मकवानपुर । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली सार्वजनिक गरिएकाे छ । आन्दोलनपछि हालसम्म ९ हजार ८ जना कैदीबन्दी कारागारमा फर्किसकेकाे कारागार व्यवस्थापन विभागले जनाएकाे छ ।
विभागले गृह मन्त्रालय (मन्त्रीस्तर) को मिति २०८२/०६/२६ को निर्णय अनुसार फरार कैदीबन्दीहरूलाई शीघ्र नियन्त्रणमा लिन सूचना सार्वजनिक गरिएकाे जनाएकाे छ । यसअघी मन्त्रालयले फरार बन्दीहरूलाई खोजी, नियन्त्रण र पक्राउ गर्न जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिसकेको छ ।
विभागले फरार कैदीबन्दीहरूको नामावलीसहितको विवरण निर्वाचन आयोग, सुरक्षा निकाय, अध्यागमन, भूमि व्यवस्थापन, यातायात व्यवस्थापन, राहदानी, वैदेशिक रोजगार, श्रम र नापी विभाग लगायतका सेवाग्राहीको भीड हुने निकायहरू तथा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा पठाउने समेत निर्णय गरेको छ ।
सूची हेर्नुहाेसः

