मकवानपुर । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकपमा साेमबारकाे खेलमा संकटा क्लबलाई हराउँदै ए डिभिजन लिग विजेता मछिन्द्र क्लब सेमिफाइनल प्रवेश गरेकाे छ । पुलिसक्लब लाई हराएर क्वार्टरफाईनलमा पुगेको संकटालाई १–० ले हराउँदै मछिन्द सेमिफाइनल पुगेकाे हाे ।
खेलको २४ औं मिनेटमा मछिन्द्रका राजेश परियारले गरेको गोल नै निर्णायक भएको थियो । खेलकाे म्यान अफ दी म्याच बन्दै परियारले १० हजार नगद प्राप्त गरेका छन् । मछिन्द्रले खेलमा निरन्तर दबाब राखेता पनि स्कोर भने बढाउन सकेको थिएन ।
मछिन्द्रले फाईनल प्रवेशको लागि अब आयोजक रिगल रिसोर्ट मकवानपुर ११ सँग खेल्नेछ । यस्तै भोली विदेशी टोली अफ्रिकन रुट्स एशोसिएसन क्यामरुन र बागमती युवा क्लब सर्लाही खेल्ने छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ ।
त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ ।
मकवानपुर । हेटौंडामा जारी ‘स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप अन्तरगत आइतबार भएकाे खेलमा बागमती युवा क्लब सर्लाहीले विभागीय टिम सशस्त्र प्रहरी बल(एपिएफ)लाई हराएकाे छ ।वन विज्ञान अध्ययन संस्थानकाे खेल मैदानमा भएको खेलमा एपिफलाई बागमती युवाले २–१ ले हराएको हो ।
बागमतीको पहिलो गोल विक्रम धिमालले हेड मार्फत गरेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको ३७ मिनेटमा धिमालको गोलबाट अग्रता लिएको बागमतीले ७४ औं मिनेटमा सागर शाहीले फ्रि किकबाट आएको पासलाई डि बक्स भित्र सदुपयोग गर्दै जाली चुमाएका थिए । खेलकाे म्यान अफ दी म्याच बागमतीका विक्रम धिमाल भएका छन् ।
दोस्रो गोल पछि दबाबमा आएको एपिएफले ८० मिनेट पनि निरन्तर बागमती युवा क्लबलाई दबाबमा राखेको थियो । बागमती युवा क्लबका खेलाडीले डि बक्स भित्र हातले बल छुँदा एफिएफले पेनाल्टी पाएको थियो । पेनाल्टीको रवि थिङले सदुपयोग गरेर खेलमा फर्काउन खोजेता पनि स्कोर भने बढाउन नसकेको हो ।
सेमिफाइनल प्रवेशका लागी बागमती युवा क्लब सर्लाहीले विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनसँग मंगलबार प्रतिस्पर्धा गर्ने छ ।
मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा आयोजना भएको तेस्रो संस्करणको फुटबल प्रतियोगिता अन्तरगत सोमबार संकटा क्लब र मच्छिन्द्र क्बल विच खेल हुने आयोजकले जनाएको छ । चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक विदेशीसहित छ वटा ए डिभिजन, आयोजक र दुईवटा मोफासलका क्लब गरी दश टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्ने छन् ।त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ ।
मकवानपुर । बागमती गाउँपालिका खेलकुद बिकास समितीको आयोजनामा चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता -२०७७ आगामी चैत १३ गतेबाट सुरु हुने भएको छ । चेत २३ गतेसम्म संचालन हुने फुटबल प्रतियोगितामा देश भरका विभिन्न स्थानबाट १० वटा क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।
देशको ए डिभिजन क्लबको समेत सहभागिता हुने खेलकुद विकास समिति सदस्य तथा जनता माबिका प्रध्यानाध्यापक वसन्त राईले बताए । खेलसँगै समृद्धि जोडिएकोले व्यावसायिकहरुले पनि सहयोग र साथ दिन उनले आग्रह गरे ।
छोटो समयमा धेरै तयारी गरेर खेलको तयारी थालिएको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले बताए । नियमित खेलकुद प्रतियोगिता गरिदाँ खेलसँगै शिक्षा क्षेत्रको विकास हुने अध्यक्ष घलानले बताए । “गाउँपालिका भित्र रंगशालाको समेत आवश्यकता खड्किएकोले बढी चासो र आकर्षक आवश्यक छ” अध्यक्ष घलानले भने । आन्तरिक खेलाडीलाई मनोबल बढाउन र उत्कृष्ट खेलाडी बनाउने अवसर सिर्जना गर्न खेललाई निरन्तरता दिएको अध्यक्ष घलानले बताए ।
खेल क्षेत्रको विकाससँगै स्थानीय क्षेत्रको विकाससँग जोडिएकोले आफूहरूले नियमित खेल जारी राखेको बागमती गाउँपालिका खेलकुद विकास समिति सचिब प्रमोदकुमार राईले बताए । नगद १ लाखबाट सुरु गरिएको यो खेलमा समयसापेक्ष पुरस्कार राशि बढाउदै आएको बागमती गाउँपालिकामा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ बागमती गाउँपालिका वडा नम्बर ८ शान्तिपुर स्थित जनता माबिको चौरमा खेल हुनेछ । दैनिक ७ देखि १० हजार जनाले खेलको अवलोकन गर्ने खेलकुद विकस समिति अध्यक्ष भीमबहादुर राई बताए । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रती खेलाडी ५/५ हजार प्रदान गरिने छ ।
