मकवानपुर । मकवानपुर प्रहरीले ७ बिगाहा गाँजा खेती नष्ट गरेकाे छ । पुष १ गते बुधबार मकवानपुर बकैया गाँउपालिका ६ गोवरस्थान लगायतको क्षेत्रहरु लगाइएकाे उक्त परिमाणकाे गाँजा खेती नष्ट गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।

लागू औषधकाे रुपमा प्रयाेग गरिने भएकाेले नेपालमा प्रतिबन्धित गाँजा खेती फडानीलाइ प्रहरीले तिव्रता दिएकाे छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट प्रहरी निरीक्षक कमल कुमार लुङगेलीको कमाण्डमा खटिएकाे संयुक्त प्रहरी टोलीले ७ बिगाहा लागू औषध गाँजा खेति फडानी गरी नष्ट गरिएकाे रानाले बताए ।
मकवानपुर । हेटौंडा–नारायणगढ सडकखण्ड अन्तर्गत को लोथरमा मंगलबार राती भएकाे माेटरसाइकल दुर्घटनामा १ जनाकाे ज्यान गएकाे छ ।
राेकी राखेकाे ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरकाले जनाएकाे छ ।
मंगलबार राती १०:३० बजे उक्त सडक खण्डमा रोकिराखेको ना८ख ५३३७ नम्बरकाे ट्रकमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ३०–३०–१ प ५१३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठाेकिदाँ गम्भीर घाइते भएका माेटरसाइकल चालक उप्रेतीको उपचारका लागि चितवनको भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
वैज्ञानिकहरुले पहिलो पटक अन्तरिक्षमा मुला उमारिएको छ । अन्तरिक्षमा उमारिएको ती मुला अर्को बर्ष मात्र पृथ्वीमा ल्याइनेछ ।
नासाको अन्तरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुविन्सले पहिलो पटक इन्टरनेसनल स्पेस स्टेसनमा उमारिएको मुलाको फसल काटेको हो । केटले मुलाका २० विरुवा प्याक गरि सन् २०२१ मा पृथ्वीमा ल्याउन कोल्ड स्टोरेजमा राखिसकेका छन् ।
नासाको यो प्रयोगको नाम प्लान्ट हेबिटेट ०२ राखिएको छ । वैज्ञानिकहरुलाई विश्वास थियो, २७ दिन मै मुला तयार हुनेछ, त्यसैले यसलाई अन्तरिक्षमा केन्द्रमा उमार्न चयन गरिएको थियो । मुलाको यो फसलमा पोषक तत्व पनि छन् र खान लायक पनि छ । पातहरु हुने मुला फरक खालको फसल भएको नासाका योजना प्रबन्धक निकोल डुफोरले बताए । यसअघि अन्तरिक्षमा गहुँ उमारिएको थियो ।
फरक फरक प्रकारका तरकारी उमारेर अन्तरिक्षमा कस्ता खालका विरुवा उमार्न सकिन्छ जुन लामो समयसम्म रहने अन्तरिक्ष यात्रीहरुका लागि उपयोगी बन्न सक्छ भन्ने कुराको परीक्षण भइरहेको छ । नासाका अनुसार मुला उमार्न अत्यन्तै कम मात्र रेखदेखको आवश्यक हुन्छ ।
अन्तरिक्षको जुन कक्षमा यसलाई उमारिएको हो, त्यहाँ रातो, निलो, हरियो र सतो एलइडी लाइटको किरण दिइएको छ, ताकी विरुवा बृद्धी राम्रो होस् । अन्तरिक्षमा उमारिएका मुलाको तुलना फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा उमारिएका मुलासँग गरिनेछ । एजेन्सीकाे सहयाेगमा
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीसहित ३ जना उपर राजस्व चुहावट एवं हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालतमा आज साेमबार आरोप-पत्र दायर गरेको छ ।
मालपोत कार्यालय चितवनका नायब सुब्बा मनोज निरौला, लेखापाल बलराम सापकोटा र लेखा अधिकृत रिठ्ठे दर्जीले गरी ७ करोड भन्दाबढी रकम राजश्व हिनामिना गरेको अख्तियारको दाबी छ ।
