मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ को अध्यक्षमा सुकराम केसी विजयी भएका छन् । शुक्रबार सम्पन्न मतगणना अनुसार वडाध्यक्ष पदमा केसी २ हजार ३ सय २२ मतसहित निर्वाचित भएका हुन् ।
केसीले अर्का प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मण प्रसाद भण्डारीलाई ९ सय ८० पराजित गरेका हुन् । पराजित भण्डारीलाई १ हजार ३ सय ४२ मत प्राप्त भएको छ । केसी यस अघी २०७४ सालकाे स्थानीय तह निर्वाचनमा साेही वडाकाे वडा सदस्यमा एमालेबाट निर्वाचित भएका थिए ।
नेकपा एमाले विभाजन पछी केसीले नेकपा एकिकृत समाजवादी राेजेका थिए । गठबन्धनकाे तर्फबाट नेकपा एसबाट वडा अध्यक्षकाे उम्मेदवार भइ विजयी भएका हुन् । एक कार्यकाल सँगै काम गरेका निवर्तमान वडा अध्यक्ष भण्डारीलाई केसीले हराएका छन् । हेटाैडामा नेकपा एकिकृत समाजवादी वडा अध्यक्षमा ९ नम्बर वडामा मात्र जीत हासिल गरेकाे छ ।
मकवानपुर । बागमती गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सर्केश घलान तथा उपाध्यक्षमा नेपाली कांग्रेसका फणिन्द्र तिमल्सिना विजयी भएका छन् ।
शुक्रबार सम्पन्न मत गणना अनुसार घलान ७ हजार ३ सय ८४ मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । घलानले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खेम जर्गा मगरलाई १ हजार २ सय १८ मतान्तरले पराजित गरेका हुन् । पराजित मगरलाई ६ हजार १ सय ६६ मत प्राप्त भएको छ ।
यस्तै, पालिकाको उपाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका तिमल्सिना ७ हजार ९ सय ३५ मतसहित निर्वाचित भएका हुन् ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर-१३ को वडाध्यक्षमा एमालेका उम्मेदवार पेम्बा लामा विजयी भएका छन्।
शुक्रबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमाले उम्मेदवार लामा वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनले कांग्रेस सहितको गठबन्धनका उम्मेदवार आइमाना सिं मोक्तानलाई पराजित गरेका हुन। लामाले १ हजार ३ सय १५ मत प्राप्त गर्दा आइमानले १ हजार २ सय २४ मत प्राप्त गरेका हुन्।
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत थाहा नगरपालिकामा निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरिएकाे छ । नगरपालिकामा निर्वाचित नगर प्रमुख, उपप्रमुख सहित १२ वडाका निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरिएकाे हाे ।
निर्वाचन अधिकृतकाे कार्यालय थाहानगरपालिकाले विहीबार निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरेको हाे । निर्वाचन अधिकृत तीर्थराज भट्टराईको अध्यक्षतामा भएकाे कार्यक्रममा थाहा नगरभित्र निर्वाचनमा भाग लिएका राजनीतिक दलका प्रतिनिधिहरु, प्रमुखका प्रत्यासी अच्युतम प्रसाद ढकाल, कार्यवाहक प्रमुख खड्गबहादुर गोपाली, निवर्तमान प्रमुख लवशेर बिष्ट, प्रमुख प्रसासकीय अधिकृत हरिलाल पुरीलगायतका उपस्थिति रहेको थियो ।
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्वाचित मकवानपुरगढी गाउँपालिकाका प्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ । विहीबार निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढीले गाउँपालिकामा अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्ष र वडाका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेको हो ।
गाउँपालिकाका कार्यबाहाक अध्यक्ष हर्कमाया रुम्बाको प्रमुख अतिथ्यता तथा निर्वाचन अधिकृत नारयणप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको हो ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पालिका अध्यक्ष अर्जुनप्रसाद दाहाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष राजकुमार खड्का, नेपाली कांग्रेसका सभापति राजविर मुक्तान लगायतकाे सहभागिता रहेकाे थियाे ।