मकवानपुर । नेकपा एमाले मकवानपुरले मंसिर ७ गते मंगलबार हेटौंडामा बृहत मोटरसाइकल र्याली गर्ने भएको छ । एमालेकाे चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनको जानकारी दिन हेटौडामा ७ सय भन्दा बढी मोटरसाइकलसहितको र्याली गर्ने भएको हो ।
पार्टी महाधिवेशनको मकवानपुर प्रचार प्रमुख नविन सिग्देलले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडाको हुप्राचौरबाट मोटरसाइकल र्याली सुरु हुने बताए । त्यस पछी मोटरसाइकल र्याली मेनरोड, एचआइडी, गौरीटार रंगशाला, चौघडा, कान्तिराजपथ, मानस चोक, चौकिटोल, बुद्धचोक, राप्तिरोड, वाइपास, टिसियन रोड हुँदै सीमा चोकमा आएर समापन हुने छ ।
सिग्देलले चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा मकवानपुर जिल्लाबाट ३५ हजार कार्यकर्ता सहभागी हुने जानकारी समेत दिए । ‘झण्डै १० हजार संगठित सदस्यसहित ३५ हजार कार्यकर्ता २ हजार मोटरसाइकल, ५ सय साना सवारी र २ सय वटा बसमा महाधिवेशनमा सहभागी हुने छ’ सिग्देलले भने । यसको लागि एमाले मकवानपुरले १० वटै स्थानीय तहमा निर्देशन गरिसकेको र विभिन्न कामको समेत जिम्मेवारी बाँडफाँड गरिसकेको छ ।
महाधिवेशनमा विदेशीहरु पनि आउने भएकोले मकवानपुरले आफ्नो पहिचान सहितको सांस्कृतिक झझल्को दिने पञ्चे बाजा, नौमति बाजा, धिमे बाजा, तामाङ बाजा, कौडा नित्य, चेपाङ झाकी, खैजडी, न्याउलि बजा लगायतको प्रदर्शन गर्ने व्यवस्था मिलाएको छ ।
महाधिवेशनमा सहभागि हुन तथा जनपरिचालन गर्न अध्यक्ष बद्रि लम्सालको संयोजक र सचिव एकलाल श्रेष्ठ रहेको २ हजार १ सय सदस्यीय जनपरिचालन समिति गठन गरिएको छ । यस्तै गोपाल श्रेष्ठको संयोजनमा रहने गरी आर्थिक समिति निर्माण गरिएको छ । १० औं महाधिवेशनमा मकवानपुरबाट सहभागी हुन एमालेको २२ वटा जनवर्गिय संगठन चुस्त बनाइएको छ । चितवनमा हुने अधिवेशनमा मकवानपुरको केही नेताले केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवार दिने तयारी समेत गरेका छन् ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको संघिय क्षेत्र नंबर १ को सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेदवार धर्मराज लामिछानेले उम्मेद्वारी फिर्ता लिएपछि खनाल निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी क्षेत्रीय सहसचिवमा ईन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत निर्विरोध भएका छन् । महाधिवेशन प्रतिनिधितर्फ खस आर्य खुलामा केशवप्रसाद धिताल र मिठाराम दाहाल निर्विरोध निर्वाचित भएका छन् । खस आर्य महिलातर्फ राधा कोइराला निर्विरोध भएकी छिन् ।
जनजाति महिलातर्फ लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ र अमृता थापा निर्विरोध भएका छन् । दलिततर्फ गोपिलाल विक र अल्पसंख्यकतर्फ रूद्र ढकाल खान निर्विरोध भएका छन् ।
मकवानपु । मकवानपुरमा “अन्तरपालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता” हुने भएको छ । जिल्ला समन्वय समितिको ८४औं बोर्ड बैठकले जिसस मकवानपुरको आयोजना एवम् जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनामा आगामी मंसिर १८ देखि २५ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बोर्ड बैठकले जिल्लाका १० वटै स्थानीय तहहरुको सहभागिता हुने गरि प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
जिससले गत वर्ष प्रतियोगिता आयोजना गर्ने तयारी गरेकोमा अन्तिम अवस्थामा आएर कोभिडका कारण स्थगित गरेको थियो । स्थानीय स्तरमा फुटबलको विकास गर्ने, नयाँँ खेलाडि उत्पादन गर्ने तथा राष्ट्रिय प्रतियोगिताका लागि खेलाडि छनोट गर्न समेत मद्धत पुग्ने उदेश्यका साथ जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको प्रमुख खुलालले बताए ।
करिब ७ लाख ५८ हजार लागत अनुमान गरिएको प्रतियोगितामा बिजेताले नगद २ लाख र उपविजेताले १ लाखसहित शील्ड, मेडल तथा प्रमाणपत्र तथा विभिन्न विधागत रुपमा समेत पुरस्कारको व्यवस्था गरिएको छ । आगामी १५ गतेसम्म जिल्ला खेलकुद विकास समितिमा स्थानीय तहको सिफारीस सहितको टिम दर्ता गराईक्नु पर्नेछ । नकआउट ज फुटबल प्रतियोगितामा आफ्ना खेलाडीहरूको सम्पुर्ण व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नुपर्ने छ ।
यस्तै बैठकले आगामी नोवेम्बर २५ बाट सुरु हुने महिला हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा अन्तरकृया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको उनले बताए । बैठकले १६ दिने अभियानमा अन्तरक्रियाको ब्यवस्थापन तथा संचालन गर्ने जिम्मा जिसस उपप्रमुख भगवती पुडासैनीलाई दिने निर्णय गरेको छ । बैठकमा जिसस सदस्यहरु देवराज रिमाल, सिता अधिकारी, सरिता विक, बुद्धिबहादुर मोक्तान, समन्वय अधिकारी आनन्दराज पोखरेललगायत कार्यालयका अन्य कर्मचारीहरुको उपस्थिती थियो ।
- विपिराज ढकाल
माेबाइलकाे घण्टी बज्याे। नाम हैन, नम्बरमा रहेछ। उसलाई उठाउन मन लागेन। फेरि बज्याे। फेरि बेवास्ता ।तेस्राे पटक बजेपछि रिसिभ गर्याे।`…हेल्लाे…फाेन नकाट्नुस् ल? म केही गफ गर्न चाहन्छु।´ नम्बर नयाँ भए पनि आवाज चीर परिचित। भू पू श्रीमतीको फाेन। के भन्नु कि फाेन काट्नु भयाे रमेशलाई।
प्रेम विवाह गरेका थिए उनीहरूले। एक अर्कालाई तिमी भनेर सम्बाेधन गर्थे। तर आज समिराले हजुर भनेकाे सुनेर उसलाई अनौठाे लागेकाे थियाे। `
‘हजुर बिवाह गर्न केटी खाेज्दै हुनुहुन्छ हाे’ ´
`अब गरौं जस्ताे लागेकाे छ´’
पात्रको टुंगो लाग्याे त?