फुटबल प्रतियोगिताको पुरस्कार राशि यसवर्ष केही बढाइएको छ । गतवर्ष बागमती गोल्डकपको तेस्रो संस्करणको विजेताले नगद ६ लाख रुपैयाँ प्राप्त गरेका थिए । उपविजेता हुने समूहले ३ लाख रुपैयाँ प्राप्त गरेका थिए । बागमती गाउँपालिका खेलकुद विकास समितिले गत वर्षको तुलनामा प्रथम पुरस्कारमा २ लाख र द्वितीय पुरस्कारमा १ लाख रुपैयाँ थप गरेको हो ।

कुलखर्च चौहत्तर लाख, पैतालिस हजार अनुमान गरिएको र मुख्य प्रायोजक बागमती गाउँपालिकाले ३५ लाख आर्थिक सहयोग गर्ने बागमती गाउँपालिका खेलकुद विकास समिति पुर्व अध्यक्ष ध्रुव थापाले बताए । अपुग रकमका लागि उद्योगी व्यापारी तथा अन्य गाउँपालिकासँग सहकार्य गरिने उनले बताए ।
प्रतियोगितामा ए पि एफ क्लब काठमाडौ,नेपाल पुलिस क्लब काठमाडौ, च्यासल युवा क्लब ललितपुर,संकटा युवा क्लब काठमाडौ, जाउलाखेल युवा क्लब ललितपुर, मछिनन्द्र क्लब काठमाडौं, बागमती युवा क्लब सर्लाही , नव जनता जागृती युवा क्लब सिमरा, थ्री स्टार युवा क्लब काठमाडौ, हेटौंडा ११ हेटौंडा सहभागी हुन सक्ने आयोजकले बताएको छ ।
स्थानीय खेलाडी उत्पादन गर्ने र उनीहरुको सीप र कौसलतालाई प्रोत्साहन गर्ने मुख्य उद्देश रहेको उनले बताए । यसभन्दा अगाडि सम्पन्न गरिएको तीन वटा खेलको अनुभवलाई समेट्दै खेल सम्पन्न गर्ने तयारीमा लागेको आयोजकले जनाएको छ ।
तेस्रो बागमती गोल्ड कपको उपाधी र दोस्रो बागमती गोल्ड कप २०७५ को उपाधी सरस्वती क्लब काठमाडौं र पहिलो बागमती गोल्ड कप २०७५ को उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुलीले पोल्टामा पारेका थिए ।
मकवानपुर । हेटौंडामा जारी ‘स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करण’ को शनिबार भएकाे खेलामा खेलमा संकटा क्लब विजयी भएको छ । हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा आज भएको खेलमा संकटाले विभागिय टोली नेपाल पुलिस क्लबलाई १–० ले हराउँदे क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
पुलिस क्लबले खेलमा दबाब कायम राखेता पनि स्कोर भने निकाल्न नसक्दा खेलको नतिजा संकटाको पक्षमा आएको हो । खेलको ३१ औं मिनेटमा संकटाका तर्फबाट विदेशी खेलाडी एको लुईच क्लेले गरेको गोल नै अन्तिम निर्णय भएको थियो । पुलिसले गरेको दुई प्रहार मध्ये एउटा संकटाका गोलरक्षकले बचाएका थिए भने एउटा बारमा लागेको थियो । पुलिसले बललाई नियन्त्रणमा लिएता पनि लक्षित प्रहार भने गर्न सकेको थिएन ।
प्रतियोगिता अन्तर्गत इतबार नेपाल ए.पी.एफ र सर्लाहीको बागमती युवा क्लबबीच खेल हुने आयोजकले जनाएको छ । मकवानपुरका स्थानीय तहहरुको सहयोगमा जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा ए–डिभिजनका क्लबहरु सहित १० वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ ।
मकवानपुर । फागुन २७ गते विहीबारबाट बागमती प्रदेशको राजधानी हेटौंडामा सूरु भएको स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करणको शुक्रबार भएकाे दोस्रो खेलमा त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ ।
वन विज्ञान क्याम्पसकाे खेल मैदानमा भएकाे शनिबारकाे खेलमा ‘ए’ डिभिजन टिम जावालाखेल युथ क्लबलाई टाईब्रेकरमा हराउँदै आर्मीले सेमिफाइनल यात्रा पक्का गरेको छ । खेलको निधार्रित समयमा गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रकेरमा आर्मीका गोलरक्षक विश्वास चौधरीले जावलाखेलको दुई प्रहार रोकेपछि खेलको नतिजा आर्मीको पक्षमा आएको हो । म्यान अफ दी म्याच बनेको चौधरीले जावलाखेलका विदेशी खेलाडी विडेल लुईज र राजेन्द्र रावलको प्रहार रोकेका थिए ।
जावलाखेलको लागि विदेशी खेलाडी फोडे फफना र रुपबहादुर लामाले गोल गरेका थिए । यस्तै आर्मीको लागि टाईब्रेकरमा टंक बस्नेत, दिपक गुरुङ, विकास तामाङ र सेसेहाङ आङदेम्बेले गोल गरेका थिए । शनिबार खेलमा नेपाल पुलिस र संकटा क्लब भिड्ने छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ ।
चैत्र ७ गते सम्म चल्ने प्रतियोगितामा गितामा लिग च्याम्पियन मछिन्द्र सहित ए डिभिजनका ६ वटा क्लब, एक विदेशी (अफ्रिकन रुटुस एशोसिएसन ढुवल क्यामरुन), साविक विजेता मकवानपुर–११ र दुई मोफसलका टोलीले सहभागिता जनाएको छ ।