मकवानपुर/हेटौंडा भेन्ट्रान्स क्लबको आयोजनामा ८ ए साइड भेट्रान्स कप फुटबल प्रतियोगिता मंसिर २७ गतेबाट सुरु हुने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी भेट्रान्स कपको सातौँ संस्करण मंसिर २७ गतेबाट हेटौंडा–५ पिप्ले स्थित क्याम्पा रंगशालामा हुने क्लबले जनाएको छ । प्रतियोगितामा २० टिमले प्रतिस्पर्धा गर्ने भएको प्रतियोगिताका संयोजक मणिराज गौतमले जानकारी दिए ।
प्रतियोगिता लागि करिब १२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, रोटरी क्लब अफ मकवानपुरलगायत अन्य संघसस्थाहरुले सहयोग गरेका छन् । खेल अवधिभर स्वास्थ्य मापदण्डको पालना गर्न खेलाडी, दर्शकहरुलाई निशुल्क मास्क र स्यानिटाइजरको पनि व्यवस्था गरिने संयोजक गौतमले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै द्वितीय हुने टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । उत्कृष्ट विधा अन्रतरगत कोच, फरवार्ड, गोलकिपर, डिफेन्स र मिडफिल्डरले समान ५–५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
हेटौंडा भेट्राक्स क्लबका उपाध्यक्ष नवराज बज्राचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा छैठौँ भेट्रान्स कपका संयोजक कविन संगामी, सदस्यहरु सञ्जय थापा, कृष्ण महर्जन, सुदीप शिवाकोटी लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । १९ औं संस्करणको स्व. लक्ष्मीमाया बज्राचार्य स्मृती जिल्ला स्तरिय खुल्ला रनिङ्ग शिल्ड भलिवल प्रतियोगिता मंसिर १६ गते विहीबारबाट हुने भएको छ ।
प्रतियाेगिताकाे आयोजक बसामाडी जेसीजले विहीबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगिता आगामी मंशिर १६ देखि १९ गतेसम्म हेटौंडा–१७ हटियास्थित नेपालचौरमा हुने मुल कार्यक्रम संयाेजक जेसी करण महत्राले जानकारी दिए ।
स्वर्ण भण्डार हेटौंडाका सञ्चालक ज्योतिरत्न बज्राचार्यकाे प्रायोजन रहेकाे प्रतियोगितामा १२ देखि १६ टिमले भाग अनुमान आयाेजकले दिएकाे छ । प्रतियोगिताको विजेताले ६५ हजार र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको बसामाडी जेसीजका अध्यक्ष गौतम केसीले जानकारी दिए । प्रतियोगितामा जिल्लाका १२ देखि १६ टिमको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिताको १८ औं संस्करण हेटौंडा–१२ ले जितेको थियो ।
मकवानपु । मकवानपुरमा “अन्तरपालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता” हुने भएको छ । जिल्ला समन्वय समितिको ८४औं बोर्ड बैठकले जिसस मकवानपुरको आयोजना एवम् जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनामा आगामी मंसिर १८ देखि २५ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बोर्ड बैठकले जिल्लाका १० वटै स्थानीय तहहरुको सहभागिता हुने गरि प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
जिससले गत वर्ष प्रतियोगिता आयोजना गर्ने तयारी गरेकोमा अन्तिम अवस्थामा आएर कोभिडका कारण स्थगित गरेको थियो । स्थानीय स्तरमा फुटबलको विकास गर्ने, नयाँँ खेलाडि उत्पादन गर्ने तथा राष्ट्रिय प्रतियोगिताका लागि खेलाडि छनोट गर्न समेत मद्धत पुग्ने उदेश्यका साथ जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको प्रमुख खुलालले बताए ।
करिब ७ लाख ५८ हजार लागत अनुमान गरिएको प्रतियोगितामा बिजेताले नगद २ लाख र उपविजेताले १ लाखसहित शील्ड, मेडल तथा प्रमाणपत्र तथा विभिन्न विधागत रुपमा समेत पुरस्कारको व्यवस्था गरिएको छ । आगामी १५ गतेसम्म जिल्ला खेलकुद विकास समितिमा स्थानीय तहको सिफारीस सहितको टिम दर्ता गराईक्नु पर्नेछ । नकआउट ज फुटबल प्रतियोगितामा आफ्ना खेलाडीहरूको सम्पुर्ण व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नुपर्ने छ ।
यस्तै बैठकले आगामी नोवेम्बर २५ बाट सुरु हुने महिला हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा अन्तरकृया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको उनले बताए । बैठकले १६ दिने अभियानमा अन्तरक्रियाको ब्यवस्थापन तथा संचालन गर्ने जिम्मा जिसस उपप्रमुख भगवती पुडासैनीलाई दिने निर्णय गरेको छ । बैठकमा जिसस सदस्यहरु देवराज रिमाल, सिता अधिकारी, सरिता विक, बुद्धिबहादुर मोक्तान, समन्वय अधिकारी आनन्दराज पोखरेललगायत कार्यालयका अन्य कर्मचारीहरुको उपस्थिती थियो ।
मकवानपुर । स्वर्गिय केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधी हटिया स्पोर्टले जितेको छ । आइतबार भएको फाइनल खेलमा थाहा नगरको विनयबाबु स्मृति प्रतिष्ठानलाई ३–२ सेटले पराजित गर्दै आयोजक हटिया स्पोर्टस ऐकेडेमीले उपाधी चुमेको हो ।
हेटौंडामा जारी प्रतियाेगिताकाे विजयी हटिया स्पोर्ट एकेडेमीले नगद ६० हजार प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको विनयबाबु स्मृति प्रतिष्ठानले नगद ४० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
मकवानपुर । मकवानपुरगढीकाे आमभन्ज्याङ युवा क्लबले बिनयबाबु स्मृति भलिबल प्रतियोगिताको उपाधि हाल पारेकाे छ । बिनयबाबु स्मृति प्रतिष्ठानले थाहा नगरपालिकामा आयोजना गरेको जिल्ला स्तरीय बिनयबाबु स्मृति रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको आमभन्ज्याङ युवा क्लब मकवानपुरगढीले जितेकाे हाे ।
थाहा नगरपालिका वडा न २ मा रहेको खेल मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा आमभन्ज्याङ युवा क्लबले आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानलाई २५-१८, २६-२४, १५-२५, २७- २५ को सेटमा पराजित गरि उपाधि हात पारेको हो। उपाधि जितेसंगै आमभन्ज्याङले ५१ हजार ५१ रुपैयाँ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ। उपबिजेता आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानले २६ हजार २६ प्राप्त गर्दै चित्त बुझाएको छ।
जारी प्रतियोगिताको उत्कृष्ट खेलाडी आमभन्ज्याङका बिशाल गोपाली, उत्कृष्ट स्पाइकर आयोजकका सबिन कार्की, उत्कृष्ट सेटर आमभन्ज्याङका अजय माझी, उत्कृष्ट ब्लकर आयोजकका मनिश लामा, उत्कृष्ट डिफेण्डर आमभन्ज्याङका रोशन गोपाली, उत्कृष्ट कोच आमभन्ज्याङका रन्जन अमात्य, उदयमान खेलाडी आमभन्ज्याङका अमृत तिमिल्सिना घोषित भएका थिए ।
कात्तिक १६ देखि भएको भलिबल प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता समापन समारोहमा शिक्षा तथा खेलकुदको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका जनकल्याण माबि पालुङका प्रधानध्यापक सानोभाई कार्कीलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।