मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ५ हजार २ सय ६७ मतको गणना हुँदा गठबन्धनले अग्रता लिएको छ । उपमहानगरको मेयर पदमा गठबन्धन तर्फका उम्मेदवार नेकपा एकिकृत समाजबादीकी मिना लामाले १ हजार ५ सय ८९ मत ल्याउँदा नेकपा एमालेका उम्मेद्वार अनन्त पौडेलले १ हजार ५ सय ५० मत ल्याएर पछ्याउदै छन् ।
लामा र पौडेलको मतान्तर ३९ मत रहेको छ । मेयरका अर्का उम्मेदवार राप्रपाका दिपक बहादुर सिंहले १ हजार ४ सय १४ मत प्राप्त गरेका छन् । यसैगरि,उपमेयरमा कांग्रेसका राजेश बानियाले २ हजार २ सय ६३ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्लेले १ हजार ८ सय ९१ मत ल्याएकी छन् । उपमेयरका अर्का उम्मेदवार राप्रपाकी इन्दिरा न्यौपानेले ३ सय ९० मत ल्याएकी छन् ।

