मकवानपुर । मकवानपुर क्योकुशिन कराते संघ (बालकुमारी) को उपशाखा हर्नामाडी क्योकुशिन कराते संघको शुक्रबार प्रथम बेल्ट प्रमोसन टेष्ट भएको छ ।
हेटाैडा १८ हर्नामाडीकाे गुम्बाडाँडामा बेल्ट प्रमोसन टेष्ट हर्नामाडी शाखा डोजोका अध्यक्ष भिम लोप्चनको सभाध्यक्षतामा भएको हाे । बेल्ट प्रमोसन टेष्ट कार्यक्रममा ७५ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितीका अध्यक्ष सानू कुमार लामा प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा केन्द्रीय अध्यक्ष सुरेन्द्र डँगोल विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा महासचिव तथा ब्रान्च चिफ विकास महर्जन ,श्याम महर्जन, हर्क रम्तेल, बुद्धि नाथ न्यौपाने, बिष्णु श्रेष्ठ ,सीता श्रेष्ठ ,सुजता भुजेल ,सुसन श्रेष्ठ , सुमन कर्माचार्य लगायतको उपस्थिती रहेको थियो ।
प्रमोसन टेष्ट कार्यक्रममा प्रशिक्षक सुदर्शन खतिवडाले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।
मकवानपुर । नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरकाे अध्यक्षमा अशाेक सुजन श्रेष्ठ चयन भएका छन् । फोनिज मकवानपुरकाे शनिबार भएको पाँचौं अधिवेशनले अध्यक्षमा श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हाे ।
यसै गरी अधिवेशनबाट उपाध्यक्ष नवराज वाईबा, सचिव रुपा गुरुङ, कोषाध्यक्ष सन्देश थिङ र सहसचिव मनिता रानालाई चयन हुँदा सदस्यहरुमा जमुना थिङ, मञ्जरी बलामी, आशिष राना प्रज्ञा, भुपेन्द्र राना मगर, भुवन घलान र सम्झना मगर चयन भएका हुन् ।
यसैगरी मीना श्रेष्ठ, दुदुमाया सिन्तान, आदर्श थोकर, जनक तामाङ र उमेश राई प्रदेश प्रतिनिधि चयन भएका छन् भने केन्द्रीय प्रतिनिधिमा सुरेश श्रेष्ठ, कृष्ण सारु मगर, सूवर्णलाल श्रेष्ठ र रञ्जीता डंगोल चयन भएका छन् । अधिवेशनकै अवसरमा अग्रज पत्रकार सुवर्णलाल श्रेष्ठलाीई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ
मकवानपुर । हेटौंडाबाट प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले ६ ग्राम ४ सय ८० मिलिग्राम लागूऔषध खैरोहिरोइनसहित हेटाैडा उपमहानगरपालिकाकाे छुट्टाछुट्टै स्थानबाट २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा चितवनको रत्ननगर नगरपालिका वडा नम्वर २ टाँडी बस्ने ५२ वर्षीय नारायण खड्का र राप्ती नगरपालिका वडा नम्वर ७ बस्ने ३५ वर्षीय अर्जुन अधिकारी रहेको प्रहरीले जनाएकाे छ । शनिबार बिरगंज तर्फबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ५ ख ४८०२ नं. को यात्रुबाहक बसलाई हेटौंडा १५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार खड्काले लुकाइछिपाई ल्याएको ६ ग्राम २ सय ८० ग्राम लागूऔषध नाइट्रोभेट बरामद भएपछि निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए ।
यस्तै, शनिबार नै हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ सहिद स्मारक गेट नजिक शंकास्पल रुपमा हिडिरहेका अधिकारीलाई चेकजाँच गर्दा निजको साथबाट लागुऔषध खैरोहिरोईन जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम बरामद भएपछि निजलाई पक्राउ गरिएकाे रिमालले बताए ।
पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
धनु शर्मा
सुन्दर पुष्प मगमगाउँछन् धरतीमा आज
आकाशसरी विशाल छाती हजुरको बाबा
कोखमा राख्ने नपाएनी सृष्टिबाट अधिकार
अदृश्य छन अनगिन्ती हजुरका अभिभारा ||
बाल्नुपर्छ घरको चुलो टाल्नुपर्छ घर पनि
अहोरात्र जुट्नुपर्छ तरबारसरि बनी
बिर्सिएर आफ्ना खुशी सन्तानकै मुख हेरी
त्याग् समर्पण हजुरको सकिँदैन वर्णन गरी ।।
चुलोचौकोदेखि बाबा आकाशसम्मै छ योगदान
सन्तानकै लागि सधैं सुम्पिएका ती पसिना
तातेताते गर्दै औंला समाएर हिँड्न सिकाई
सन्सार बुझ्न सिकाउनुभो आज फेरि मलाई ।।
सन्तान खातिर आँसु लुकाई मुस्कुराउने ओठ
सन्तानकै पिर् बुझिदिने लुकाएर आफ्ना चोट
आँधी- बाढी ,पहाड बनी छेकी त्याग गर्ने बाबा
छाडी जाँदा सारा सृष्टि सुनसान भाछ आज ||
पाेखरा
मकवानपुर । साहित्यकार राजकुमार लामिछानेको हास्यव्यङ्ग्य निबन्धसंग्रह बुद्विपुराण शुक्रबार लोकार्पण भएको छ । सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा साहित्य संगम मकवानपुरको सभाहलमा बुद्धिपुराणको लोकार्पण गरेको हो । यस अघी २०७४ सालमा लामिछानेको ‘पुतलाको पावर’ हास्यव्यङ्ग्य निबन्ध संग्रह प्रकाशन भएकाे थियाे ।
मिनप्रसाद लामिछानेको सभाध्यक्षता तथा वरिष्ठ साहित्यकार आरसी रिजालको प्रमूख आतिथ्यमा पुस्तक लोकार्पण कार्यक्रम भएको थियो । रिजालले समाजका विकृति र बेथितिहरुमाथि व्यङ्ग्य गर्नुका साथै सामाजिक परिवर्तनमा यस पुस्तकको मागदर्शन रहेको बताए ।
सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्षसमेत रहनुभएका लामिछाने कानुन सेवाका कर्मचारी हुनुहुन्छ । निबन्धसंग्रह बुद्विपुराणमा प्रेमकुमारीलाई पत्रदेखि दरको रहर गरी २० वटा शिर्षकमा लेखकले समाजका स्थिति, वेथिति र विकृति माथि व्यङ्ग्य प्रहार गरेका छन् । भैरव स्मृति सम्मान—२०७४ बाट सम्मानित लामिछाने सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष छन् । उनी कानुन सेवाका सरकारी कर्मचारी हुन् ।
निबन्धसंग्रह बुद्विपुराण लोकार्पण कार्यक्रममा साहित्यकारहरु ह्रग्रीव आचार्य, अनिता न्यौपाने, नवराज शर्मा, रमेशमोहन अधिकारी, सुवास खनाललगायत सहभागिता रहेकाे थियाे ।