मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर २ मा नेकपा माओवादी केन्द्र विजयी भएकाे छ । वकैया २ को अन्तिम मतपरिणाम अनुसार वडा अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका विश्वराज स्याङतान ३ सय ६० मत प्राप्त गरी निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रबहादुर जिम्बाले ३ सय ५५ मत प्राप्त गरे । यसैगगरी, नेकपा एमालेका उम्मेद्वार पोते लाल स्याङतानले ३ सय ३७ मत प्राप्त गरे ।
यसअघि बकैया १ मा पनि माओवादी केन्द्र विजयी भएको थियो । २०७४ मा भएको स्थानीय निर्वाचनमा पनि बकैया १ र २ नम्वर वडामा माओवादी केन्द्र विजयी भएको थियो ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ५ हजार २ सय ६७ मतको गणना हुँदा गठबन्धनले अग्रता लिएको छ । उपमहानगरको मेयर पदमा गठबन्धन तर्फका उम्मेदवार नेकपा एकिकृत समाजबादीकी मिना लामाले १ हजार ५ सय ८९ मत ल्याउँदा नेकपा एमालेका उम्मेद्वार अनन्त पौडेलले १ हजार ५ सय ५० मत ल्याएर पछ्याउदै छन् ।
लामा र पौडेलको मतान्तर ३९ मत रहेको छ । मेयरका अर्का उम्मेदवार राप्रपाका दिपक बहादुर सिंहले १ हजार ४ सय १४ मत प्राप्त गरेका छन् । यसैगरि,उपमेयरमा कांग्रेसका राजेश बानियाले २ हजार २ सय ६३ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्लेले १ हजार ८ सय ९१ मत ल्याएकी छन् । उपमेयरका अर्का उम्मेदवार राप्रपाकी इन्दिरा न्यौपानेले ३ सय ९० मत ल्याएकी छन् ।
मकवानपुर । ईन्द्रसरोबर गाउँपालिका–२ मा कांग्रेस विजयी भएको छ । कांग्रेसले करिब ३२ वर्षपछि विजयी भएको हो ।
कांग्रेसका युवा नेता सुमन श्रेष्ठ विजयी भएका हुन् । युवा व्यवसायी समेत रहेका श्रेष्ठले एमालेका उम्मेदवार वैकुण्ठ थापा मगरलाई पराजित गर्दै विजयी भएको हो । यस वडामा अघिल्लो निर्वाचनमा एमाले विजयी भएको थियो । श्रेष्ठ अघिल्लो स्थानीय तह निर्वाचनमा पराजित भएका थिए ।
यता यस अघि प्राप्त मतपरिणाम अनुसार ईन्द्रसरोबर-१मा वडाध्यक्षमा कांग्रेसका उम्मेदवार सुवास थापा निर्वाचित भइसकेका छन्।
मकवानपुर । मकवानपुरको कैलास गाउँपालिकामा काँग्रेसको विजय सुरुवात भएको छ ।
पालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका तेज बहादुर ब्लोन ३ सय ७५ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कमल बहादुर तितुङ लामाले ३ सय ६४ प्राप्त गरेका हुन् ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बुद्धिराज गिरीले २८ मत प्राप्त गरेका छन् ।
कैलासको १ नम्बर वडामा जम्मा १ हजार ९६ रहेकोमा ८ सय ६ मत खसेको थियो । जसमा १८ मत वदर भएको हो ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस विजयी भएको छ ।
गाउँपालिकाको १ नम्बर वडा अध्यक्षमा काँग्रेसका शिव प्रसाद खनाल १ हजार ९७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार भिमसेन अधिकारीले ३ सय ९० मत पाएका थिए भने समाजबादी र माओबादीको गठबन्धनले ३ सय १० मत पाएका थिए ।
त्यस्तै वडा सदस्यहरुमा नेपाली काँग्रेसकै दिपक ढकाल,सानोकान्छा घलान,सेती माया तामाङ,सावित्री घिमीरे बिजयी भएका छन । उक्त वडामा जम्मा १ हजार ७ सय मत खसेको थियो ।