मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले शनिवार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको गरेको छ । कांग्रेस हेटौंडा उपमहानगर समितिले शुभ दीपावली, नेपाल संवत, छठ लगायतका पर्वहरुको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे हाे ।
कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीको सभाध्यक्षता, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियांको विषेश आतिथ्यता कार्यक्रम भएको हो ।
शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा संविधान सभा सदस्य शोभाकर पराजुली, नेपाली कांग्रेस मकवानपुरका उपसभापति बिष्णु लामिछाने, प्रमुख सल्लाहकार रामचन्द्र अर्याल माइकल, जिल्ला सचिब बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल बिश्वकर्मा, प्रबक्ता प्रदिप कोइराला, नेबि संघका केन्द्रीय महासचिव प्रभात दाहाल, जिल्ला सल्लाहकार उमा दाहाल, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं रेडियो नेपालका उपनिर्देशक नवराज लम्साल लगाoत विभिन्न भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ धादिङ्गमा अस्थायी प्रहरीचौकी स्थापना गरिएकाे छ । शुक्रबार उक्त प्रहरी चाैकीकाे उद्घाटन् गरिएको हाे ।
प्रहरीचौकीको उद्घाटन् गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्थानीय स्तरमानै पुगेर आम नागरिकलाई सुरक्षा दिने उदेस्यले अस्थायी प्रहरीचौकी स्थापना गरिएको बताए । महिला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो भवन प्रहरीचौकी राख्नका लागि उपलब्ध गराएको हो ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ का वडा अध्यक्ष जितबहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठोर, मकवानपुरगढी ६ का वडा अध्यक्ष टिका दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।
मकवानपुर । उपमेयर कप फुटबल प्रतियाेगितामा हेटौंडा महिला टिम समुह चरणबाटै बाहिरिएकाे छ । हेटौंडा उपमहानगरपालिका महिला फुटबल टिम उपमेयर कप राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको हाे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी प्रतियोगितामा समुहचरणको दोस्रो खेलमा पराजित हुँदै हेटौंडा उपमहानगरपालिका पहिलो चरणबाटै बाहिरिएको हो ।
शुक्रबार बिहान भएको खेलमा तुलसीपुर उपमहानगरपालिकासँग २–० गोलअन्तरले पराजित हुँदै हेटौंडाले जारी प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको हो । यसअघि बुधबार भएको खेलमा हेटौंडा गैंडाकोट नगरपालिकासँग १–० गोलअन्तरले पराजित भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ७६ औं र ७८ औं मिनेटमा तुलसीपुरकी ममता पुन मगरले गोल गर्दै टिमलाई जीत दिलाएकी हुन् । ।
प्रतियोगितामा हेटौंडासहित ३१ पालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता तथा उपविजेता टिमले क्रमशः ५ लाख रुपैयाँ र ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दुबै टिमले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा स्थान बनाउनेछन् ।
मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा जयराम मुक्तान चयन भएका छन् । हेटौंडामा भएको तेस्रो जिल्ला अधिवेशनबाट मुक्तानको नेतृत्वमा ९ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
संघको शुक्रबार भएकाे अधिवेशनबाट संघको उपाध्यक्षमा सुनु थिङ, सचिवमा सन्देश थिङ, सहसचिवमा सुनसानी थिङ, कोषाध्यक्षमा भुवन घलान, सदस्यमा रविन्द्र वाईबा, जमुना थिङ, इमान घलान र मेनुका बललाई सर्वसम्मत चयन भएका छन् । कार्यक्रम संघका कार्यबाहक अध्यक्ष जनक तामाङको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका उपमेयर मिना कुमारी लामाको प्रमूख अतिथ्यतामा भएको हो । प्रमुख अतिथि लामाले तामाङ पत्रकारिता उत्थानको लागि उपमहानगरपालिका सहयोग गर्न संधै प्रतिबद्ध रहेको बताइन् ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेशका अध्यक्ष लिलाकुमार घलान, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, नेपाल तामाङ घेदुङ मकवानपुरका सचिव आत्मराम मोक्तान, तामाङ पत्रकार संघका केन्दिय सदस्य दुदुमाया सिन्तान, नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) मकवानपुरका उपाध्यक्ष अशोक सुजन श्रेष्ठ, सचिव नवराज वाईवा, तामाङ पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष आदर्श सिं थोकर र तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
अधिवेशनको अवसरमा तत्कालिन तामाङ सञ्चार समुह मकवानपुरका सस्थापक अध्यक्ष आदर्श सिं थोकरलाई सम्मान गरिएको छ । त्यसैगरी, अधिवेशनले प्रदेश प्रतिनिधिको रुपमा भने केन्द्रिय प्रतिनिधिको रुपमा आदर्श सिं थोकर, जनक तामाङलाई चयन गरेकाे छ ।
मकवानपुर । मकवानपुर–हेटौंडा– भीमफेदी– कुलेखानी– काठमाडौं सडकखण्डमा स्तरोन्नती गर्न बन्द हुने भएको छ । कुलेखानी सडकखण्डमा स्तरोन्नती गर्न कार्तिक १३ गतेदेखि १५ गतेसम्म ३ दिन दैनिक ४ घण्टा सवारीसाधन बन्द हुने भएको हाे ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय,यातायात पूर्वाधार निर्देशनालयले विहीबार एक सूचना जारी गर्दै भीमफेदी–कुलेखानी सडकखण्डमा तीन दिन केही घण्टा सवारीसाधन बन्द हुने जानकारी गराएको हो । निर्देशनालयले भोलि कात्तिक १३ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनमा रोक लगाइएको हो ।
निर्देशनालयले सम्पूर्ण सवारी साधनहरुको आवतजावत बन्द गर्नका लागि सम्बन्धित निकायहरुमा समन्वय गरी सम्बन्धित निकायहरुमा समन्वय गरी निर्माण कार्यमा सहयोग पुर्यादिन सबैलाई आग्रह समेत गरेको छ ।
