मकवानपुर । २३ र २४ भदौमा भएकाे जेन-जीकाे विद्रोहपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार केन्द्रीय समिति बैठकमा भाग लिन सार्वजनिक भए । समिति बैठकलाई सम्बोधन गर्दै देउवाले २४ भदौकाे दिनलाई इतिहासकै डरलाग्दो दिन भने ।
गत भाद्र २३ गते जेन-जीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रुप लिएकाे उनले बताए । निर्दोष नवयुवकहरूको ज्यान गयो। यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहित बनाएको छ’ उनले भने ‘यसबाट अकल्पनीय जनधनको क्षति भयो । सम्भवतः यो नेपालको ईतिहासमै एउटा डर लाग्दो दिनको रुपमा लिपिबद्द हुनेछ।’
देउवाले आफ्नो जीवन रहेसम्म देश र जनताका लागि समर्पित हुने बताएका छन् । उनले जनताका अधिकारका लागि आफूले विभिन्न समयमा गरेको संघर्षसमेत स्मरण गराए ।
देउवाकाे सम्बोधनकाे पूर्णपाठः
मकवानपुर । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली सार्वजनिक गरिएकाे छ । आन्दोलनपछि हालसम्म ९ हजार ८ जना कैदीबन्दी कारागारमा फर्किसकेकाे कारागार व्यवस्थापन विभागले जनाएकाे छ ।
विभागले गृह मन्त्रालय (मन्त्रीस्तर) को मिति २०८२/०६/२६ को निर्णय अनुसार फरार कैदीबन्दीहरूलाई शीघ्र नियन्त्रणमा लिन सूचना सार्वजनिक गरिएकाे जनाएकाे छ । यसअघी मन्त्रालयले फरार बन्दीहरूलाई खोजी, नियन्त्रण र पक्राउ गर्न जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिसकेको छ ।
विभागले फरार कैदीबन्दीहरूको नामावलीसहितको विवरण निर्वाचन आयोग, सुरक्षा निकाय, अध्यागमन, भूमि व्यवस्थापन, यातायात व्यवस्थापन, राहदानी, वैदेशिक रोजगार, श्रम र नापी विभाग लगायतका सेवाग्राहीको भीड हुने निकायहरू तथा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा पठाउने समेत निर्णय गरेको छ ।
सूची हेर्नुहाेसः
मकवानपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पुन परीक्षा लिने भएको छ । गत जेन-जी आन्दोलनको क्रममा विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएपछि पुनः परीक्षा गर्ने भएको हो ।
सीटीईभीटीले आगामी ४ मंसिरदेखि पुन: परीक्षा लिन लागेको प्रवक्ता टैलेन्द्र आचार्यले बताए । जेनजी आन्दोलनमा सीटीईभीटीको १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेका थिए ।
सीटीईभीटीको डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेको प्रवक्ता टैलेन्द्र आचार्यले बताए । उनका अनुसार प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएका हुन् ।
मकवानपुर । अन्तरिम मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग खारेज गर्ने, इलाम जिल्लालाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने लगायतका निर्णय गरेको छ ।
बिहीबारकाे बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ बमोजिम गठन भएको भूमि समस्या समाधान आयोग र मातहतका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेकाे छ । यसैगरी भिजिट भिसा छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा लैजाने तथा चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय समेत भएकाे सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
यस्तै असोज १७ र १८ गतेकाे अविरल वर्षाकाे कारण कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै तीन महिनाको लागि इलाम जिल्लालाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने समेत निर्णय गरेकाे उनले बताए । अध्यागमन र भिजिट भिसामा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय छानबिन समिति, २०८२ ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय समेत भएकाे छ ।
यसैगरी प्रहरी नायब महानिरीक्षकहरू सुशील सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विश्वकर्मालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरी पदस्थापन गर्ने, नेपाल विद्युत प्राधिकरणलाई जलविद्युत आयोजना निर्माणको लागि स्रोत जुटाउन २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बण्ड चरणबद्ध रूपमा निष्कासन गर्न स्वीकृति दिने निर्णय गरेककाे प्रवक्ता खरेलले बताए ।
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाउने तथा नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित सुझाव समितिको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने निर्णय समेत आजकाे बैठकले गरेकाे उनले जानकारी दिए ।
उनका अनुसार बैठकले देशको सुरक्षा, प्रशासन, अर्थतन्त्र र विपत् व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयहरुमा समेत निर्णय गरेकाे छ ।