मकवानपुर । नेकपा एमालेको चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनमा मकवानपुर जिल्लाबाट विजयी भएका ४ जना केन्द्रीय सदस्य सम्मानित भएका छन । नेकपा एमाले मकवानपुर जिल्ला कमिटी र हेटौंडा नगर कमिटीले उनीहरुलाइ सम्मान गरेको हो ।विहीबार एमाले मकवानपुरको पार्टी कार्यलयमा भएको कार्यक्रममा अध्यक्ष बद्री लम्सालले केन्द्रीय सदस्यहरुलाई सम्मान गरेका हुन् ।
यसैगरि,नगर अध्यक्ष शाालिकराम पुडासैनीले निर्वाचित केन्द्रीय सदस्यहरुलाई फोटो सहितको फ्रेम प्रदान गरेका छन । १० औं राष्ट्रिय महाधिवेशनबाट मकवानपुरका रामेश्वर राना,कृष्ण प्रसाद दाहाल,जुनेली श्रेष्ठ र भारती पाठक निर्वाचित भएका थिए ।
सम्ममान कार्यक्रममा नेकपा एमाले बागमती सदस्यहरु,जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु,नगर कमिटीका पदाधिकारी तथा सदस्यहरु लगायत विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर अध्यक्षमा तिर्थ थापा मगर चयन भएका छन् । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीको मंगलबार सम्पन्न सम्मेलनले अध्यक्षमा तिर्थ थापामगरलाई सर्वसम्मत रुपमा चयन गरेको हाे ।
यसैगरी, उपाध्यक्षमा महिलातर्फ सोनी गुरुङ, कोषाध्यक्षमा तारादेवी मोक्तान, सहसचिवमा रामकुमार बानियाँ सर्वसम्मत रुपमा चयन गरेको हो । उपाध्यक्ष महिला १ जनासहित ३ जना हुनुपर्नेमा खुल्लातर्फबाट २ जना बाँकी रहेको र सचिवमा पनि सहमति जुट्न नसकेपछि अब सम्मेलन लगतै बस्ने पहिलो बैठकबाट उक्त पदाधिकारीहरु टुङ्ग्याइने जनाइएको छ । केन्द्रको ८१ सदस्यीय उपमहानगर कमिटी रहने प्रावधान अनुसार ७३ जना चयन भइसकेका छन् । मनोनित हुने बाँकी ९ जना अबको बैठकबाट मनोनित हुने बताइएको छ ।
माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य ललित घलान, हेटौंडा उपमहानगर इन्चार्ज विवेक राई लगायतकाे उपस्थितिमा भएकाे सम्मेलनको बन्द सत्रबाट पदाधिकारीहरु सर्वसम्मत् चयन भएका हुन् ।
मकवानपुर । नेकपा एमालेको महाधिवेशनमा ३६ केन्द्रीय सदस्य निर्विराेध निर्वाचित भएका छन् । ७ प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । १०औँ महाधिवेशन अन्तर्गत जारी निर्वाचन प्रक्रियामा ७ वटा प्रदेशबाट निर्वाचित हुने ६३ केन्द्रीय सदस्यमध्ये ३६ जना निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित समितिको प्रारम्भिक सूचीअनुसार लुम्बिनी, गण्डकी र प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् । साथै खुला सदस्यमा प्रदेश १, बागमती कर्णाली र सुदुरपश्चिम प्रदेशमा प्रतिस्पर्धा हुने भएकाे छ । यसै गरी सुदुरपश्चिम प्रदेशमा महिला सदस्य तर्फ पनि प्रतिस्पर्धा हुने छ । हेर्नुहोस् कुन प्रदेशमा कस्तो छ :–
प्रदेश १
खुल्लातर्फः प्रतिस्पर्धा हुने । महिलातर्फ : उषाकला राई, निरा खनाल र मेनुका काफ्ले
प्रदेश २
खुल्लातर्फः प्रभु साह, अरविन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ, सुमन प्याकुरेल
महिलातर्फः कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा
बाग्मती प्रदेश
खुल्लातर्फः प्रतिस्पर्धा हुने । महिलातर्फः पार्वती रावल, पेम्बा लामा र रचना खड्का
गण्डकी प्रदेश
खुल्लातर्फ : इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत क्षेत्री, भुपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी
