मकवानपुर । बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले सपथ लिएका छन् । साेमबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायधिवक्ता नेपाललाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
सोमबार प्रदेश प्रमुखको कार्यालय बागमतीमा आयोजित सपथ समारोहमा मुख्य न्यायाधीश पुडासैनीले नेपाललाई पद तथा गाेपनियताकाे सपथ गराएको प्रदेश प्रमुखको कार्यालय बागमती हेटौंडाले जनाएको छ ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ स्थायी घर भएका नेपाललाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा गत माघ १२ गते विहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेका हुन् । नेपाललाई प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
मुख्य न्यायाधिवक्ता नेपालकाे सपथ समारोहमा मुख्यमन्त्री जम्कट्टेल र प्रदेशका अन्य मन्त्रीहरुकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले आयोजना गरेको निबन्ध प्रतियोगितामा रेजा विष्ट प्रथम भएकी छिन् । प्रतियोगितामा ९५ जना प्रतिस्पर्धीलाई पछि पार्दै विष्ट प्रथम भएकी हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित माध्यमिक तहस्तरीय निबन्ध प्रतियोगितामा १० कक्षामा अध्ययनरत विष्ट प्रथम भएकी हुन् । नवोदय शिशुसदन हेटौंडा–४ मा अध्ययनरत विष्टले प्रतियोगिताका ९५ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी आयोगका उपसचिव विष्णु प्रसाद सापकोटाले जानकारी दिए ।
बागमती प्रदेश भित्रका विद्यालयहरुमा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुकाे सहभागिता प्रतियोगितामा काठमाडौं मोडेल सेकेण्डरी स्कुलका कक्षा १२ मा अध्ययनरत आकांक्षा पाण्डे द्वितीय र पोलार स्टार सेकेण्डरी इङ्लिस बोर्डिङ स्कूल भरतपुर–८ चितवनमा कक्षा ११ मा अध्ययनरत आदित्य सापकोटा तृतीय भएकाे सापकाेटाले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको निबन्ध मुल्याङ्कन समितिको १५ माघमा भएको बैठकको निर्णयबाट नतिजा सार्वजनिक गरिएको उपसचिव सापकोटाले जानकारी दिए ।
केशव भट्टराई
चितवन । रत्ननगर नगरपालिकाका मेयर, उपमेयरलगायत जनप्रतिनिधिहरुको टोलीले रत्ननगर–५, ६ र ७ भित्र भएका पछिल्ला विकास निर्माणका आयोजनाहरुको अनुगमन गरेको छ ।
नगरप्रमुख प्रल्हाद सापकोटा, उपप्रमुख यादवप्रसाद पाठक, वडा नं–५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, वडा नं–६ का वडाध्यक्ष किरण चौधरी, वडा नं–७ का वडाध्यक्ष सजना महतो, आर्थिक समितिका संयोजक एवं वडा नं–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, इन्जिनियर पंकज गिरीलगायतको टोलीले नगरभित्र चालू अवस्थामा रहेका ठूला र नगरगौरवका आयोजनाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो ।
नगरप्रमुख सापकोटाको नेतृत्वमा विभिन्न आयोजनाहरुको स्थलगत अनुगमनमा निस्किएको नगरको टोलीले रत्ननगर–६ र ७ मा नमुना पर्यटकीय मार्गअन्तर्गत भइरहेको साइकल लेन, नाला र फुटपाथसहितको १५ मिटर सडक, राप्ती ड्याकदेखि मगरटोल हुँदै खैरहनी बोटेतालसम्म सडकको अधिकारभित्र पर्ने स्थायी तथा अस्थायी संरचना भत्काउन निर्देशन दिएको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी भवन निर्माण आयोजनाको लागि लोहनी–लोहनी एन्ड सन्स्–हेमन्त जेभी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भई आयोजनाको काम अगाडि बढेको छ । सो कम्पनीलाई निर्माण सामग्रीको गुणस्तरदेखि समयमै काम गर्न निर्देशन दिइएको नगरप्रमुख सापकोटाले बताए ।
यस्तै, प्रदेश मन्त्रालयको आव २०७९/०८० को समपुरक योजनाअन्तर्गत वडा नं ६ राप्ती ड्याक मालपुरको चराचोक हुँदै निर्माणाधीन नाला, फुटपाथसहितको नमुना पर्यटकीय सामुदायिक मार्गको पनि अवलोकन तथा अनुगमन गरी निर्माण कम्पनी शिवम् कन्ट्रक्सनलाई गुणस्तरमा कैफियत नगरी काम गर्न निर्देशन दिइएको छ ।
वडा नं–६ का वडाध्यक्ष किरण चौधरीका अनुसार जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा दुवै आयोजनाको काम अगाडि बढेको बताए । उनले भने, ‘निर्माण सामग्रीको गुणस्तरमा कुनै सम्झौता हुँदैन । निर्माण कम्पनीलाई कुनै बहानामा ढिलासुस्ती गर्न छूट छैन ।’
