मकवानपुर । नेकपा एमालेकाे अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । ओली लगातार तेस्रो पटक पार्टीकाे नेतृत्वमा पुगेका हुन् ।
तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित ओली नवौं र दशौं महाधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए । उनी ०७१ साउन यता निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा छन् ।
पार्टीकाे निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन् । यस्तै महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा अध्यक्ष ओली तर्फबाट पदाधिकारीमा उम्मेदवारी दिने १९ जना मध्ये १७ जना विजयी भएका छन् ।
२०७१ साल असारमा भृकुटीमण्डपमै भएको नवौँ महाधिवेशनमा ओलीले अध्यक्ष पदमा तत्कालीन महासचिव माधवकुमार नेपाललाई ४४ मतले हराएका थिए । त्यसबेला ओली १ हजार ४७ मत प्राप्त गरी विजयी हुँदा नेपालले १ हजार ३ मत प्राप्त गरेका थिए ।
२०७८ साल भदौमा चितवनको सौराहामा भएको १० औं महाधिवेशनमा सर्वसम्मत नेतृत्वकाे चयनकाे प्रयासमा भीम रावलले उम्मेदवारी दिएपछि मतदान प्रक्रिया गएकाे थियाे । त्यस बेला ओली १ हजार ८३७ मत ल्याएर विजयी हुँदा रावलले २ सय २३ मत प्राप्त गरेका थिए ।
अन्तिम मत परिणाम (पदाधिकारी)
जम्मा खसेको मत संख्या २२२७
अध्यक्ष :
केपी शर्मा ओली : १६६३
ईश्वर पोखरेल : ५६४
उपाध्यक्षः
अरुण नेपाल : ४३९
गुरु प्रसाद बराल : ११३७
गोकर्ण राज विष्ट : १३६८
टकं प्रसाद कार्की : ३५८
पर्शुराम मेघि गुरुङ्ग : ४६१
पृथ्वी सुव्वा गुरुङ : १७३७
भिम प्रसाद आचार्य : २६५
रघु जी पन्त : १२५८
रामबहादुर थापा बादल : १५१६
विन्दा पाण्डे : ९२१
विष्णु प्रसाद पौडेल : १६७५
महासचिवः
शंकर पोख्रेल : १२२८
सुरेन्द्र प्रसाद पाण्डे :९९९
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : ६३५
योगेस भट्टराइ : १३४८
रघुविर महासेठ : १३६८
राजेन्द्र प्रसाद गौतम :२७०
लेखराज भट्ट : १४५२
विष्णु प्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७
सचिवः
अग्नि प्रसाद खरेल : ५१६
इन्द्रलाल साप्कोटा : ४०५
कर्णबहादुर थापा : ८४७
कृष्ण गोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १३३१
गोकुल प्रसाद बास्कोटा : १०३०
छविलाल विश्वकर्मा : १५०६
ठाकुर प्रसाद गैरे : ८८३
पद्मा कुमारी अर्याल : १५३०
पुर्सोतम पौडेल : ४६२
पेम्वा लामा : ४९३
भानुभक्त ढकाल : ११०८
महेश बस्नेत : १५४४
यमलाल कडेल : ११८५
रचना खड्का : ८७७
राजन भट्टराइ : ११८१
लाल बाबु पण्डित : ४९६
विनोद प्रसाद ढकाल : ६८४
शेरधन राई : १५३०
हिक्मत कुमार कार्की .१३३७
को हुन् ओली ?
