मकवानपुर । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले देशभर आंशिक देखि सामान्य बदली रही बर्षाकाे सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
सामान्य वदलीकाे कारण लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का बर्षा भइरहेको महाशाखाले जानकारी दिएकाे छ। देशका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेकाे छ।
आगामी ३ दिनकाे माैसमकाे अवस्था
आज बैशाख १७ गते शुक्रबार आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही स्थान र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ । शुक्रबार बैशाख १७ गते राती देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रही पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना रहेको छ।
यसैगरी बैशाख १८ शनिबार दिउँसो प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूका केहि स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना महाशाखाले जनाकारी दिएकाे छ ।
शनिबार राती प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना छ ।
यस्तै बैशाख १९ गते आइतबार दिउँसो प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केहि स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना छ।
आइतबार राती प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना महाशाखाले जानकारी दिएकाे छ ।

