मकवानपुर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार र जनताबीच हातेमालो गरेर कोरोनाविरुद्धको लडाईं सफल पार्नुपर्ने बताएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले सिंहदरबारमा संचारकर्मीसँग संवाद गर्दै सरकारको एकल प्रयासले मात्र कोरोनाविरुद्धको लडाईं सफल नहुने भएकाले सरकार र नागरिकबीच हातेमालोको जरुरी रहेको बताए ।
‘म नागरिकहरुलाई अपिल गर्न चाहन्छु, सिंगो मानव समुदाय अहिले कोरोनाविरुद्ध लडिरेको छ । त्यसैले यो हामी सबैको साझा समस्या हो, यसलाई समाधान गर्न सरकार र नागरिक हातेमालो गरेर अगाडि बढ्नुपर्छ । हामी आफै जवाफदेही र जबाफदेही भएर अगाडि बढ्न जरुरी छ’– पाेखरेलले भने । सरकारले बैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नयाँ भेरियन्टसहितको कोभिड– १९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गरेको जानकारी दिँदै उनले राज्यका तर्फबाट अभिभावकीय भूमिका र जिम्मेवारी सोचेर यो निर्णय गरिएको बताए ।
‘कोभिडको जुन लहर छ यसलाई फैलन नदिने मुख्य कुरा हो । यसलाई राज्यको मात्र काम हो भनेर चित्रित गरिनुहुन्न,’ उपप्रधानमन्त्री पोखरेलले भने– ‘आम नागरिकको स्वास्थ्य र जीवन रक्षाका लागि आवश्यक सम्पूर्ण प्रबन्ध गरेका छौं । जनता पनि हाम्रो आफ्नै जीवनका लागि हो भनेर सचेत हुन जरुरी छ । जनताको साथ र सहयोग भएन भने यो गम्भीर समस्या समाधान गर्न कठिन छ ।’
उपप्रधानमन्त्री पोखरेलले संकटमा परेकालाई सरकारले अस्पताल र उपचारका लागि चाहिने सामाग्री लगायत सम्पूर्ण प्रबन्ध गरेको जानकारी दिए । ‘यसअघि स्थापित कोरोना विशेष अस्पताललाई थप व्यवस्थित बनाउने काम भइरहेकोछ’ उनले भने– ‘१८ लाख भन्दा बढीलाई कोरोनाको खोप लगाइसकेकाेले अरु आवश्यक खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको छ ।’
मकवानपुर । मकवानपुरका कवि एवम् गीतकार लक्ष्मण बाँनियाकाे लिरिकल भिडियाे गीत तिमीसँग हास्न सकिन सार्वजनिक भएकाे छ ।
श्याम कार्कीकाे युटुब च्यानलबाट गीतकाे लिरिकल भिडियाे गीत सार्वजनिक भएकाे हाे । गाेर्खाली गायिका इन्दु बाँनियाकाे स्वरमा रहेकाे तिमीसँग हास्न सकिन गीतलाइ गीतकार तथा सगीतकार वीवी अनुरागीले सगीत भरेका छन् । ‘आकास पनि सानैलाग्छ’ ‘दिल राजा दिलरानी’ लगायतका गीत गाइसकेकी इन्दुले आकास पनि सानै लाग्छ बाेलकाे गीतमा अवार्ड पनि पाएकी छन् ।
साहित्यकार तथा गितकार बानियाँ मकवानपुरको हर्नामाडी स्थित ज्योति माविमा करिब चार दशक शिक्षण पेशामा आवद्ध भइ सेवा निवृत्त हुन् । हेटाैडा १८ हर्नामाडी ठुलोदमार स्थायी निवासी बानियाँद्वारा लिखित रेकर्ड भएको यो दाेस्राे गीत हो । उनको फुटकर साहित्यक रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छ ।
यस अघी बाँनियाकाे ‘मेरो गीत यीनै पाखा पहरामा खोज’ कार्की कै युटुब मार्फत २०७७ साल माघ ९ गते शुक्रबार सार्वजनिक भएकाे थियाे ।
मकवानपुर । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले देशभर आंशिक देखि सामान्य बदली रही बर्षाकाे सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
सामान्य वदलीकाे कारण लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का बर्षा भइरहेको महाशाखाले जानकारी दिएकाे छ। देशका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेकाे छ।
आगामी ३ दिनकाे माैसमकाे अवस्था
आज बैशाख १७ गते शुक्रबार आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही स्थान र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ । शुक्रबार बैशाख १७ गते राती देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रही पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना रहेको छ।
यसैगरी बैशाख १८ शनिबार दिउँसो प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूका केहि स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना महाशाखाले जनाकारी दिएकाे छ ।
शनिबार राती प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना छ ।
यस्तै बैशाख १९ गते आइतबार दिउँसो प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केहि स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना छ।
आइतबार राती प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना महाशाखाले जानकारी दिएकाे छ ।
मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकाे साना तथा साना तथा मझौला उद्योग तथा हस्ताकला विषयगत समितिको विज्ञमा हेटाैडाका अर्जुन चौलागाई मनाेनयन भएका छन् ।
नेपाली कांग्रेसको विधान, २०७ (संशोधन सहित) को ३६ (१) (ङ) अनुसार नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा भद्रा भण्डारी संयोजक रहनु भएको उक्त समितिको विज्ञका रुपमा चौलागाईलाई नियुक्त गरिएकाे हाे ।
२०७७ फागुन १ गतेकाे नियुक्ती पत्रमा भनिएकाे छ ‘प्रतिष्ठान प्रमुख, कार्यकारी निर्देशक, नीति निर्देशक तथा विषय संयोजकको समन्वयमा रही सम्बन्धित विषयमा पार्टीको नीति निर्माणमा सहयोग पु–याउनु हुनेछ भन्ने विश्वासका साथ नियुक्त हुनु भएकोमा बधाई छ ।’
शिक्षण पेशाबाट निवृत्त चाैलागाई हाल हेटाैडा उपमहानगरपालिका वडा नम्बर ६ काे निर्वाचित वडा अध्यक्ष हुन् । उनले नेपाली काँग्रेस सम्बन्ध अन्य सघ संस्थामा समेत रही यस अघी कार्य गरिसकेका छन् ।