२००८ साल फागुन ११ गते तेह्रथुम जिल्लामा जन्मिएका हुन् । सामान्य पारिवारिक रहेकाे उनकाे परिवारमा बाबु मोहनप्रसाद ओली ज्योतिषी हुन् । सानै उमेरमा आमा गुमाएका उनी हजुरआमा (राममाया ओली)को मायामा हुर्किएका थिए ।
एसएलसीसम्म अध्ययन गरेका ओली नेपाली राजनीतिमा प्रखर वक्ताका रूपमा चिनिन्छिन् । उनी २०७२, २०७४ र २०८१ मा गरी जम्मा चार पटक प्रधानमन्त्री भए ।
राजनीतिक यात्रा
२०२३ सालमा मार्क्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त ओली २०२५ सालबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध हुँदै नेतृत्व गर्न सफल भए । २०२६ सालमा नेकपाको सदस्यता पाएपछि उनले पार्टीको उपसचिवको जिम्मेवारी बहन गरे ।
२०२७ वैशाखमा तत्कालीन नेकपा र पूर्वकोशी प्रान्तीय कमिटीसँग एकीकरण भएको थियो । २०२८ साल वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग भएको थियो । २०२९ सालमा तत्कालीन नेकपा झापा आन्दोलन कमिटीको प्रमुखका रूपमा ओलीले जिम्मेवारी बहन गरे । ओली चर्चित झापा विद्रोहका प्रमुख नेतामध्ये एक थिए ।
१७ वर्षको उमेरमा वामपन्थी आन्दोलनमा सहभागी भएका ओली २२ वर्ष पूरा नहुँदै १४ वर्षे जेल जीवन बिताउन बाध्य भए ।
तत्कालीन शासन सत्ताको विरोधमा उत्रिएका उनी पहिलो पटक २०२७ फागुन १६ गते आइतबार झापाबाट गिरफ्तार भए । पहिलो गिरफ्तारमा झापा पुलिस थानामा बसेका उनी २०२७ र २०३० का बिचमा पटक–पटक गरी १० पटकभन्दा बढी गिरफ्तार भएका थिए ।
खुला राजनीतिमा आएपछि ओली २०४७ जेठ १ गते तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष भए । उनी २०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा एमाले स्थायी कमिटी सदस्य भए ।
जेलबाट रिहा भएपछि ओलीले निरन्तर पार्टीको राजनीतिक जिम्मेवारी निर्वाह गर्दै आएका छन् । २०४४ पुस २ गतेदेखि धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले)को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी हुँदै २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन गर्न पुगेका उनले २०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त बाममोर्चाका तर्फबाट साविक लुम्बिनी अञ्चलको मोर्चा सम्हालेका थिए ।
२०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादी कार्यक्रम निर्माणका सिलसिलामा मदन भण्डारीलाई ओलीले सघाएका थिए ।
२०५९ सालमा भएको नेकपा एमालेको सातौँ राष्ट्रिय महाधिवेशनमा कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा ओलीले प्रस्तुत गरेको वैचारिक कार्यक्रमिक प्रस्ताव अहिले सबै कम्युनिस्ट तथा अन्य प्रजातान्त्रिक पार्टीहरूले समेत मूल नीतिका रूपमा अवलम्बन गरेको ओलीकाे दाबी रहँदै आएकाे छ ।
- २०३० असोज २३ गते रौतहटबाट पक्राउ परी जेल जीवन प्रारम्भ ।
- पहिलो पटक रौतहटको गौर जेल, गौर थाना, २ दिनमात्र ।
- त्यसपछि वीरगञ्ज थाना, वीरगञ्ज जेलमा चलान ।
- २०३० मंसिर ८ गते भद्रगोल जेल, काठमाडौँमा चलान ।
- ३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान ।
- २०३० मंसिर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा । त्यसपछि गोलघर बाहिर ।
- २०३३ साउनमा नख्खु जेल चलान ।
- २०३३ मंसिरमा केन्द्रीय कारागार गोलघरमै ।
- २०३६ जेठमा गोलघर बाहिर ।
- २०३७ चैतमा पुनः नख्खु जेल चलान ।
- २०३९ माघ ३ मा पोखरा जेल चलान ।
- २०४२ कात्तिकमा स्याङ्जा जेल चलान ।
- २०४३ मंसिर ८ मा हनुमान ढोका जेल चलान ।
- २०४३ माघ १२ मा भद्रगोल जेल चलान ।
- २०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा ।
संसदीय यात्रा
- २०४८ मा सम्पन्न आमनिर्वाचनमा झापा–६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ।
