डबल खेलाडीबीच ३० खेल खेलाइएको थियो ।
महिला तर्फभने चितवन, धादिङ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक,नुवाकोट, मकवानपुर र दोलखा जिल्ला क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहानबाट क्वाटरफाइनलका खेल खेलाइने बताइएकाे छ ।
प्रदेश खेलकुद विकास परिषद् बागमतीकाे आयोजनामा शनिबार हेटाैडामा उद्घाटन भएकाे प्रथम प्रदेश खेलकुद प्रतियाेगिता अन्तरगत मकवानपुरमा आइतबारबाट फुटबल र व्याडम्निटन खेल सुरु भएको हाे । मकवानपुरमै चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा सोमबारबाट भलिबल र क्रिकेट खेल खेलाइने कार्य तालिका रहेकाे छ ।
त्यस्तै, सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने परिषद्ले जनाएकाे छ । प्रतियोगिताको लागि ८ करोड ४ लाख रकम खर्च हुने अनुमान आयाेजकले गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।
मकवानपुर /तीन महिनापछि आज आइतबार बसेको बागमतीको प्रदेशसभा बैठकमा २ वटा बिद्येक पारित भएका छन् ।
बैठकमा सामाजिक विकास मन्त्री कुमारी मोक्तानको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रतिवेदनसहित प्रस्तुत गरेको प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येक पारीत गरिएको छ ।
यसैगरी पर्यटन तथा संस्कृति मन्त्री दिपेन्द्र श्रेष्ठको तर्फबाट उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन सहितको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येक सर्वसम्मतिले पारित भएका छन् ।
आज कै बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले २ विद्येक पेश गरेका छन् ।
खनालले प्रदेश विपद व्यस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको बिद्येक, प्रदेश संचारमाध्यम व्यवस्थान ऐन २०७५ लाई संशोधन गर्न बनेको विद्येक र प्रदेश अनुसन्धान व्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको बिद्येक पेश गरेका हुन् ।
खनाले पेश गरेको केही प्रदेश ऐन संशोधन गर्न बनेको विद्येक दफावार छलफलका लागि संसदीय समितिमा पठाउने निर्णय भएको सभामुख सानुकुमार श्रेष्ठले बताए ।
मकवानपुर । प्रथम प्रदेश खेलकुद प्रतियोगिताको हेटाैंडामा उद्घाटन गरिएकाे छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रथम खेलकुद प्रतियोगिताको शनिबार हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा एक समारोहबीच उद्घाटन गरेका हुन् ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजना हुने प्रथम खेलकुद प्रतियोगिताको मुख्यमन्त्री पाण्डेलेओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धर हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । शनिवार उद्घाटन गरिए पनि प्रतियाेगिता अन्तरगतका खेलहरु फागुन २९ गते आइतबारबाट सुरु हुने भएकाे छ । उद्घाटन कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुती, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न तामाङ, नेवाः, थारु समुदायले आफ्नो झाँकी तथा खैजेडी र पञ्चेबाजाको साँस्कृतिक कार्यक्रम भव्य प्रस्तुत तथा प्रदर्शनी गरिएकाे थियो ।
कार्यक्रममा पिप्ले क्याम्पा रंगशाला निर्माणमा योगदान गरेका पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्ले युवा क्बलका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो गायन तथा नृत्य प्रदर्शन गरेका थिए ।

प्रतियोगिता मकवानपुरसहित चितवन, काभ्रे, काठमाडौं र सिन्धुपाल्चोक गरी ५ जिल्लामा विभिन्न खेलको आयाेजना हुनेछ । मकवानपुरकाे हेटाैडामा फागुन २९ गते आइतबारबाट पुरुष फुटबल, व्याडम्निटन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट खेल सुरु हुने छन् । प्रतियाेगिता अन्तरगत सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्सका खेल हुने छ । त्यस्तै, काभ्रेमा चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने बताइएकाे छ ।
