मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश काेषाध्यक्षमा दीर्घमान श्रेष्ठ चयन भएका छन् । कांग्रेस बागमती कार्यसमितिको सोमबारकाे बैठकले श्रेष्ठलाई काेषाध्यक्षमा चयन गरेकाे हाे । प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले श्रेष्ठलाई काेषाध्यक्षमा चयन गर्नुका साथै कोषाध्यक्षसहित विभिन्न समिति र विभागहरु गठन गरेको छ ।
बैठकले १६ सदस्यीय कार्यसम्पादन समिति ९ सदस्यीय प्रदेश संसदीय समिति ३ सदस्यीय प्रदेश अनुशासन समिति गठन थप गरेको छ । यसैगरी बैठकले विभिन्न समितिका संयाेजक, प्रवक्ता,संयोजक र विभागहरुको संयोजक समेत ताेकेकाे छ । कार्यसम्पादन समितिको सदस्यहरुमा प्रभात तामाङ, सन्तबहादुर प्रजा, प्रमोद रिमाल, ईन्द्रमान महर्जन, तारा गुरुङ्ग कैलाश कोइराला, गंगा दाहाल रहेका छन् । त्यस्तै अर्जुन उप्रेती, नातिकाजी कार्की, सरु बानियाँ, विवशकुमार वाईबा, जितबहादुर मगर,चित्रबहादुर कार्की, महान अर्याल, डा. भगवान खड्का र लक्ष्मी महर्जन रहेका छन् ।
यसैगरी संसदीय समितिको सदस्यहरुमा जगदिशनरसिं केसी, लामा कार्पु तामाङ, तिलक रुवाली,दीपेन्द्र आचार्य, भद्रा भण्डारी, कृष्णलाल भँडेल, निमा लामा, छिरिङ्ग दोर्जे लामा र अर्जुन न्यौपाने रहेका छन् । यस्तै बैठकले प्रवक्ता कांग्रेस बागमती प्रदेशको प्रवक्तामा तिलक रुवाली, लेखा समपति संयोजक कृष्णकुमार श्रेष्ठ (सिन्धुली) र सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा चम्फुरत्न लामा र तारादेवि दुलाल पन्त सदस्य रहेको प्रदेश अनुशासन समिति गठन गरिएको छ ।
त्यस्तै हेटौंडामा भएको तेश्रो बैठकले प्रदेश विभाग प्रमूखहरुसमेत तोकेको छ । कानून तथा संसदीय मामिला विभागमा सानुकान्छा श्रेष्ठ, प्रदेश तथा स्थानीय निकाय उपेन्द्र लम्साल, भातृसंस्था समन्वय विभागमा प्रज्वल दवाडी, पेशागत तथा बुद्धिजीवीमा प्रा.डा. केशवभक्त सापकोटा रहेका छन् ।
त्यस्तै भाषा, साहित्य कला संस्कृतिमा धनकुमारी थापा (सरु), शिक्षा विज्ञान तथा प्रविधिमा रमेशकुमार बखती, स्वास्थ्य विभागमा डा. अमित सिं कार्की, गैरसरकारी संस्था तथा सामाजिक सेवामा रुकु अधिकारी, उद्योग व्यापार वाणिज्य तथा आपूर्तिमा निर्मला पण्डित, युवा तथा खेलकुदमा राजिव पौडेल, ट्रेड युनियन तथा श्रमिकमा भगवती कुमारी खड्का र बैदेशिक रोजगार समन्वय विभागमा सविन तामाङ्ग संयोजक रहनुभएको प्रवक्ता रुवालीले जानकारी दिए ।
प्रदेश कार्यसमितिका सदस्यहरुलाई चैत्र ८ गते मंगलबार विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म स्थानीय तह निर्वाचन सम्बन्धी प्रशिक्षण कार्यक्रम रहेको प्रबक्ता रुवालीले बताए ।
मकवानपुर । प्रथम बागमती खेलकुद प्रतियोगिता अन्तरगत पुरुषतर्फको क्रिकेट खेलकाे उपाधि मकवानपुरले हात पारेको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा जारी खेलकुदमा क्रिकेट खेलकाे उपाधि मकवानपुरले जितेकाे हाे ।
सोमबार चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा धादिङ जिल्लालाई २४ रनले पराजित गर्दै मकवानपुरले उपाधि हात पारेको छ । मकवानपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । मकवानपुरका खेलाडी रिजन ढकालले ४२ रन बनाएका थिए भने बलिङतर्फ धादिङका उज्वल थापाले ३ विकेट लिएको थियाे ।
धादिङले २० ओभरमा सबै विकेट गुमाउदैं १ सय २४ रनमा समेटिएर लक्ष्य पुरा गर्न सकेन । मकवानपुरले २४ रनले जित्दै उपाधि जितेकाे खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए । विजेता र उपविजेतालाई ट्रफी, पदक, प्रमाणपत्रसहित जनही ५ हजर नगद पुरस्कार प्राप्त गरेका छन् । समापन कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारी, बागमती क्रिकेट संघका अध्यक्ष राजु बस्नेत, क्रिकेट संघ चितवनका कार्यबहाक अध्यक्ष सुदीप पियाँ लगायतकाको उपस्थिती रहेको थियो ।
तेक्वान्दो खेलका विजयीलाई सोमबार पुरस्कार वितरण
हेटौंडामा भएको तेक्वान्दो खेलका विजयीलाई सोमबार पुरस्कार वितरण गरिएको छ । विभिन्न तौल समूहका महिला तथा पुरुष खेलाडीका साथै तेक्वान्दोको पुन्से खेलमा पुरुष तथा महिला र समूहका विजयी खेलाडीलाई पुरस्कृत गरिएको खेल संयोजक माधब कोइरालाले बताए ।