- २०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा झापा–६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ।
- २०५१ मंसिर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सारकारमा गृहमन्त्रीको जिम्मेवारी बहन ।
- २०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा–२ र ६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित । साथै, नेकपा एमाले दलको उपनेता चयन ।
- २०६३ जेठमा गठित मन्त्रिपरिषदमा उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको रूपमा जिम्मेवारी बहन ।
- २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा झापा–६ बाट पराजित ।
- २०७० मंसिरमा सम्पन्न संविधान सभा निर्वाचनमा झापा–७ बाट संविधान सभा सदस्यमा निर्वाचित । साथै, एमाले संसदीय दलको नेता चयन ।
- २०७४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा– ५ बाट विजयी ।
मकवानपुर । नेकपा एमालेको काठमाडाैंमा जारी ११ औं अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । नेतृत्व चयनकाे लागि २२ घण्टा लामो मतदान सकिएसँगै मतगणना सुरु भएको छ ।
विद्युतीय मेसिनमार्फत भएको मतगणना भएकाेले करिब ३ घण्टामा सम्पूर्ण नतिजा आइसक्ने पार्टी निर्वाचन आयोगले जनाएको छ । एमालेको नेतृत्व चयनका लागि निर्वाचनमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानलसहित चुनावमा प्रतिस्पर्धामा छन् । जारी मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता रहेको छ ।
पदाधिकारीकाे हालसम्मकाे मतपरिणाम यस्तो छः
अध्यक्ष
केपी शर्मा ओली : ३३३
ईश्वर पोखरेल : ११०
उपाध्यक्ष
अरुण नेपाल : ८९
गुरु प्रसाद बराल : २४२
गोकर्ण राज विष्ट : २५६
टकं प्रसाद कार्की : ७५
पर्शुराम मेघि गुरुङ्ग : ८६
प्रथवि सुव्वा गुरुङ : ३५६
भिम प्रसाद आचार्य : ५१
रघुजी पन्त : २५३
रामबहादुर थापा बादल : ३०९
विन्दा पाण्डे : १६९
विष्णु प्रसाद पौडेल : ३४९
महासचिव
शंकर पोख्रेल : २४९
सुरेन्द्र प्रसाद पाण्डे :१९४
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : १३३
योगेस भट्टराइ : २६४
रघुविर महासेठ : २६७
राजेन्द्र प्रसाद गौतम : ५५
लेखराज भट्ट : २९३
विष्णु प्रसाद रिमाल : २२०
वैजनाथ चौधरी : ५७
सचिव
अग्नि प्रसाद खरेल : १४९
इन्द्रलाल साप्कोटा : ७४
कर्णबहादुर थापा : १६६
कृष्ण गोपाल श्रेष्ठ : ११४
खगराज अधिकारी : २७९
गोकुल प्रसाद बास्कोटा : १९२
छविलाल विश्वकर्मा : ३११
ठाकुर प्रसाद गैरे : १७५
पद्मा कुमारी अर्याल : ३०५
पुर्सोतम पौडेल : ८६
पेम्वा लामा : ८५
भानुभक्त ढकाल : २२५
महेश बस्नेत : ३११
यमलाल कडेल : २६९
रचना खड्का : १६९
राजन भट्टराइ : २३६
लाल बाबु पण्डित : ७३
विनोद प्रसाद ढकाल : १४८
शेरधन राई : ३००
हिक्मत कुमार कार्की : २७४
केपी शर्मा ओलीकाे अध्यक्षतामा चुनावमा भाग लिएकाे टिमः
इश्वर पोखरेल अध्यक्ष रहने गरी चुनावमा भाग लिएकाे टिमः
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
मंगलबार बकैया ७ अधेरीमा लु ५ त १७४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा बकैया ७ अधेरी बस्ने ५५ वर्षीय केशव माझी, युवराज माझी, ४५ वर्षीय सन्तलाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १९ जनाको हेटौंडा अस्पताल र चुरेहील अस्पतालमा उपचार भइरहेको छ ।
मकवानपुर । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको नामावली अनुसार, अध्यक्ष पदमा २ जना निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
यस्तै, ५ जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । १ महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन भएको छ । ३ उपमहासचिवका लागि ७ जनाको उम्मेदवारी छ । ९ सचिवका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ ।
