मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । नाईट्रोभेट ६०० ट्याब्लेट, डाईजेपाम ९३० एम्पुल लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा मोरङ बिराटनगर महानगरपालिका-१५ घर भई पर्सा बिरगंज बस्ने २२ वर्षीय रंजित शर्मा र बिरगंज बस्ने जटाशंकर सोनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार उनीहरुलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । विहीबार बिहान बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्वरको यात्रुबाहक बसलाई हेटौंडा–१५ रातोमाटे चेकपोष्टस्थित सडकखण्डमा चेकजाँच गर्दा उक्त परिमाणमा लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । बसमा सवार रंजित शर्माले ल्याएको २० किलोको चामलको बोराभित्र उक्त परिमाणको लागूऔषध बरामद भएको कार्कीले बताए ।
शर्माले बरामद लागूऔषध जटाशंकर सोनारले पठाएको बताएका थिए । ना २६ प ७९८० नम्वरको मोटरसाइलमा चितवनतर्फ जाँदै गरेकोमा हेटौंडा नारायणगढ सडकखाण्डको लोथरस्थित सडक किनारमा बसिरेहेको अवस्थामा सोनारलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।
बरामद लागूऔषध र मोटरसाइकलसहित पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सरस्वती पौडेल
सधैं कति गुनासो गरि रहनु ,यार यो जिन्दगीसङ्ग ।
सबैको भाग्यमा राम्रो लेख्दैन,सोध्नु छ भावीसङ्ग ।
किस्ता किस्तामा हिस्सा हिस्सा छोडेर बेदनाको
अलिकति अँशमा खुसी भए माग्नु छ नियतीसङ्ग ।
जिन्दगीको हिसाबमा औंठा छाप लाउनु पहिले
आमाले पेटभरी खाइन् खाइनन् बुझ्नु छ दिदीसङ्ग ।
तिमी ले त्यहीँ सम्बन्ध अन्तिम बनाएर छोडिदियौ
म बारबार बरबराउछु तिम्रो त्यो अन्तिम चिठिसङ्ग ।
दिलको भित्ता चर्किए पछि न लात हानेर भत्कायौ
गयौ कहाँ ,पायौ के के एकपटक सोध्नुछ तिमीसङ्ग ।
भरतपुर चितवन
सीता आस्था ढुंगेल
१.
स्वार्थ मात्र बोक्यो भने हानी हुनसक्छ
सधैँ गलत बाटो हिड्ने बानी हुनसक्छ
आफ्नो पनि भलो अरु नि भलो सोचे
मात्र जीवन उज्यालो बिहानी हुनसक्छ ।
२.
देखेर नि नदेखेझैँ नगर है पीर पर्छ
यी आँखाबाट अोझेल् नपर है पीर पर्छ
मन बिसाउने चौतारी तिमी नै हो मेरो
मुटुबाट यताउता नसर है पीर पर्छ ।
३.
रातको होइन दिनको सपना पूरा गर्दै जानुपर्छ
हिम्मत र विश्वास आफूमा आफैँ भर्दै जानुपर्छ
कहिले हिउँद आउँदा कहिले वर्षा हुँदा नि जीवन
जति अफ्ठ्यारो होस् यि पाइलाले अघि सर्दै जानुपर्छ ।
४.
तिम्रा खुसीहरु सबै मेरै जस्तो लाग्छ
अलिकति भए पनि धेरै जस्तो लाग्छ
हामी बाँच्ने संसारको यो भूगोल भरी
जहाँ पुगे पनि आफू नेरै जस्तो लाग्छ ।
इलाम
मकवानपुर । देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला हेटौंडामा हुने भएकाे छ । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला हुने भएकाे हाे ।
रोट्रयाक्ट हेटौंडा र मकवानपुरले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदाे भदौं २५ गते देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला जानकारी गराइएको हो । भेलाको स्थानीय संयोजन रोट्रयाक्ट हेटौंडा र मकवानपुरले गर्ने रोट्रयाक्ट मकवानपुरका अध्यक्ष प्रदिपकुमार राईले जानकारी दिए ।
अध्यक्ष राईले भेलामा देशभर रहेका १ सय ७६ वटा रोट्रयाक्ट क्लबका अध्यक्ष र सविच सहित झण्डै १ हजार रोट्रयाक्टहरुको सहभागिता रहने बताए । पत्रकार सम्मेलनमा रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष सुयश पराजुली, रोटरी मकवानपुरका अध्यक्ष कृष्णबहादुर कार्की, रोट्रयाक्ट मकवानपुरका पुर्व अध्यक्ष प्रतिक्षा न्यौपाने, रोट्रयाक्ट हेटौंडाका संस्थापक अध्यक्ष अनुराग अधिकारी, पुर्व अध्यक्ष सरोज देवकोटा लगायतको उपस्थिती रहेको थियो ।
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्वद्ध जनसंगठनका अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रम भएकाे छ । शुक्रबार जनसंगठन् समन्वय संयन्त्र, नेकपा एमाले मकवानपुरको आयोजनामा प्रशिक्षण कार्यक्रम भएकाे हाे ।
नेकपा एमालेका स्थायी कमिटीका सदस्य भानुभक्त ढकालले उद्घाटन गरेकाे कार्यक्रममा जनवर्गिय संगठनमा आवद्ध रहेका केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्य र जिल्ला कमिटीका पदाधिकारीहरुका लागि प्रशिक्षण दिइएको थियो । एमाले पार्टीसंग आवद्ध बिभीन्न एक दर्जन जनवर्गिय संगठन्हरुका अगुना नेताहरुलाई प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, भारती पाठक, नेकपा एमालेका बागमती प्रदेश कमिटीका उपसचिब महेशकुमार बतौंला, नेकपा एमालेका प्रदेश किमटीका सदस्यहरु रघुनाथ खुलाल, एकराज उप्रेती, भोजराज ढकाल, देबराज रिमाल, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।