महिलातर्फः नरदेवी पुन मगर, मीनाकुमारी गुरुङ र सीमाकुमार क्षेत्री
लुम्बिनी प्रदेश
खुल्लातर्फः खेममान खडका, दिनेश पन्थी, नविन रोक्कामगर, भुमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल
महिलातर्फः मेनका पोखरेल, सरिता खनाल भूसाल र सावित्रा अर्याल
कर्णाली
खुल्लातर्फः प्रतिस्पर्धा हुने । महिलातर्फः तीर्था गौतम, मीनासिंह रखाल र मोहनमाया ढकाल भण्डारी
सुदुरपश्चिम
खुल्लातर्फः प्रतिस्पर्धा हुने । महिलातर्फ : प्रतिस्पर्धा हुने
मकवानपुर । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जिल्लाको १० वटै स्थानीय तहमा ‘मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ सञ्चालन’ गर्ने भएकाे छ । मकवानपुरका १० वटै स्थानीय तहमा २ चरणमा मतदाता नामावली संकलन गरिने भएको हाे ।
मतदातामा नामवलीमा नाम नभएका १८ वर्ष पुरा भएकाकाे नामानली संकलन कार्य गर्न लागिएकाे हाे । साेमबार जिल्ला प्रशासन कार्यलयमा राजनीतिक दलहरु, सुरक्षा निकायका प्रमुखहरुसंग अन्तरक्रिया कार्यक्रम गर्दै कार्यलयले आगामी मंसिर १७ गते देखि पुष २ गते सम्म पहिलो चरण र पुष ५ गते देखि माघ ५ गतेसम्म दोस्रो चरणमा संकलन गरिने जानकारी दिएको छ ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार पहिलो चरणमा मकवानपुरगढी, भीमफेदी, इन्द्रसरोबर, मनहरी र बकैया गाउँपालिकामा मतदाता नामावली संकलन कार्यक्रम गरिने छ । दोस्रो चरणमा भने जिल्लाको बागमती, राक्सिराङ, कैलाश गाउँपालिका, थाहा नगरपालिकामा कार्यक्रम संचालन गर्ने तय भएको कार्यालयले जनाएकाे छ ।
हेटौंडा उपमहानगरपलिकामा भने जिल्ला प्रशासन कार्यलय र प्रदेश निर्वाचन कार्यालय हेटौंडामा गएर नामावली दर्ता गर्न सकिने बताइएकाे छ ।
कार्यलयका अनुसार जिल्लामा २०७८ कात्तिकसम्म २ लाख ८० हजार १ सय ८१ जना मतदाता रहेका छन् । जसमा १ लाख ४२ हजार ७०३ जना पुरुष, १ लाख ३७ हजार ४ सय ७२ जना महिला र ६ जना तेस्रो लिङ्गी रहेका छन् ।
मकवानपुर । मकवानपुर प्रहरी हराएको सुन सहित नगद फेला पारी सम्बन्धित धनीलाई बुझाएकाे छ ऽ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ बस्ने सरस्वती कार्कीले गरगहना तथा नगद हराएको भनि जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराएका थिए ।
मंशिर ११ गते विहान गहना र नगद सुरक्षाकाे लागि कार्कीले घरबाट बाहिर जाँदा सामानको सुरक्षाको लागी ८ तोला सुनको गहना (छड्के तिलहरी, बाला, ब्रासलेट ,चन्द्रमा, औठी, झुम्का, मुन्द्रा, गरी १० थान), एटियम कार्ड र नगद १७ हजार रुपैयाँ कपडामा पाेकाे पारेर फाेहाेर फाल्ने डस्विनमा राखेका थिए ।
घटनाकाे अनुसन्धानबाट कार्कीले रातो कपडाको झोलामा बाधेर घरमा रहेको डस्टविनमा राखि घरबाहिर गएको भोलीपल्ट बिहान करिब ८–३० बजे हेटौडा उपमहानगरपालिकाकोको फोहोर संकलन गर्ने फोहोर सँगै फालेकाे पत्ता लागेकाे मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुरबाट प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट समेतको प्रहरी टोलीले खोजतलास गर्दा हराएको सुन, एटिएम कार्ड र नगद फेला पारेकाेमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्गले सम्बन्धित धनी कार्कीलाई बुझाएका हुन् ।
