मकवानपुर । हेटौंडाबाट काठमाडौं जाने वैकल्पिक सडक कान्तिलोकपथ विहीबार साँझ आएको पहिरोका कारण अवरुद्ध भएको छ । बागमती प्रदेशको राजधानी हेटौडालाई संघीय राजधानी काठमाडाै जाेड्ने कान्तिलाेकपथकाे बकैया गाउँपालिका ११ स्थित सडकखण्डमा वर्षासँगै आएकाे पहिराेका कारण अवरुद्ध भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
कान्तिलाेकपथकाे मकवानपुरको बकैया ११ सिमात सडकखण्ड अन्तरगत साँझ ५ः१० बजेकाे समयमा वर्षासँगै पहाडबाट खसेकाे पहिरो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी सहायक निरीक्षक सुवास खतिवडासहितकाे प्रहरी टोली पुगेको र पहिरो पन्छाउने कार्य भइरहेको कार्कीले जानकारी दिए ।
मकवानपुर । बालबोध मावि हटियामा “युवा रेडक्रस सर्कल” पुनर्गठन गरिएको छ। अरुणा गर्तौलाको अध्यक्षमा ११ सदस्यीय युवा रेडक्रस सर्कल पुनर्गठन गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिवहरि दाहालले रेडक्रस अभियान, जुनियर युवा रेडक्रसको आवश्यकता र महत्व लगायत बिषयमा बिद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए ।
नेपाल रेडक्रस सोसाइटी उपमन्त्री दाहालको प्रमुख आतिथ्यमा तथा बालबोध माविका शिक्षक नायक शंकर भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी हटिया उपशाखाका सभापति राजकुमार बास्तोला, बालबोध माबिका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष प्रदिप अर्याल, प्रधानाध्यापक रमेश रिजाल, उपशाखा सचिब मोहनचन्द्र चौलागाईं, कोषाध्यक्ष रामकुमार अर्याल विद्यालय व्यवस्थापन समिति सदस्य कृष्णदेव भण्डारी लगायतकाको कार्यक्रममा उपस्थिति रहेको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित श्रमिक माध्यमिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिने भएको छ।
विद्यालय ब्यवस्थापन समिति अध्यक्ष विवेक कार्कीले आफ्नो वैवाहिक बर्षको अवसरमा पूर्व योजना अनुसार गरीब तथा जेहेन्दार विद्यार्थीहरुको लागि छात्रबृत्ति अक्षय कोषको स्थापना घोषणा गरेका हुन ।
उनले छात्रबृत्ति अक्षय कोषको लागि १० हजार २७ रुपैयाँको चेक बिद्यालयका प्रधानध्यापक श्रीराम दाहाल लाई हस्तान्तरण गरेका छन्। कोष घोषणा पश्चात शिक्षक गोपीरमण प्याकुरेलले १० हजार भूतपूर्व विद्यार्थी तथा PTA सदस्य नीरज सिंह ठकुरीले १५ हजार रुपैयाँ सहयोग प्रतिबद्धता गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलले कोषको घोषणा र सहयोग निकै सराहनीय कार्य भएको बताए । कार्की बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष भए पश्चात् बिद्यालयमा रचनात्मक कामको थालनी भएको स्मरण उनले गरे ।
विद्यालयका कार्यहरूको उच्च प्रशंसागर्दै सिग्देलले अक्षयकोष कोषमा ५ लाख रुपैयाँ रवडा कार्यालयबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०८०/८१ काे बजेट सर्वसम्मत पारित भएकाे छ । गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिनले बुधबार नवौं गाउँसभाको दोस्रो बैठकमा ७२ करोड ६५ लाख ५६ हजारको बजेट प्रस्तुत गरेकी थिइन् ।
गाउँपालिकाले गत असार १० गते वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउँदा क्रममा ६२ करोड २ लाख ५६ हजारको अनुमानित बजेट प्रस्तुत गरिएकाेमा बुधबार १० करोड बजेट बढेर प्रस्तुत गरिएकाे हाे । चालु खर्च तर्फ ३४ करोड ९४ लाख ७३ हजार ४३६ रुपैयाँ र पुजीँगत खर्च तर्फ ३७ करोड ७० लाख ८२ हजार ५६५ रुपैयाँ रहने गरी गाउँपालिकाले बजेट ल्याएकाे हाे ।
