मकवानपुर/ हेटौंडामा जारी स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करणमा आयोजक रिगल रिर्सोट मकवानपुर ११ फाईनलमा पुगेको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडामा जारी स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करणको खेलमा पहिलो सेमिफाइनलमा लिग विजेता मछिन्द्रलाई स्तब्ध बनाउँदै आयोजक रिगल रिर्सोट मकवानपुर ११ फाईनलमा पुगेको हो । रोमाञ्चक खेलमा ४-३ को गोल अन्तरले मछिन्द्रलाई हराउँदै मकवानपुर ११ ले घरेलु मैदानमा फाईनल खेल्ने पक्का भएको हो ।
डिफेण्डिङ च्याम्पिएन मकवानपुर ११ को जीतको लागि म्यान अफ दी म्याच भएका अमिर श्रेष्ठले उत्कृष्ट प्रदर्शनसँगै दुई गोल गरेका थिए । श्रेष्ठले खेलको ४७ औं मिनेट र ६८ मिनेटमा गोल गरेका हुन् । सुरुवाती अग्रता लिएको मन्छिन्द्रको लागि पुजन उपरकोट पासमा ९ औं मिनेटमा गोल गरेर खाता खोलेका थिए । मकवानपुर ११ को लागि रुपेश केसीले २० मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

राष्ट्रिय फुटबल टोलीका पुुर्व सदस्य समेत रहेको रन्जन विष्टले ३४ औं मिनेटमा गोल गरे अग्रता बनाएका थिए भने अमिर श्रेष्ठले ४७ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बढाएता पनि मछिन्द्रका अशोक थापाको ५० मिनेटमा र राजेश परियारले ५९ मिनेटमा गोल गरेर खेल फेरी बराबरीमा ल्याएका थिए । तर मकवानपुर ११ को तर्फबाट अमिर श्रेष्ठले व्यक्तिगत दुई गोल गर्दै ६८ मिनेटमा गोल गरेपछि खेलको नतिजा आयोजकको पक्षमा आएको हो ।
खेल पछि प्रतिक्रिया दिँदै मछिन्द्रका क्लबका प्रशिक्षक प्रवेश कटुवालले खेलाडीहरुले सोचे अनुसार खेल्न नसकेको बताए । क्लबका अनुभवी खेलाडीहरु मैदानमा नहुँदा सोचे अनुसार खेल्न नसकेको भन्दै खेलाडीहरु मार्किङमा लगातार गल्ति गरेको बताए । यस्तै फाईनल पुगेको टिम मकवानपुर ११ का प्रशिक्षक विजयलाल श्रेष्ठले टिममा रहेका खेलाडीहरु निरन्तर विभिन्न प्रतियोगिता खेलिरहेकोले अपेक्षित प्रदर्शन नगरेता पनि स्कोर आफ्नो पक्षमा ल्याएको बताए । उनले फाईनल खेलमा अभै शसक्त रणनीति र तयारी गर्ने बताए ।
भाेलि विहीबार विभागीय टिम त्रिभुवन आर्मी क्लब र विदेशी टोली क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसन (अरास) बीच दोस्रो सेमिफाईनल हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी टूफिसहित नगद २५-२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ ।
मकवानपुर । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले फुडमाण्डुमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।
फुण्डमाण्डूसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको संचालन गर्दै मेगा बैंकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३ सय रुपैंयासम्मको ‘क्यासब्याक’ अफर ल्याएको हो । यस अभियान अन्तरगत मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले फूडमाण्डूको एप्स प्रयोग गरी रकम भुक्तानी गर्नुपर्नेछ ।

डिजिटल बैंकिङ अन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले फूडमाण्डूसँगको सहकार्यमा यो अभियान ल्याएको मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले बताए ।
फूडमाण्डूसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट खानाका परिकार खरिद गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ । मेगा बैंकले विशेषगरि लकडाउनको समयदेखि नगदविहीन कारोबारलाई प्रबर्धन गर्दै यस्ता अफरहरु ल्याउँदै आएको छ ।
मकवानपुर/फेमकोल एकेडेमीको आयोजना तथा सिटिएफ नेपालको समंन्वयमा गुणस्तरीय सिकाइ तथा संस्कारबारे एक दिने परामर्श कार्यक्रम गरेको छ ।
यसै एकोडेमीका ३० जना शिक्षकहरु पनि यसबारेकोे तालिममा सहभागी भएका छन् । गुणस्तरीय शिक्षाको लागि सिटिएफ नेपालले मन्टेश्वरी तालीम, विद्यार्थी परामर्श, अभिभावक शिक्षा शिक्षक तालिम सन्चालन गर्दै आएको सहजकर्ता डिल्ली निरौलाले बताए । शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तरगत सीप संस्कार र प्रबिधि सहितको शिक्षामा सिटिएफ नेपालले कार्यक्रम सन्चालन गर्दै आएको निरौलाले बताए । छात्राछात्रहरुलाई नैतिकवान बनाउन परामर्श कक्ष प्रभावकारी हुने उनले बताए ।
यस कार्यक्रम अन्तरगत छात्रछात्रालाई बिगतमा आफूबाट भएको कमजोर सम्झने, आन्तरिक क्षमता खोज्ने तथा आगामी दिनमा चेन्ज हुने भन्ने बारे परामर्श गर्ने गरिएको उत्प्रेणाकर्ता रबि किरणले बताए । ‘साथिहरुको लहैलहैमा लागेर गलतमा लागेकाहरुले अबको सही बाटो पत्ता लगाउने, आन्तरिक शक्तिलाई बाहिर ल्याउन प्रेरित गर्ने गर्दछ’ उनले भने ।

छात्र छात्रालाई शिक्षक अभिभावकको भूमिका पहिचान गराउन समेत मनोसामाजिक परामर्श कक्ष प्रभावकारी हुने गरेको उनले बताए । सबै सामुदायिक स्कुलमा आवश्यक महसुस गरिएको उनले बताए । बालबालिकाहरुको मनोसामाजिक समस्या पहिचान गर्ने, समाधान गर्ने, बालबालिका त अभिभावक बिचको कमजोरि हटाउन सवालम यो कार्यक्रमले धेरै सकारात्मक भूमिका निर्वाह गर्ने एकेडेमीका प्रिन्सिपल केशबप्रसाद मुडभरीले बताए ।

कार्यक्रममा हेटौंडा १२ का वडा अध्यक्ष ललित घलान, वडा १३ का अध्यक्ष मनोजकुमार वाइबा, महिला मिलन बचत तथा ऋण सहकारी संस्था अध्यक्ष बिष्णु माया लामा, सिटु सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष कृष्णबहादुर कार्की, समाजसेवी तारा स्याङ्बोलगायतको सहभागिता रहेको एकेडेमीका प्रिन्सिपल मुडभरिले बताए ।