मकवानपुर । महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले साहित्यमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । सत्रौं महालक्ष्मी साहित्य पुरस्कार २०७६ काठमाडौंका साहित्यकार डा. नवराज लम्साललाई प्रदान गर्ने भएको हाे । मातृभूमि साहित्य समाजद्धारा पन्ध्र स्रष्टा सम्मानित हुने भएका छन् ।
महालक्ष्मी र मातृभूमिले संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै आगामी फागुन २८ गते मातृभूमिले र २९ गते महालक्ष्मीले साहित्यकारलाई सम्मान गर्ने जानकारी दिइएको हो । गतवर्ष २१ हजार १ रुपैयाँ पुरस्कार राशि रहेको महालक्ष्मी साहित्य पुरस्कार यस वर्ष वृद्वि गरेर ५१ हजार रुपैयाँ पुर्याइएको महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले जानकारी दिए ।
मातृभूमि राष्ट्रिय स्रष्टा सम्मान २०७६ बाट कवि देवराज खरेल तथा मातृभूमि मकवानपुर श्री सम्मान २०७७ बाट केदारप्रसाद न्यौपानेलाई सम्मानित गरिने भएको छ । यस्तै, २५ हजार रुपैयाँ राशिको मातृभूमि राष्ट्रिय पुरस्कार २०७७ काठमाडौंका नाटककार सुनिल पोखरेल र निशा पोखरेललाई प्रदान गरिने भएको छ । १५ हजार रुपैयाँ राशिको ईश्वरी स्मृति पुरस्कार २०७५ चितवनका गजलकार पुष्प अधिकारी प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
१५ हजार रुपैयाँको नित्य गोविन्द स्मृति मातृभूमि संगीत पुरस्कार २०७६ मकवानपुरका बाबु क्षेत्रीलाई, १५ हजार रुपैयाँकै श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार २०७६ वीरगञ्जका वरिष्ठ समाजसेवी राजकुमार सिंधीलाई प्रदान गरिने भएको छ । ११ हजार रुपैयाँ राशिको होमनाथ बलदेवी मातृभूमि छन्द साहित्य सम्मान २०७७ चितवनका साहित्यकार केशवराज आमोदीलाई, २१ हजार रुपैयाँको मायादेवी मातृभूमि पुरस्कार २०७७ काठमाडौंका बालकथाकार कवि अनुराधा शर्मालाई प्रदान गरिने बताइएको छ ।
१५ हजार राशिको २०७६ र २०७७ सालको शेखर शर्मा रिजाल मातृभूमि शैक्षिक पुरस्कार क्रमशः सुनसरीका सुवर्णबहादुर थापा तथा चितवनका प्रा.डा. नारायणप्रसाद खनाललाई प्रदान गरिनेछ । १० हजार रुपैयाँको हातेमालो मातृभूमि युवा सिर्जनशील साहित्य सम्मान २०७७ मकवानपुरका सुवास खनाललाई, १५ हजार रुपैयाँको क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान २०७७ मकवानपुरका कवि डा. गणेश पौडेललाई र १५ हजार रुपैयाँको राजकुमार स्मृति मातृभूमि सम्मान २०७७ आसामका साहित्यका कृष्णबिक्रम राणालाई प्रदान गरिने मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेलले जानकारी दिए ।
७ हजार ५ सय रुपैयाँको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७७ मकवानपुरका पत्रकार सुवर्ण श्रेष्ठलाई, ७ हजार ५ सय एक रुपैयाँको झलकबहादुर बानियाँ स्मृति जीवन संघर्ष मातृभूमि सम्मान २०७७ हेटौंडाका बिसु लामालाई प्रदान गरिनेछ । ७ हजार ५ सय राशिको मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान २०७७ अमर मावि हेटौंडाका दिव्या चौलागाईंलाई प्रदान गरिने समाजले जनाएकाे छ ।
मकवानपुर/मकवानपुर जिल्लामा भोलीबाट कोरोना विरुद्धको खोप कोभिशिल्ड प्राथमिकता दोस्रो चरणमा लगाईने भएको छ ।
दोस्रो चरणको खोप १७ हजार ५ सयले खोप लगाउने लक्ष्य सहित दोस्रो चरणको खोप २३ गते भोलीबाट सुरु हुने भएको जिल्ला खोप समन्वय समिति मकवानपुरले जनाएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पत्रकारहरु सँग अन्र्तक्रिया गर्दै खोप समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सर्वसाधारणलाई खोप लगाउन आग्रह गरेको छ ।
मकवानपुरमा पहिलो चरणमा ३ हजार ३ सय ८४ जनालाई यो खोप दिने लक्ष्य राखिएकोमा २ हजार १ सय ६६ जनाले खोप लगाएको निर्देशनालयले जनाएको छ । माघ १४ गतेदेखि हेटौंडा अस्पताबाट मकवानपुरमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो । अब जिल्लाको १० वटै स्थानीय तहले आवश्यकताअनुसार खोप केन्द्र निर्माण गरेर कोरोना विरुद्धको खोप लगाउने भएका हुन् ।
मकवानपुर जिल्लामा ४१ वटा खोप केन्द्र निर्माण गरेर दोस्रो चरणको खोप दिईनेछ । जिल्लामा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा ७ हजार ५ सय ५० जना ६५ वर्ष नाघेका मानिस छन् । भोलीबाट ६५ वर्ष माथिका नागरिकलाई १० दिन र ५५ वर्ष माथिका नागरिकहरुलाई १० दिन गरी २० दिन खोप अभियान चल्ने समितिले जनाएको छ ।