प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण गरिएको हाे । तेक्वान्दो खेलमा सबैभन्दा बढी पदक चितवनले जितेकाे छ । चितवनले ६ स्वर्ण, ८ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । यस्तै नुवाकोटले ४ स्वर्ण, ६ रजत र ४ कास्य पदक हात पार्दा मकवानपुरले २ स्वर्ण, २ रजत तथा ८ कास्य प्राप्त गरेको छ । काठमाडौंले ३ स्वर्ण, २ रजत र ५ कास्य पदक प्राप्त गरेको खेल संयोजक कोइरालाले बताए ।
काठमाडौंको दशरथ रंगशालामा आइतबार जारी एथलेटिक्स अन्तरगतका विभिन्न खेलहरु सम्पन्न भएका छन् । सिन्धुपाल्चोकको चौतारा कभर्डहलमा कराँतेका खेलहरु भएका छन् । त्यस्तै, काभ्रेको धुलिखेल खेल मैदानमा महिला फुटबल खेल सुरु भएको खेल संयोजक कल्पना शर्माले बताइन् । ९ गतेदेखी काभ्रेमै बक्सिङ खेलका प्रतियोगिता सुरु हुनेछ । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।
मकवानपुर । मकवानपुरको मनहरीमा नेपाली कांग्रेसको टोल समिति गठन गरिएको छ । मनहरी गाउँपालिका वडा नम्वर २ मा कांग्रेसको टोल समिति गठन गरिएकाे हाे ।
नेपाली कांग्रेस मनहरी गाउँपालिका वडा नम्वर २ को आयोजनामा शनिबार भएको भेलाले मिलटोल तिनतल्ले टोल समिति गठन गरेको हो । भेलाले प्रताप स्याङ्तानको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपसभापति बाकसिङ थिङ, सचिव रवि रुम्बा, कोषाध्यक्षम ग्याब चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः दिपेश थिङ, कालदेन रुम्बा, सुर्यबहादुर तामाङ, सुर्यबहादुर घलान, कमल घलान, केशर थिङ, मनोज घलान, बुद्धिबहादुर घलान र मेनुका मोक्तान रहेका छन् ।
भेला कांग्रेस मनहरी गाउँपालिका वडा नम्वर २ का सभापति प्रेमबहादुर गोङ्बाको सभाध्यक्षता तथा कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) को सभापति पदमा रन्जन कालाखेतीको प्रमुख आतिथ्यतामा भएको हो । कांग्रेस मकवानपुरले ‘घरघरमा जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तरगत जिल्लाको विभिन्न स्थानीय तहमा अभियानकाे रुपमा टोल समिति गठन तथा प्रचार प्रसार गर्दै आएको छ ।
एसके निधन
तिनीहरुले चित्त दुख्यो भन्थे
उनीहरुले चित्त दुख्यो भन्थे
उसले चित्त दुख्यो भन्थ्यो
त्यसले चित्त दुख्यो भन्थ्यो
म भन्थे,
तिम्रो चित्त कहाँ छ ?
तिम्रो चित्त कति ग्रामको छ ?
तिमिले देखेका छौ तिम्रो चित्त ?
तिमिले छोएका छौ तिम्रो चित्त ?
मित्र!
तिमीले नदेखेको
तिमिले नछोएको तिम्रो चित्त
कसैले घोचेर दुखाउनु ?
भ्रमबाट मुक्त होउ:
चित्त हुने र दुख्ने चिज नै होईन ।
बग्दै गरेको आँसु पुछेर
उनिहरु हास्थे
तिनीहरु हास्थे
उ हास्थ्यो
त्यो हास्थ्यो
र
एउटा भ्रममा बाच्थे:
दुखको मलम म नै हु।
एकदिन
जब मैले नदेखेको /नछोएको
मेरो आफ्नै चित्त दुख्यो
तब थाह भो,
चित्त कति भयानक ठुलो हुदोरहेछ
चित्त कति बिघ्न गह्रुङो हुदोरहेछ
चित्त दुखाईको गहिराई कति गहिरो हुदोरहेछ
हजार सियोले मुटु घोच्नुमा
के दुखाइ छ र ?
जति चित्त दुखाईमा छ।
आज ,
पश्चाताप लागिरहेछ
उनिहरु सङ्ग
तिनीहरु सङ्ग
उ सङ्ग
त्यो सङ्ग
जसलाई मैले
चित्तको ठेगाना सोधे
चित्तको तौल सोधे
चित्तको आकार सोधे
जब आफ्नै चित्त दुख्यो बल्ल बुझे
चित्त सर्वाधिक कोमल हुदोरहेछ
चित्त सर्वब्यापी हुदोरहेछ
चित्त अदृश्यमा छर्लङ्ग देखिदोरहेछ
चित्तको तौल नहुने होईन जोख्ने तराजु रहेनछ।
आज लागिरहेछ
चित्त दुख्नु जस्तो पीडा अर्को हुनै सक्दैन ।
हेटाैडा
मकवानपुर । मकवानपुर जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा भेष खड्गी नियुक्त भएका छन् । खड्गीलाई बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले नियुक्ति दिएका हुन् ।
शुक्रबार पिप्ले क्याम्पा रंगशालामा भईरहेको प्रदेश स्तरीय खेलकुल प्रतियोगिता अन्तरगत फुटबलकाे मकवानपुर र दाेलखा विचकाे खेलका क्रममा हजारौं दर्शकको सामु भण्डारीले खड्गीलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।
नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य खड्गीले यसअघि जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। कानुनतः जिल्ला खेलकुद विकास समितिको अध्यक्षको पदावधि २ बर्षको हुनेछ।