´`छैन। आफूलाई मन पर्दा उताबाट स्वीकृति हुन्न, कतिपय प्रस्तावमा अाफूलाई चित्त बुझ्दैन।…´
ए´` अनि हजुरकाे? कि बिवाहकाे निमन्त्रणा दिन फाेन गर्नु भयाे?´
`जाेडि भेटिएकै छैन। हेर्नाेस् न कस्ताे अचम्म। हिजाे सम्बन्ध विच्छेद गराउन हौस्याउने हरू नै आज बिवाह गर्न याे वा ऊ पुरुषकाे प्रस्ताव गर्दै छन्।´
`त्यस्तै छ यता पनि। सायद मानवीय दाेष हाेला।
´`मैले त एउटा प्रस्ताव राख्न फाेन गरेकी। भनौं कि नभनौं ।´`
भन्नाेस् न के हाे´ मैले फेरि बिवाह गर्दा कुनै पुरुष सँगै गर्नु पर्ने र हजुरले महिला सँग हैन त? ´
`‘हाे नि त्याे त´` पात्र त भेटिएकाे छैन तर याे पटक मागि बिवाह गर्ने रहर छ ममा´।
धेरै बेर चुप रहेर …. `म भाेलि दिदीलाई हजुरकाेमा पठाउँछु नि त।´ भनेर रामेशले फाेन काट्याे।
सिन्धुली
- शुभ शर्मा
थकित शरीरलाई टुसुक्क बिसाउदै थिइन् , सन्तोषी । फोनको घण्टी बज्यो । उठाइन्। अनुहारमा बत्ती बल्यो । उनको छोराको हो भन्ने मैले अडकल काँटे । उनी मसंगै काम गर्छिन् । उनको अनुहार म सहजै पढन सक्छु । परदेशको ठाउँमा हामी एउटै होस्टेलमा बसेका छौँ ।
नाम सन्तोषी हो तर जीवनमा कहिल्यै उनले सन्तोषको सास फेर्न पाइनन् । हामी सबै कुरामा खुल्ला थियौँ तर पारिवारिक कुरामा भने उनी केही खुल्दिनथिन् । छोराको फोन आउँदा भने उनी साह्रै खुसी हुन्थिन् भन्ने मैले बुझेकी थिएँ । केही दिनपछिको कुरा हो , उनको अनुहारमा ग्रहण लागेको थियो । केही बोलीराखेकी थिइनन् ।
मैले केही दिन त सोधिँन तर निराशाको बादल लम्बिएको देखेँ । केही गर्न सक्छु कि भनेर मैले एकै सासमा सोधेँ , “ के भयो दिदी ? किन छट्पटिनु भएको? कुनै समस्या छ कि? कि सञ्चो छैन हजुरलाई ?´´ उनले गहभरि आँसु पार्दै भनिन् , “ केही दिन भयो, छोराले फोन गरेकै छैन । मैले गर्दा पनि उठाउँदैन।´´ मेरो पनि मन आत्तियो र उनको छोरालाई भिडियो कल गरेँ । अँह !उठाएन तर लगातार प्रयास गरेपछि बल्लबल्ल उठायो ।
` बाबु के भयो किन फोन नउठाएको आमाको? मैले ठाडै प्रश्न गरेँ । । उसका आँखा बोलिरहेका छन् तर ऊ मौन छ । खै ! के सम्झ्यो ? लामो सास लियो र एक्कासी झर्क्यो ,गर्नु परेको छैन फोन सोन्! उसले पहिला त मुन्टो बटार्यो तर पछि बिस्तारै ऊ मसंग खुल्यो ।
मैले सम्झाएँ ,“ तिम्रा बुबाले छोडेपछि तिम्रो भविष्यको निम्ति उनी समर्पित भइन्। तिमीबाट टाढा भएकी आमाले तिम्रो बुबा पनि बन्नु पर्यो । तिमी अब ठूलो भयौ बाबु ! तिमीले जिम्मेवारी सम्हाल्न सक्नुपर्छ ।अन्य आमाहरूलेझैँ उनी पनि तिम्रो समीपमा बस्न चाहान्छिन् । सन्तान सुखमा रमाउन चाहान्छिन् ।’
त्यसपछि मैले फोन काटेँ । एकछिनमै फोनको घण्टी फेरि बज्यो तर यसपटक मेरो होइन , उनको फोन थियो ।
पाेखरा