मकवानपुर । बामगती प्रदेश खेलकुद प्रतियोगिताको लागि मकवानपुरे क्रिकेट टोली घोषणा भएको छ । मकवानपुर क्रिकेट संघले सोमबार करण महत्राको संयोजकत्वमा ३ बैकल्पिक र १४ खेलाडीको नाम घोषणा भएको हो ।
छनौट क्याप संचालन गरेर छानिएका १४ खेलाडीहरुमा राम नरेश गिरी, गौरब खड्का, युविन बुढाथोकी, विशाल फँयाल, रिजन ढकाल, विपुल खनाल, सुमन सुनार, शुभ भास्कर, समिर चौलागाई, असिम श्रेष्ठ, आकाश घिमिरे, सुवर्ण भट्ट, सक्षम बास्ताकोटी र नक्क्षभ सिमखडा रहेका छन् । यसैगरी ३ बैकल्पिकमा विपरल खतिवडा, गौरभ भुषल क्षेत्री र मंदिप महत रहेका छन् ।
बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनमा आउँदाे फागुन २८ गतेदेखि संचालन हुने प्रथम बामगती प्रदेश खेलकुद प्रतियोगितामा उक्त टाेलीले सहभागिता जनाउने मकवानपुर क्रिकेट संघले जनाएको छ ।

मकवानपुरमा क्रिकेट एकेडेमी
Tags: No Comments
मकवानपुर । मकवानपुरमा क्रिकेट एकेडेमी उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच मकवानपुरे क्रिकेट खेलाडी राम नरेश गिरीको अध्यक्षतामा गठन गरिएको मकवानपुर क्रिकेट एकेडेमीको उद्घाटन भएकाे छ । उद्घाटन सँगै क्रिकेट खेलका अन्तर्राष्ट्रिय खेलाडी गिरीको नेतृत्वमा मकवानपुरमा क्रिकेट एकेडेमी स्थापना हुने भएको हाे ।
नेपाल क्रिकेट संघको केन्द्रीय समिति सदस्य करण महत्राले मंगलबार हेटौंडा–४, हुप्रचौरमा एकेडेमीको उद्घाटन गरेका हुन् । एकेडेमीकाे उद्घाटन गर्दै महत्राले एकेडेमीलाई व्यावसायिक बनाएर नयाँ खेलाडी उत्पादनमा ध्यान दिनु पर्ने बताए । गिरीले राष्ट्रिय टिममा मकवानपुरका खेलाडीको सहभागिता बढाउन क्रिकेटका सिनियर खेलाडीको सहभागितामा एकेडेमी स्थापना गरिएको जानकारी दिए । ‘उमेर समूहको राष्ट्रिय टिममा मकवानपुरका खेलाडी चयन हुन नसकेको धेरै भइसक्यो । मकवानपुरको खेलाडीको सहभागिता उमेर समूहको राष्ट्रिय टिममा बढाउनकै लागि एकेडेमी स्थापना र सञ्चालन गर्ने निर्णय गरेका छौं ।’ उनले भने ।
एकेडेमीमा अहिले नयाँ र पुराना गरी २५ जना खेलाडी आवद्ध भइसकेको बताइएकाे छ । एकेडेमीले हेटौंडाको हुप्रचौरमा दैनिकरुपमा बिहान र दिउँसो २ घण्टाका दरले प्रशिक्षण सञ्चालन गर्ने भएकाे छ । अहिले पुरुष खेलाडीलाई मात्रै प्रशिक्षण दिन सुरु गरेको एकेडेमीले छिट्टै महिला खेलाडीलाई पनि प्रशिक्षण सञ्चालन गर्ने छ ।
गिरीको अध्यक्षतामा गठन गरिएको मकवानपुर क्रिकेट एकेडेमीको उपाध्यक्षमा सुरेन्द्र अधिकारी, सचिवमा प्रेम क्षेत्री, कोषाध्यक्षमा रविन गुरुङ रहेका छन् । यस्तै सदस्यमा विनोद लामिछाने, मनोज खड्का, विवेक दाहाल, अमित राई र सन्देश ढकाल चयन भएको छन् । एकेडेमी उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठ, मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष दिपेन्द्र ढकाल लगायतकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन हुने लगभग पक्का भएको छ । पहिलो चरणको मतदान अनिर्णित बनेपछि नेताहरुबीच सभापतिमा लामालाई सर्वसम्मत चयन गर्ने सहमति गर्न लागिएको कांग्रेस मकवानपुरले जनाएकाे छ ।
कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, सभापतिका उम्मेदवार लामा, आनन्दराम पराजुलीसहितको बैठकबाट लामालाई सभापति चयन गर्न लागिएको हो । केहीबेरमै पार्टी कार्यालयमा बुद्ध लामा सभापति भएको घोषणा गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
सोमबार भएको पहिलो चरणको मतदानमा बुद्ध लामाले ५ सय ९२ मत प्राप्त गरेका थिए । आनन्दराम पराजुलीले ५ सय ४५ मत प्राप्त गरेका थिए । यस्तै अर्का आकांक्षी जयराम लामिछानेले ५ सय ३१ मत प्राप्त गरेका थिए । १ हजार ८ सय ५३ मतदातामध्ये १ हजार ७ सय ७५ प्रतिनिधिले मतदान गरेका थिए ।
पहिलो चरणमा सभापति चयन हुन उम्मेदवारहरुले पर्याप्त मत प्राप्त गर्न नसकेपछि निर्वाचन समितिले दोस्रो चरणको मतदान मंगलबार दिउँसो १ बजेदेखि सुरु हुने सूचना प्रकाशित समेत गरिसकेको थियो ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन अन्तरगत सभापति पदका लागि दोस्रो चरणको निर्वाचन १ बजेबाट हुने भएको छ । सोमबार सम्पन्न निर्वाचनमा सभापतिका ३ जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसके पछि दोस्रो चरणको निर्वाचन हुन लागेकाे हाे ।
साेमबार भएकाे मतदानकाे मतगणनामा सबैभन्दा बढी मत ल्याउने र निकटतम प्रतिस्पर्धी आज पुनः मतदान गर्न लागिएकाे जिल्ला निर्वाचन समितिले जनाएको छ । समितिले मतदानको समय आज दिउँसाे १ बजेदेखि साँझ ५ बजेसम्म तोकेको छ ।
दोस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याउने बुद्ध लामा र निकटतम प्रतिस्पर्धी आनन्दराम पराजुलीबीच प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ । सोमबार सम्पन्न मतपरिणाम अनुसार ५ सय ४९ मत सहित बुद्ध लामा पहिलो, ५ सय ४५ मत सहित आनन्दराम पराजुली दोस्रो र ५ सय ३१ मत सहित जयराम लामिछाने तेस्रो स्थान रहेका थिए ।
पहिलाे चरणकाे निर्वाचन परिणामबाट लामिछाने सवै भन्दा कम मत प्राप्त गरी बाहिरिएका छन् । लाम र पराजुलीलाई विजयी हुन लामिछाने नेतृत्व टिमको मत आवश्यक देखिन्छ । बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सह महामन्त्री महालक्ष्मी उपाध्याय डीनासहितका नेताहरु सहमति प्रयासकाे लागि छलफलमा रहेकाे बताइएकाे छ ।
साेमबारकाे मत परिणामबाट बढी मत ल्याउने बुद्धको नेतृत्वमा सहमति जुटाउने प्रयास भइरहेको र सहमति नजुटेको अवस्थामा मात्रै निर्वाचन हुने जनाइएको छ ।

मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजा र गाडीसहित ५ जनालाई पक्राउ गरेकाे छ । भीमफेदी गाउँपालिका वडा नं २ भैँसे चेकपोष्टस्थित सडकबाट आइतबार प्रहरीले बा ०३ ००१ च ११४४ नम्बरको टाटा योद्धा गाडीबाट ९ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको हो ।
फागुन १५ गते आइतबार भैसे प्रहरी चाैकीबाट खटिएकाे प्रहरी टाेलीले भीमफेदीबाट हेटौंडा तर्फ आउँदै गरेको उक्त गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा ९ किलो ८ सय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले गाडीमा सवार भीमफेदी गाउँपालिका वडा नं ५ बस्ने ३२ वर्षीय सवीन रिजाल, २५ वर्षीय सोमसिं घलान, ६० वर्षीया जुठीमाया घलान, ६७ वर्षीय मानबहादुर घलान र ५० वर्षीय संचारसिं घलानलाई पक्राउ गरेको छ ।
उनीहरुलाई जिल्ला अदालत मकवानपुरबाट १५ दिनको म्याद लिइ थप अनुसन्धान भैरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।