मकवानपुर । मकवानपुरमा प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । कुनै उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए पछि आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा ६९ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारी फिर्ता लिने समयसम्म कसैले पनि उम्मेदवारी फिर्ता नलिए पछि ६९ जनाकै उम्मेदवारी कायम भएको कार्यालयले जानकारी दिएको छ । मकवानपुरमा प्रतिनिधि सभा तर्फ क्षेत्र २ र प्रदेश सभा तर्फ ४ वटा क्षेत्र रहेका छन् । गत आइतबार उम्मेदवारी दर्ता गराएका ६९ उम्मेदवारमाथि कुनैपनि उजुरी समेत परेको थिएन ।
जिल्लामा प्रतिनिधिसभाकाे निर्वाचनकाे लागि क्षेत्र नम्बर १ मा दुई स्वतन्त्रसहित १६ र क्षेत्र नम्बर २ मा एक स्वतन्त्रसहित १० गरी २६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । यसैगरी प्रदेशसभाकाे निर्वाचनकाे लागि क्षेत्र नम्बर १ (क) मा ८ जना, (ख) मा १० तथा क्षेत्र नम्बर २ (क) मा १० जना र (ख) मा १५ गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएकाे छन् ।
मकवानपुर । मकवानपुरको भिमफेदी गाउंपालिका-६ मा भिरबाट खसेर १ जनाको मृत्यु भएको छ । भिमफेदी ६ जुरेथुम स्थित सुरुङखोलामा नजिकै घास काट्न जादा सोहि स्थान बस्ने ३१ बर्षिया समिता रानामगरको भिरबाट लडेर मृत्यु भएको अबस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ । बर्षापछी चिप्लो भएको माटोमा चिप्लेर लडेको हुनसक्ने प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरमा थप २ सय २२ जना डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा उक्त संख्यामा डेंगु संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे हाे ।
जिल्लामा थपिएका डेंगु संक्रमितहरुमा हेटौंडा उपमहानगरपालिका भित्रका सबैभन्दा बढी २ सय ३ जना रहेको कार्यालयले जनाएको छ । यसैगरी, मनहरी गाउँपालिकाका ९ जना, थाहा नगरपालिकाका ८ जना, मकवानपुरगढी गाउँपालिकाका र जिल्ला बाहिरका १/१ जना रहेका छन् ।
योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या ३ हजार ६ सय ४ जना पुगेका छन् । जिल्लामा डेंगु संक्रमणका कारण हालसम्म हेटौंडा उपमहानगरपालिकाका १ जनाकाे मृत्यु भएकाे छ।

मकवानपुर । मकवानपुरको हेटौंडामा कारको ठक्करबाट १ जनाको मृत्यु भएको छ । हेटौंडा–११ थानाभर्याङमा कारको ठक्करबाट पैदल यात्री ३८ वर्षिय शम्सेर सिंह नेगीको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
सोमबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बिरगजंबाट चितवनतर्फ जाँदै गरेको बा १६ च ३८७७ नंबरको कारले हेटौंडा ३ बसामाडीका नेगीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते भएका नेगीको उपचारको क्रममा गएराती पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने कारसहित चालक नियन्त्रणमा रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध २६ बोतल वनरेक्स सहित २ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा हेटौंडा–११ बस्ने ३२ बर्षका बुद्ध गोङ्वा र ११ कै २६ बर्षीय ईन्द्रबहादुर अधिकारी रहेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे विक्रमचोक स्थित भित्री सडक खण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना २६ प ५८४३ नम्बरको मोटरसाइकल आइतबार चेक गर्दा उनीहरु लागूऔषध सहित पक्राउ परेका हुन् । उनीहरुले मोटरसाइकलको ट्याङ्की भित्र लुकाएर ल्याएको अवस्थामा २६ बोतल वनरेक्स फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएकाे छ ।