८ करोड ४ लाख खर्च हुने अनुमान गरिएकाे प्रतियाेगितामा बिभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउने छन् । १ हजार २ सय पुरुष खेलाडी र ९ सय महिलाले खेलाडीले प्रतियाेगितामा भाग लिने आयाेजकले जानकारी दिएकाे छ । खेलको समापन कार्यक्रम चैत्र १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन् । प्रमुख शर्मा र उनकी श्रीमती उर्मिला शर्मा चौलागाईंले मृत्यु पछि शरीर दान गर्ने मन्जुरीपत्रमा हस्ताक्षर गरेका हुन् । ललितपुरको ग्वार्को बसोबास गर्दै आएका ६६ वर्षिय शर्मा दम्पतीले ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई मृत्युपछि आफ्नो शरीर दान गर्ने निर्णय गरेका हुन् ।
चिकित्सा विज्ञान अध्ययन गर्ने विद्यार्थीको पढाईका लागि उपयोगी होस् भनेर आफूहरुले मृत्युपछि शरीर दान गर्ने निर्णय गरेको प्रदेश प्रमुख शर्माले बताए । विगत ८ वर्षदेखि आफ्नो मुटुमा पेसमेकर राखिएकाले सो बारेमा विद्यार्थीहरुलाई अध्ययनका लागि उपयोगी होस् भन्ने अपेक्षाले मृत्युपछि शरीर दान गर्ने निर्णय लिइएको प्रमुख शर्माको भनाई छ ।
मृत्युपछिको शरीर दान गर्नका लागि आवश्यक प्रकृया केही समयअघि देखि थालेपनि हिजो शुक्रबार आवश्यक कानूनी प्रकृया पूरा भएको प्रमुख शर्माले बताए । मृत्युपछि दान गरिएका शव चिकित्सा विज्ञानमा परीक्षणका लागि उपयोगी हुने भएकाले इच्छुक व्यक्तिले शरीर दान गर्नसक्ने किस्ट मेडिकल कलेज प्रशासन शाखाकी सरिता हाडाले जानकारी दिइन् ।
चिकित्सा विज्ञान पढ्ने विद्यार्थीको प्रयोगात्मक पढाईका लागि वेवारिसे शवमा भर पर्नु पर्ने अवस्थामा मृत्युपछि शरीर दान गर्न इच्छा राख्नेबाट विद्यार्थीलाई अध्ययनका लागि सहजता हुने मेडिकल कलेजका प्राध्यापकहरुको भनाई छ । नेपालमा मृत्युपछि शरीर दान गर्ने प्रावधान २०७५ साल भदौ १ गतेबाट सुभारम्भ भएपछि अहिले विभिन्न क्षेत्रका व्यक्तित्वले मृत्युपछि शरीर दान गर्न इच्छा राखेको आफूहरुकोमा निवेदन दिएको हाडाले बताइन् ।
मकवानपुर । प्रदेश खेलकुद विकास परिषद् बागमतीकाे आयोजना हुने प्रथम प्रदेश खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा हुन लागेको प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको तयारी पुरा भएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले बताए ।
प्रदेश राजधानी हेटौंडामा शनिबार बृहत रुपमा प्रतियोगिताको उद्घाटन गरिने भएकाे छ । हेटौंडाको क्याम्पाचौरमा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुती, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न झाँकी तथा साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरी प्रतियोगिताको उद्घाटन गरिने भण्डारीले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्ने कार्यक्रम रहेको छ । मकवानपुर, चितवन, काभ्रे, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा विभिन्न खेलको प्रतियोगिता गराइने भएकाे छ । भण्डारीका अनुसार मकवानपुरमा २९ गते आइतबारबाट पुरुष फुटबल, व्याडम्निटन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट खेल सुरु हुने उनले बताए ।
प्रतियाेगिता अन्तरगत सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्सका खेल हुने छ । त्यस्तै, काभ्रेमा चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव भण्डारीले बताए ।
प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।