मकवानपुरबाट ७ जनाकाे उम्मेदवारी
नेकपा एमालेको ११ औ महाधिवेशनमा मकवानपुरबाट ७ जनाको उम्मेदवारी रहेकाे छ । ६ जनाले केन्द्रिय सदस्य र एक जनाले लेखा आयोगको सदस्यमा उम्मेदवारी दिएका हुन् ।
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मकवानपुरबाट खुलातर्फ महेश बर्तौला, महिलातर्फ भारती पाठक, प्रदेश भूगोल तर्फ रामेश्वर राना, आदिवासी जनजाति तर्फ एकालाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । यसैगरी खुला तर्फ कृष्ण दाहल, दलित तर्फ देवकृष्ण विकले उम्मेदवारी दिएका छन् । केन्द्रीय लेखा आयोग सदस्यमा नवीन सिग्देलकाे उम्मेदवारी रहेकाे छ । दाहाल र विक पोखरेल प्यानलबाट तथा अन्य ५ जनाले वली प्यानलबाट उम्मेदवारी दिएका हुन् ।
४ बजेपछि मदतान हुने
नयाँ नेतृत्वकाे लागि अपरान्ह ४ बजेपछि मात्रै मदतान हुने भएको छ । अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएसँगै केन्द्रीय निर्वाचन टोली चुनावी प्राविधिक काममा जुटेको छ । यसअघि विहान ११ बजेबाट सुरु हुने भएनिएकाे मतदानकाे कार्यतालिका सर्दै गएर ४ बजेकाे लागि तय गरिएकाे हाे ।
निर्वाचनका लागि आवश्यक डिजिटल तयारी थालिँदा निर्वाचन आयोगले उपलब्ध गराएको सबै नाम डिजिटल प्रणालीमा कोडिङ गर्न अपरान्ह ४ बजेसम्म लाग्ने भएकाे बताइएकाे छ।
मतदान विद्युतीय मेसिनमार्फत् हुनेछ । मतदानमा ८० वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ । कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।
मतदानपछि भृकुटीमण्डपमै मतगणना हुने निर्वाचन आयोगले जनाएको छ । मतपरिणाम घोषणा, प्रमाणपत्र प्रदान र शपथ ग्रहण पनि सोही ठाउँमै हुने एमालेले जनाएको छ ।
१४ जना निर्विरोध चयन
एमालेको अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव पदसहित १४ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहाडी, उपाध्पक्ष चक्रबहादुर पराजुली र सचिव राजेन्द्र घिमिरे निर्विरोध भएका छन् ।
लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा घनेन्द्र राज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेल निर्विरोध भएका छन् ।
केन्द्रीय सदस्यहरुमा युवा खुलामा नरेश रोकाय, सुशील थापा, मधेशी युवामा अमरकुमार यादव, मुस्लिम महिलामा खाजिदा खातुन सिद्दिकी, श्रमिक महिलामा कमलादेवी तामाङ र सिता लामा निर्वाचित भएका छन् ।
पछडिएको महिलामा बदमी क्वाँरी बुढा (बोहरा) र प्रवाश दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन् ।
उम्मेदवारहरुकाे सूची यहाँबाट हेर्न सकिनेछः
मकवानपुर । आगामी २१ फागुनकाे लागि ताेकिएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थाले अनुमति पाएका छन् । निर्वाचन आयोगले २७ राष्ट्रिय र ४ अन्तरराष्ट्रिय संस्था गरी ३१ वटा संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो ।
पर्यवेक्षणका लागि आवेदन गरेका संस्थामध्ये निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा तोकिएका आधार र प्रक्रिया पूरा गरेका ती संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिने गरी निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले गत ११ कात्तिकमा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट निवेदन आह्वान गरेको थियो । त्यसमा ४४ वटा राष्ट्रिय र पाँच वटा अन्तर्राष्ट्रिय संस्थाबाट निवेदन प्राप्त भएको आयोगले जनाएको छ ।
निर्वाचन पर्यवेक्षण निर्देशिका बमोजिम आवश्यक पर्ने कागजात पेस नगरेका संस्थालाई पाँच दिनभित्र थप कागजात बुझाउन पत्राचार गरिएको उनको भनाइ छ । माग भएबमोजिमका कागजात प्राप्त भएपछि आवश्यक ती संस्थाका बारेमा निर्णय हुने आयोगले स्पष्ट पारेको छ ।