मकवानपुर । जनयुद्ध तथा जनआन्दोलनका शहीद तथा बेपत्ता परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा मकवानपुरको दाहाल–नेपाल पक्षले सम्मान गरेको छ । शहीद सप्ताहको अवसरमा पूर्वी मकवानपुरको बागमती गाउँपालिकास्थित झुरझुरेमा भएको कार्यक्रममा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको हो ।
फागुन २१ गते राज्य पक्षबाट हत्या गरिएका दिलबहादुर रम्तेल र सुखानी हत्याकाण्डको स्मृतिमा शहीद सप्ताह मनाउने क्रममा आयोजित समापन तथा सम्मान कार्यक्रममा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको छ । नेकपा मकवानपुरका सहइन्चार्ज तथा प्रदेशसभा सदस्य कुमारी मोक्तानले शहीद परिवारका एक जना तथा बेपत्ता परिवारका १३ जनालाई नगदसहित खादा ओढाएर सम्मान गर्नुभएको छ ।

नेकपा बागमती प्रदेश सदस्य तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुर जिल्ला अध्यक्ष मुनु सिग्देल तथा सचिव प्रेमबहादुर पुलामीको विषेश आतिथ्यता थियो । कार्यक्रमा प्रदेश कमिटी सदस्य वीरबहादुर घलान (ज्वाला), पार्टी जिल्ला कार्यालय सदस्य बद्री लम्साल, श्रीधर पोखरेल, प्रमिला पुलामी, सचिवालय सदस्यहरु लक्ष्मी पाख्रिन, ज्ञानसागर भ्लोन, सुमन पाख्रिन, लक्ष्मी माझी, सिर्जना थिङ, बागमती गाउँपालिका अध्यक्ष अरुण बललगायतको आतिथ्यता थियो ।
मकवानपुर /सुर्तिजन्य पदार्थको सेवानबाट लाग्नसक्ने रोगहरुको कारण प्रत्येक वर्ष नेपालमा करिब २० हजार जना क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् ।
जसमध्ये १३ हजार जनाको ज्यान जाने गरेको छ । मुल्य र पहुँच कम तथा सहज भएको कारण सुर्तिजन्य पदार्थको उपयोग हुने गरेकोले यसलाई कर प्रणाली मार्फत निगरानी गर्न आवश्यक भएको औल्याइएको छ । नेपालमाको सन्दर्भमा सुर्तिजन्य पदार्थको उत्पादनको अधिकतम ३० प्रतिशतसम्म कर लगाइने गरेको छ । तर विश्व परिवेशमा यस्ता पदार्थहरुमा ७६ प्रतिशतसम्म कर लगाउने गरेको पाइएको छ ।
नेपालमा कुल जनसंङ्ख्याको ८० प्रतिशत धुमपानबाट प्रभावित हुने गरेको तथ्याङ्क नेपाल अर्बुद रोग निवारण संस्थाले सार्वजनिक गरेको छ । प्रत्यक्ष रुपमा आफैंले सेवन गरेर र नजिकै रहेकाको कारण धुमपानबाट प्रभावित भएकाहरुको संङ्या उक्त तथ्याङ्क रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका विक्रम विष्टले बताए । सुर्तिजन्य पदार्थको उपयोगका कारण आर्जिक दीर्घ रोग निवारणको लागि लाग्ने खर्चले धेरै परिवारलाई आर्थिक रुपमा विपन्न बनाएको विष्टले बताए ।
नेपाल अर्बुद रोग निवारण संस्थाले शुक्रबार हेटौंडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । संघीयताको अभ्यासको क्रममा स्थानीय तथा प्रदेश सरकारले कानुन बनाउँदा शिक्षा र स्वास्थ्यको सवालमा फराकिलो बाटाहरु भएको भएपनि यसलाई प्रदेश तथा स्थानीय सरकारले चासो नदिएको बताइएको थियो ।
व्यक्तिलाई सुर्तिजन्य पदार्थको आदत हटाउन समयलाग्ने भएकोले यसको प्रभावबाट सुरुबाटै टाढै रहनु पर्ने संस्थाका महासचिव विमल होडाले बताए । अमुल्य जीवन धुँवाको सर्कोसँगै उड्ने गरेको छ’महासचिव होडाले भने ‘यसबाट आर्थिक नोक्सानी एकातिर छ भने धेरै बालबालिकाहरु टुहुरा हुने गरेका छन् ।’
संस्थाको जिल्ला अध्यक्ष कपिला जोशीको अध्यक्षतामा भएको कार्यक्रममा, संस्थाका प्रदशे संयोजक गणेश कोइराला, अर्थ मन्त्रालयमा पूर्व उपसचिव देवी शर्मालगायतको उपस्थिती रहेको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले सवारी ज्यान मुद्दामा फरार प्रतिवादी हेटाैडा १२ का भिमसेन थापामगरलाइ पक्राउ गरेकाे छ ।
मकवानपुर जिल्ला अदालतको २०७३ साल मंशिर ५ गते को फैसलाले सवारी ज्यान मुद्दामा १ बर्ष ११ महिना ५ दिन कैद र २ हजार जरिवाना भुक्तान गर्न बाँकी थापामगरलाई फागुन २१ हेटाैडा १२ स्थित मगरकाे घरबाटै पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक अमर प्रसाद गजमेरले जानकारी दिए ।
गजमेरकाा अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरि हवल्दार केदार बि.क.को कमाण्डमा खटीएको टोलीले जिल्ला मकवानपुर हेटाैडा १२ बाट थापा मगरलाइ पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको छ ।