मकवानपुर । मकवानपुर प्रहरीले १ सय १० किलाे गाँजासहित सहित १ जनालाई पक्राउ गरेकाे छ । लागुऔषध गाँजा १ सय १० किलोसहित राक्सिराङ–५ का ३६ वर्षीय राम कुमार प्रजालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
माघ १७ गते साेमबार ईलाका प्रहरी कार्यालय मनहरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले राक्सिराङ–५ स्थित सडकखण्डमा मानिसहरु शंकास्पद रुपमा पिढ्युँमा भारी बोकी आईरहेको अवस्थामा प्रजालाई नियन्त्रण लिई जाँच गर्दा उक्त परिमाणकाे गाँजा बरामद गरेकाे हाे ।
उक्त गाँजा ओसरपसारमा संलग्न रहेका अन्य व्यक्तिहरुको खोजतलास कार्य भइरहेको र प्रजालाई लागुऔषध गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको रिमालले जानकारी दिए ।
मकवानपुर । एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह–६७ हेटौँडाको संयाेजकमा हेमन्त ढुंगेल चयन भएका छन् । समूह–६७ हेटौँडाको २२ औँ साधारण सभा तथा ११ अधिवेशनबाट अधिकारकर्मी ढुंगेलको संयोजकत्वमा नयाँ कार्य समिति चयन गरिएको हाे । ।
यसैगरी समितिको उपसंयोजक प्रकाश ढकाल, सचिव रेणु ज्ञवाली, सहसचिव योगेन्द्र उपाध्याय, कोषाध्यक्ष रघुनाथ खराल र सदस्यहरु देवकुमारी ढकाल, अक्कल सिं लामा, प्रभा कुमारी घिमिरे र पूर्ण प्रसाद अर्याल चयन भएका छन् । साधारणसभाले विगत ४ दशकभन्दा लामो समय लोकतन्त्र, मानव अधिकार र वकालत क्षेत्रमा कृयाशिल व्यक्तित्व विरगंज निवासी देबेन्द्र लाल नेपालीलाई ईन्द्र बहादुर श्रेष्ठ स्मृति मानव अधिकार सम्मानबाट सम्मानित गर्ने निर्णय समेत गरेको छ ।
समूहका संयोजक उत्तम शर्मा ढकालको सभाध्यक्षता एवम् एम्नेष्टी ईन्टरनेशनल नेपालका केन्द्रीय सदस्य महेश कुमार पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समूहका पूर्व संयोजकहरु जिवनकाजी माकजु श्रेष्ठ, बिजेन्द्र अग्रवाल, विजय कुमार वैद्य, हयग्रिव आचार्य लगायतले एम्नेष्टी इन्टरनेशनल र मानव अधिकारको विषयमा मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन समूहका सचिव प्रल्हाद घिमिरेले गरेका थिए ।
एमनेष्टी इन्टरनेशन अन्तर्राष्ट्रिय ख्याति प्राप्त नोबेल पुरस्कारद्वारा पुरस्कृत र सम्मानित संस्था हो । संस्थाले राज्यपक्ष, विद्रोही पक्ष र अन्य पक्षबाट गरिने मानव अधिकारको उल्लंघनको घटनाहरूमा दवावमूलक कार्यक्रमहरु दिश्वव्यापी रुपमा संचालन गर्दै आएको छ ।
सन्जना शर्मा
सँधै आउँने जाने गर्छौ किन जान्न चाहान्छु ।
भनिदेउ फेरि नजिक सर्छौ जान्न चाहान्छु ।
मेरो हिड्ने बाटो नै अलग भैसकेको छ अब
थाहा हुँदाहुँदै मेरै लागि मर्छौ जान्न चाहान्छु ।
कठोर बनेको हैन बिन्ती मेरो बाध्यता बुझिदेउ
टुटेको मन जोडेर मेरै भर पर्छौ जान्न चाहान्छु।
थाहा छ मलाई उतिकै माया अझै गर्छौ होला
बितेका दिन भुलाएर खुसी छर्छौ जान्न चाहान्छु ।
सुन्दर संसार रच्यौ होला मेरो निसानै नरहेपछी
एक्लै जिन्दगीको सागर तर्छौ जान्न चाहान्छु।
लमही दाङ
पारस भट्ट (प्यासी)
नसक्या घर बसलो मण्या दया ओ ठेकदारौ घाटा होलो ।
कामदार काम गद्या नपया ओ ठेकदारौउ घाटा होलो ।
जो काम बणि सकन्छ उसैकी हो माग बणि गद्दी
गरुँन्याइमा मुलाकाज भया ओ ठेकदारौ घाटा होलो ।
हेद्दु धै को लुलभुण लुणभुण पैरैछ दिन कट्या बाटो
च्याप्प समाइ घर नफरकया ओ ठेकदारौ घाटा होलो ।
यैकात कमुन्या कोइ नाइ घरै स्थिति कमजोर छ भणी
जसाइ तसाइ काममा लया ओ ठेकदारौ घाटा होलो ।
झिक्कैइ बिराली मुसि मद्दैन तोत सबैलाइ जान्णुइ छ
काममा झानौँ भणी वाँ बैरया ओ ठेकदारौ घाटा होलो ।
रुप्याकी कुरणी भोल घाटा भ्या कति आपत हुन्छे
काम रेलि खित्या नमगया ओ ठेकदारौ घाटा होलो ।
आजत मेरा ठेक्कामा सयौँले आइदियो काम अद्दाइ
भणिबर हाँस्या खुसी भया ओ ठेकदारौ घाटा होलो ।
काम नगद्यालाइ हकार हुकुरलै गद्दु मुलाकाज नमाणि
इसा काममा झिक्कैइ सया ओ ठेकदारौ घाटा होलो ।
मेलौली २ बैतडी
(गजलकाे भावः ठेकदारहरुले होस पुर्याउनु काम गर्दा खेरी नत्र घाटा होला भन्न खोजेको हो गजलकार)
मकवानपुर । स्थानीय तहको निर्वाचन माग गर्दै मकवानपुरका क्याम्पसहरुमा ‘कालो ब्यानर’ टाँगिएको छ ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले स्थानीय तहको निर्वाचनको माग गर्दै क्याम्पसहरु ‘कालो ब्यानर’ टाँगेको हो ।अनेरास्ववियुले मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान तथा निर्मल बहुमुखी क्याम्पसको गेटमा ‘कालो ब्यानर’ टाँगेको हो । ब्यानरमा ‘स्थानीय तहको निर्वाचन तुरुन्त गर,संविधान र लोकतन्त्रको रक्षा गर ।’ लेखिएको छ ।
यसअघि साेमबार नै अनेरास्ववियु मकवानपुरले जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै आगामी बैशाखमै स्थानीय तहको निर्वाचन गर्न माग गरेको थियो ।