लेखा अधिकृत दर्जीले राजस्व रकम रु। ७ करोड ८ लाख १७ हजार ,०३७।– सम्बन्धित बैंकमा दाखिला नगरी हिनामिना गरेको, सम्बन्धित बैंकको सरकारी छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी नक्कली भौचरहरु तयार गरेको एवं दाखिला भौचरहरु बैंक दाखिलापश्चात सच्याई बदनियतपूर्ण ढंगले बढी दाखिला भएको देखिने गरी भौचर संलग्न गरे गराएको आरोप छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ (ग), दफा ९, दफा ११, बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजले दाखिला नगरी हिनामिना गरेकाे ७ कराेड ८ लाख १७ हजार ३७ रुपैंया बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम निजले हिनामिना गरेको रकममध्ये आन्तरिक लेखापरीक्षका क्रममा रु। २ कराेड ५८ लाख ३ हजार २ सय ३१ रूपैया दाखिला गरेको देखिन अाएकाेले बाँकी रकम रु. ४ कराेड ५० लाख १३ हजार ८ सय ६ रूपैया असुल उपर गरी जफत हुन तथा सजाय हुन मागदाबी लिई साेमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ अायाेगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
यस्तै, मालपोत कार्यालय चितवनकै लेखापाल बलराम सापकोटाविरूद्ध ५८ लाख ४३ हजार ८०६ रुपैयाँ बिगो माग दाबिसहति अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनले राजश्व रकम सरकारी बैंक खातामा जम्मा नगरी खाई मासी राजस्व हिनामिना गरेका हुनाले मुद्दा दायर गरिएको अख्तियार साेमबार विज्ञप्ती मार्फत जनाएको छ ।
यसैगरी, नायब सुब्बा मनोजकुमार निरौलाविरूद्ध चार लाख ७१ हजार ६१८ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। उनले राजश्व रकम लेखा शाखामा नबुझाई खाई मासी हिनामिना गरेको अख्तियारले जनाएको छ ।
अनिल पराजुली । कतार केन्द्रीय बैंक (क्यूसीबी) ले नयाँ नोटहरु सार्वजनिक गरेको छ । पाँचौ संस्करण अन्तर्गत बैंकले एक, पाँच, दश, पचास, एक सय, दुई सय र पाँच सय रियालको नोट सार्वजनिक गरेको हो ।
केन्द्रीय बैंकले दुईसय रियालको नोट भने पहिलो पटक ल्याईएको हो ।
बैकले पत्रकार सम्मेलनको आयोजना गरेर नयाँ नोट बारे जानकारी दिएको थियो । कतारको राष्ट्रिय दिवस अर्थात डिसेम्बर १८ शुक्रवारदेखि नयाँ नोटहरुको मान्यता लागू हुने बैंकले जानकारी दिएकोे छ । बैकले सार्वजनिक गरेको नयाँ नोटहरु मध्ये दुई सय रियाल नयाँ थपिएको नोट हो ।
नयाँ नोटहरु नयाँ डिजाइनमा रहेका छन् भने उक्त नोटको अगाडि डिजाइनहरूले परम्परागत ज्यामितीय ढाँचा, कतार राज्यको झण्डा, कतार फ्लोरा (ड्रेमा) र ऐतिहासिक कतार वास्तुकलाको प्रतिनिधित्व गर्ने एक ओरन्टे गेटमा आधारित साझा विषयवस्तूहरु समावेश गरेका छन् ।

त्यस्तै नोटको पछाडिको डिजाइनमा कतारी परम्परा, इस्लामी इतिहास, संस्कृति, वनस्पति, जीवजन्तु, शिक्षा, खेलकुद र अर्थव्यवस्थाको विकास झल्काउने विषयवस्तुहरू समावेश छन् । यसअघिका पुरानो नोटहरु तीन महिना भित्र स्थानीय बैंकमा र त्यसपछि राष्ट्र बैंकमा साट्न सकिनेछ बताइएको छ ।
नयाँ नोटहरुमा ६४ सुरक्षाका उपायहरु राखिएको कतार क्यूबीसीका कार्यकारी निर्देशक मोहम्मद जसीम अल कुवारीले जानकारी दिएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ ।
कतार