महिला तथा बालबालिका शाखालाई १० लाख, स्वास्थ्य शाखालाई ८० लाख, कृषि विकास शाखालाई ६० लाख, पशु शाखालाई ८० लाख, शिक्षा शाखालाई २ करोड, खेलकुदलाई, २५ लाख रुपैयाँ बजेट गाउँपालिकाले विनियोजन गरेकाे छ । यसैगरी गाउँपालिकाले लक्षित वर्गको कार्यक्रम अन्तरगत दलित लक्षित १० लाख, जनजाति लक्षित १० लाख, अपाङ्ग लक्षित ८ लाख, महिला लक्षित ९ लाख, बालबालिका १० लाख, युवा लक्षित ६ लाख, कार्यपालिका सदस्य लक्षित कार्यक्रमलाई १५ लाख बजेट विनियोजन गरेकाे छ ।
गाउँपालिकाकाे पारित बजेटमा आम्दानी आन्तरिक स्रोतबाट ११ करोड ६३ लाख, सम्पती बहाल तथा पट्टामा लाग्ने कर ५ लाख, भूमिकर १२ लाख, घरबहाल कर ५ लाख हुने अनुमान रहेको छ । यसैगरी व्ययतर्फ आर्थिक विकासमा ४ करोड ८ लाख, पूर्वाधार विकासमा २९ करोड २४ लाख ३८ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ५५ लाख ९४ हजार, सामाजिक विकासमा २८ करोड ५३ लाख, ३९ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनमा ८७ लाख १७ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ९ करोड ६५ लाख रहेको छ ।
बकैया गाउँपालिकाको ८१ करोड ७० लाखकाे बजेट पारित
मकवानपुरको बकैया गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०–०८१ को ८१ करोड ७० लाख १४ हजार रुपैयाँको बजेट आइतबार सर्वसम्मत पारित भएको छ । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले चालुतर्फ ५४ करोड ४५ लाख ६४ हजार रुपैयाँ र पुँजीगततर्फ २७ करोड २४ लाख ५० हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।
गाउँपालिकालाई संघीय सरकारबाट सशर्त अनुदानतर्फ ३१ करोड ५५ लाख रुपैयाँ र बागमती प्रदेश सरकारबाट सशर्त अनुदानतर्फ ३ करोड ९ लाख १४ हजार रुपैयाँ बजेट प्राप्त भएको छ । वडाहरुको समानुपातिक विकास गर्नका लागि प्रत्येक वडामा ४५ लाखको दरले बजेट विनियोजन गरेकाे गाउँपालिकाले जनप्रतिनिधिहरुको लागि १० लाखसम्मको सामूहिक दुर्घटना बीमाको लागि पिन बजेटको विनियोजन गरेकाे छ ।
गाउँपालिकाले कृषि कार्यक्रम कार्यान्वयन गर्न १ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरेका छ छ । पशु बीमा कार्यक्रम सञ्चालनलगायतका कार्यक्रम कार्यान्वयन गर्न ३ करोड १८ लाख बजेट विनियोजन भएको छ । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी तथा कार्यालय सहयोगीहरुलाई उत्प्रेरित गर्न मासिक थप २ हजार रुपैयाँका दरले तलब वृद्धि हुनेगरी १८ लाख ५० हजार बजेट विनियोजन गरिएकाे छ ।
गाउँपालिका भित्र रहेका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका संरचना र स्थानको विकास, विस्तार र संरक्षणका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष खत्रीले जानकारी दिए । यस्तै, विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्न विपद् तथा प्रकोप व्यवस्थापन कोषमा बजेट विनियोजन गरिएकाे छ ।
देशकै दोस्रो बालमैत्री गाउँपालिकाको रूपमा घोषित पालिकाले बालमैत्री शासनको दिगोपनाका लागि बालमैत्री अभियानलाई निरन्तरता दिने भएको छ । खेलकुद क्षेत्रमा पालिकास्तरीय प्रतियोगिता सञ्चालनका लागि ३५ लाख बजेट विनियोजन भएको छ । यस्तै, स्वास्थ्य क्षेत्रको सुधार तथा विकासका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न १ करोड १८ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
गाउँपालिका भित्रमा ऐलानी जग्गामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाहरु नापी गरेर जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकता परिपूर्तिका लागि विपन्न नागरिक आकस्मिक कोषकाे व्यवस्था गरि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेकाे छ ।