नगरका कुनै पनि विकास निर्माणका आयोजनाहरुको विशेष अनुगमन गरिरहेको बताउँदै नगरप्रमुख सापकोटाले विकास निर्माणका आयोजनाहरुमा ढिलाइ गर्ने, लापर्बाही गर्ने र राजनीति गर्न खोज्नेलाई नगरले कडारूपमा कारबाही गर्ने चेतावनी दिए । ‘विकास निर्माणमा अवरोध पुर्याउन खोज्ने र पुर्याउने दुवैलाई कारबाही गरिन्छ’, उनले भने, ‘विकासका काममा तेरो र मेरो भनेर ढिलासुस्ती गर्ने ठेकदारहरुलाई क्रमैसँग नगरपालिका कारबाहीमा उत्रिन्छ ।’
‘हामी रत्ननगरलाई रत्न बनाउने अभियानमा छौँ’, नगरप्रमुख सापकोटाले भने, ‘विकास निर्माणका कामले गति लिइरहेको छ । हामी नमुना नगरका रूपमा स्थापित गर्न प्रयत्नशील छौँ ।’
मकवानपुर । नेपालमा कुष्ठराेगका नयाँ विरामी २ हजार २ सय ८५ जना रहेकाे छ । बागमती प्रदेशकाे राजधानी हेटाैडामा ७० ओैं विश्व कुष्ठराेग दिवसकाे सन्दर्भ पारेर सराेकारवालासँग अन्तर्क्रिया कार्यक्रममा उक्त कुरा बताइएकाे हाे ।
आइतबार बागमती प्रदेशकाे राजधानी हेटाैडामा दिवसकाे सन्दर्भ भएकाे अन्तर्क्रिया कार्यक्रममा बागमती प्रदेश स्वास्थ्थ निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले गत वर्षकाे अन्त्यमा उपचार गराएका विरामीकाे संख्या २ हजार ३ सय ७३ जना रहेकाे जानकारी दिए । उनले विशेष गरि कुष्ठराेग राेगबाट बढी प्रभावित मधेष प्रदेशमा रहेकाे पाईएकाे बताए । श्रेष्ठले भने वागमती प्रदेशकाे चितवनमा प्रति १० हजारमा ०.५५ प्रतिशत कुष्ठराेगी रहेकाे बताए । मकवानपुर जिल्लामा समेत केही कुष्ठराेगी भएकाे उनले जानकारी दिए ।
अन्तर्क्रिया कार्यक्रममा कुष्ठराेग माइक्राेव्याक्टरियम लेप्ने नामक सूक्ष्म किटाणुबाट लाग्ने र कम सर्ने राेग भएकाे निर्देशक श्रेष्ठले जानकारी दिए । मानिसबाट मानिसमा स्वास्प्रस्वासकाे माध्यमबाट सर्ने राेग भएकाेले उपचारमा जति ढिला भाे उति नै अपाङ्गता हुनसक्ने श्रेष्ठले बताए । ‘कुष्ठराेग भन्ने बित्तिकै लाल्छाना र भेदभावकाे चरम सिकार हुनु परेका छन्’ उनले भने– ‘सुरुकै अवस्थामा राेग पत्ता लगाएर उपचार गरे शरीरका विभिन्न अंगकाे क्षति हुँदैन ।’ कुष्ठराेग र हात्तिपाइले राेगका कारण अपाङ्गतामा बृद्वी हुने हुदाँ यस्काे निवारणमा सवै लाग्नु पर्ने उनकाे भनाइ थियाे ।
कुष्ठराेगका विरामीहरु वागमती प्रदेशकाे मकवानपुर र चितवनमा केहि देखिएकाे पाईएतापनि साे काे नियन्त्रणका लागि प्रदेश सरकारले याेजना तथा वजेटका कार्यक्रम नै नराखेकाे पाइएकाे बताइएकाे छ । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा नरेन्द्र कुमार झाले कुष्ठराेग सरुवा राेग भएकाे तर राेग लागेका व्यक्तिले ओैषधि सेवन सुरु गरे पश्चात् ९९ प्रतिशत नसर्ने जानकारी दिए ।
कुष्ठराेगका कारण अपाङ्गता हुने दर उच्च रहेकाे छ भने स्थानीय स्तरमा संक्रमण बृद्धी हुदै गएकाे पाइएकाे अन्तर्क्रियामा बताइएकाे छ । सामाजिक भेदभाव कायम हुनु, कार्यक्रमकाे अभिलेख दुरुस्त नहुनु, सराेकारवालाहरुकाे कम चासाे लगायतका समस्याहरुले राेग निवारणमा कठिनाई भएकाे बताइएकाे छ । मुलुकि देवानी ऐन २०७४ काे दफा ७१ मा कुष्ठराेग रहेकाे जानकारी नदिइ झुक्काएर विवाह गरेमा उक्त विवाह स्वतः रद्द हुने भनी व्यवस्था गरेकाे कारण राेगवाट पिडितलाई थप पीडा दिने काम गरेकाे झाले बताए । उनले मुलुकी देवानी संहिताकाे उक्त दफा संसाेधन गरी हटाउनु पर्नेमा जाेड दिएका थिए ।
प्रदेश स्वास्थ्य निर्देशनालयकाे आयाेजनामा सराेकारवाला र संचारकर्मीसँग भएकाे अन्तरक्रिया कार्यक्रम निर्देशक श्रेष्ठकाे सभाध्यक्षतामा भएकाे थियाे । विश्व कुष्ठराेग दिवस हरेक वर्ष जनवरी २९ तारिखमा मनाउने गरिएकाे छ ।
मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ स्थायी घर भएका नेपाललाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेका हुन् ।
नेपाललाई प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको प्रदेश प्रमुख कार्यलयका प्रवक्ता प्रकाश चापागाईले जानकारी दिए ।
